काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको साधारण सेयर आइपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ हिजो चैत्र ६ गते (सोमबार) बाँडफाँड भएको हो ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओको नतिजा निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको वेबसाइटबाट तथा सिडिएसले सञ्चालनमा ल्याएको आईपीओ रिजल्टबाट समेत हेर्न सकिनेछ ।