काठमाडौं । सातोको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक परिसूचक नेप्से १.१८ %ले बढेको छ । नेप्से २२.६५ अंकले बढेर १९४९.०६ को विन्दुमा पुगेको हो ।
यस दिन २५९ कम्पनीका १ अर्ब २७ करोड ४ लाख २६१ रुपैयाँबराबरको ५१ लाख ८५ हजार ११४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ ।
सेन्सेटिभ इन्डेक्स पनि ०.८२ %ले बढेर ३६६.२३ कायम भएको छ ।
सोमबार १३ उपसमूहको परिसूचक उकालो लागेको छ । ट्रेडिङ उपसमूहको समूहगत परिसूचक सर्वाधिक ४.६६ %ले बढेको छ ।
यस दिन युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सयेर मूल्य सर्वाधिक १० %ले बढेर सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.३६ %ले घटेको छ ।