Monday, June 17Nepal News Portal
Shadow

महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग गर्यो सम्झौता


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले केबुलकार कम्पनीसँग सम्झौता गरेको छ । बैंकले कम्पनीसंग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामना मार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटार स्थित सञ्चालित केबुलकार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले उक्त केबुलकार सेवामा १० %को आकर्षक छुट प्राप्त गर्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Total Page Visits: 183 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्