Monday, June 17Nepal News Portal
Shadow

सानिमा मिडल तमोरको आइपिओ आज बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा


काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा चार लाख २४ हजार ८९३ जनाले सेयर पाएका छन्।

जसमध्ये चार लाख २४ हजार ८८५ जनाले १० कित्ताको दरले र ८ जनाले ११ कित्ताको दरले सेयर पाएका हुन्।

उक्त आइपीओका लागि कुल १३ लाख ५६ हजार ३४१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ९९९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ %ले हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयरमध्ये ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ।

यस्तै, ५ % अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणमा वितरण गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

Total Page Visits: 180 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्