Wednesday, February 21Nepal News Portal
Shadow

शारडा ग्रुपको प्रिमियर वायरको व्यापार पौने ३ अर्ब


काठमाडौं। शारडा ग्रुपले सञ्चालन गरिरहकेको प्रिमियर वायर्स प्राइभेट लिमिटेडले १ वर्षमा झण्डै पौने तीन अर्ब रुपैयाँको कारोबार गरेको छ।

उद्योगले जिआइ वायर, ग्याभिन बक्स, एसिएसआर कन्डक्टर, पिभिसी केबल, स्टिल वायर, कपर र केबल बेचेर २ अर्ब ७९ करोड ७९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

२०२१ मा उद्योगको सञ्चालन आम्दानी तीन अर्ब ५४ करोड ६० लाख रुपैयाँ थियो। यस्तै २०२० मा तीन अर्ब ३९ करोड ४० लाख, २०१९ मा ३ अर्ब ८३ करोड ४० लाख र २०१८ मा ३ अर्ब ३९ करोड २० लाख रुपैयाँको व्यापार गरेको उद्योगको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।

२०२२ मा उद्योगको आम्दानीमा वायर सेग्मेन्टको हिस्सा ठूलो रहेका छ। कुल कारोबारको ६४ % हिस्सा वायर सेग्मेन्टको छ भने बाँकी ३१  % कन्डक्टर र केबल सेग्मेन्टको छ। उद्योगले ३ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।

शिवरत्न शाराडाले सन् २००० सालमा स्थापना गरेको प्रिमियर वार्यस देशको पुरानो केबल उद्योग हो। उद्योगमा शारडा परिवारको १३ जनाको सेयर छ। उद्योग मोरङको बुढीगंगा गाउँपालिकामा छ।

Total Page Visits: 141 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्