Monday, June 17Nepal News Portal
Shadow

शेयर बजारमा दोहोरो अंकको गिरावट


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो कारोबारको दिन बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १५.७६ अंकले घटेर १ हजार ९ सय ३३.२९ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज नेप्सेमा १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मायाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ %ले बढेर प्रतिकित्ता २९२ रुपैयाँ पुगेको छ । यसका साथै आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ६.११ %ले बढेर प्रतिकित्ता ९५५ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार बोटलर्स नेपाल तराइका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ % भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज ९ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।

Total Page Visits: 190 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्