Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
रासायनिक मलमा गरिएको अनुदान कटौतीको व्यापक विरोध भएपछि सरकारले फेर्यो निर्णय – Udhyognews.com
Monday, June 16Nepal News Portal
Shadow

रासायनिक मलमा गरिएको अनुदान कटौतीको व्यापक विरोध भएपछि सरकारले फेर्यो निर्णय


काठमाडौं । रासायनिक मलमा गरिएको अनुदान कटौतीको व्यापक विरोध भएपछि सरकार सो निर्णयबाट पछि हटेको छ । सोमबार सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको हो ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो । सरकारले यसअघि आर्थिक भार अत्यन्तै ठूलो भएको भन्दै रासायनिक मलमा दिँदै आइएको अनुदान कटौटी गर्न अलोकप्रिय निर्णय गरेको थियो ।

सो निर्णयका विरुद्ध विभन्नि राजनीतिक दलका भातृ संगठनका रुपमा रहेका किसान संगठनहरुले आन्दोलनका घोषणा गरिसकेका थिए । वर्तमान सरकारबारे आम किसानहरुको धारणा नै नकारात्मक बन्ने र त्यसले दिर्घकालिन राजनीतिक क्षति पुर्याउने देखिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।

मन्त्रीपरिषद् बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्