Wednesday, February 21Nepal News Portal
Shadow

जसपा सांसद प्रदीप यादव भन्छन् : राष्ट्र बैंक स्वतन्त्र नहुँदा व्यवसायीले आत्महत्या गर्ने अवस्था आयो


काठमडौं । जसपा सांसद प्रदीप यादवले राष्ट्र बैंक स्वतन्त्र नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको बताएका छन् ।

संसद्मा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्तावमा छलफल गर्दै सांसद यादवले राष्ट्र बैंक नै गैरजिम्मेवार हुने अवस्थाले देशलाई दुर्घटना उन्मुख गरेको बताए ।

“सभामुख महोदय, देशको अर्थतन्त्रलाई ट्र्याकमा हिँडाउने काम राष्ट्र बैकको हो । यसले ठिकसँग काम गर्न सके मात्र अर्थतन्त्र ठिक बाटोमा हिँड्न सक्छ,” यादवले भने, “तर, राष्ट्र बैंक नै स्वतन्त्र छैन । एउटा पक्षलाई पक्षपोषण गर्ने राष्ट्र बैंकका कारण देश आर्थिक संकटमा छ ।

“ब्याजदर नघट्ने र व्यवसाय पनि नचल्ने अवस्थाले व्यवसायीहरु आत्महत्या गर्ने अवस्था आएको छ,” यादवले भने, “यो अवस्था अन्त्यका लागि दलहरुबीच सहकार्य र सरकारबाट ठोस कदम चाल्न जरुरी छ ।”

Total Page Visits: 131 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्