Wednesday, February 21Nepal News Portal
Shadow

निजी क्षेत्रलाई सरकारले विश्वास गरेर अगाडि बढ्नुपर्छ : महासंघका अध्यक्ष गोल्छा


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र पदाधिकारीलाई व्यावसायिक क्षेत्रमा बाधकका रूपमा रहेका ऐन, नियम र नियमावली समयसापेक्ष बनाउन आवज उठाउन आग्रह गरेको छ ।

हिजो (मंगलबार) महासंघको सभाहलमा रास्वपाका सांसद र पदाधिकारीहरूसँग अन्तक्र्रिया गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर मात्र समृद्धि सम्भव हुने भन्दै यसतर्फ सांसदले पनि आवाज उठाउनु पर्ने बताइएको हो ।

कार्यक्रमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सरकारले विश्वास गरेर अगाडि बढ्नुपर्ने बताए । निजी क्षेत्रले नाफा कमायो भन्ने भाष्य सृजना भएको भन्दै त्यसमा सबैको धारणा परिवर्तन हुनुपर्ने उनको भनाइ छ । निजी क्षेत्रले नाफा गर्न सकेमात्र राज्यलाई फाइदा हुने भन्दै निजी क्षेत्रलाई सबैतिरबाट खेद्ने काम गर्न नहुने उनले बताए ।

“कानुनमा बसेर निजी क्षेत्रले नाफा कमाउने लक्ष्य राखेको हुन्छ । तर, यहाँ त अपराध गरेजसरी गाली गरिन्छ । सरकारले पनि नबुझेको हो कि जस्तो पनि लाग्छ । यो गलत हुँदै छ,” उनले भने, “जुन देशले निजी क्षेत्रलाई विश्वासमा लिन सकेको छ, त्यो देशको विकास र समृद्धि पनि भएको छ । नाफा कमाउनु व्यावसायिक धर्म हो ।”

रास्वपाका उपसभापति तथा संसदीय दलका नेता डोलप्रसाद (डीपी) अर्यालले अब समय सापेक्ष राजनीति हुनुपर्ने बताए । पद र प्रतिष्ठाका लागि मात्र राजनीति गर्न नहुने भन्दै देश विकासमा रास्वपाको ध्यान रहेको उनले बताए । गाली गरेर कसैले छुट्कारा नपाउने भन्दै व्यावसायिक क्षेत्रमा भएका अमिल्दा नियम र कानुनको बारेमा जानकारी गराउन पनि महासंघलाई आग्रह गरे । रास्वपाले सरकारमा निजी क्षेत्रका मुद्दाको उठान गर्ने पनि बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई हेर्र्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए । “निजी क्षेत्रले कर तिर्दैनन् जसरी हामीलाई व्यवहार हुन्छ । तर निजी क्षेत्रले ६० देखि ७० प्रतिशत कर तिरेका छन्,” उनले भने, “अहिले जसरी निजी क्षेत्रलाई हेरिन्छ, त्यसमा परिवर्तन ल्याउन सांसदहरूको महत्वपूर्ण रोल हुन्छ । निजी क्षेत्र नै हुन समृद्धिका सहयात्री । मन्त्रिपरिषद्बाट भएका निर्णयहरू पनि कार्यान्वयन हुन गाह्रो छ । यसलाई पनि सहजीकरण गरिदिनुपर्यो ।”

त्यस्तै, महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले उत्पादनमूलक उद्योगले रोजगारी सृजना गर्ने भए पनि त्यसमा राज्यले ध्यान नदिएको बताए । अहिले पनि उद्योगमा लोटसेडिङको मार खेप्नु परेको उनको भनाइ छ । यसले उद्यगीलाई समस्या परेको उनले बताए ।

त्यस्तै, सांसद् हरि ढकालले नियामक निकायमा राजनीतिक दलले नियुक्ति दिँदा समस्या सृजना भएको बताए । अब यस्तो हुन नदिन आफूहरू प्रतिवद्ध रहेको पनि जनकारी गराए । निजी क्षेत्रले सामान आयात गरेर व्यापार गरेर मात्र नहुने भन्दै कृषि उत्पादनमा निजी क्षेत्रले लगानी बढाउन पनि सांसद ढकालले आग्रह गरेका छन् ।

Total Page Visits: 132 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्