Monday, June 17Nepal News Portal
Shadow

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले पायो आईपीओ निष्कासन गर्ने अनुमति


काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।

रावा इनर्जी नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आठ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको हो। अब यो कम्पनीले १०० अंकित दरका कुल आठ लाख ४० हजार कित्ता आईपीओ बिक्री स्थानीय र सर्वसाधारणका लागि खुला गर्नेछ।

यो आईपीओ चुक्तापुँजीको ३० % बराबर हुन आउँछ।

यो कम्पनीमा ७० % सेयर हिस्सा संस्थापक समूहको रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २८ करोड रुपैयाँ पुग्नेछ।

रावा इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यो कम्पनीको खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकास्थित रावा खोलामा ३ मेगावाटको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना सञ्चालनमा रहेको छ।

Total Page Visits: 193 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्