Monday, June 17Nepal News Portal
Shadow

अब पेट्रोलको पैसा डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने


काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।

उक्त हस्ताक्षर कार्यक्रममा बैंकका उच्च पदस्थ अधिकारी एंव पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सम्झौता पश्चात नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग आवद्ध पेट्रोल पम्पहरुले पीओएस, क्युआर लगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरि ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्म मार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका सिईओ कोइरालाले ग्रिन इकोनोमीलाई टेवा पुर्याउने बैंकको रणनीति अनुरुप बैंकले विभिन्न संघसंस्थाहरु संग समन्वय गरि डिजिटल कारोबारहरुको सम्झौता गरिरहेको जानकारी दिएका छन् ।

त्यस्तैगरी नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष प्रधानले देशको वार्षिक झण्डै २ खर्बको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

साथै उनले पेट्रोलियम पदार्थको बिक्रि गर्ने विक्रेता एंव खरिद क्रेता दुवै पक्षले क्युआर कोड तथा अन्य डिजिटल माध्यमहरु खोज्ने हुदाँ बैंकसंगको सम्झौता पश्चात सहज र सरल रुपमा सेवाग्राहीलाई डिजिटल भुक्तानी सेवा पुग्नेमा आफु विश्वस्त रहेको बताए ।

सम्झौता पश्चात बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरु समेत सञ्चालनमा ल्याउने छ । बैंकले डिजिटल सेवा प्रदान गरेसंगै दैनिकरुपमा उल्लेख्य मात्रामा नगद कारोबार हुने पेट्रोल पम्पहरुमा खुद्रा पैसाको कारोबारको झन्झट, नक्कली नोटको कारोबार नियन्त्रण तथा नगद व्यवस्थापनमा सहज हुने जानकारी दिएको छ ।

Total Page Visits: 181 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्