Thursday, February 22Nepal News Portal
Shadow

८ महिनामा ६ अर्बका २,२०० विद्युतीय गाडी भित्रिए


काठमाडौं । आर्थिक वर्ष २०७९/८० को ८ महिनामा करिब २,२०० विद्युतीय गाडी (ईभी) नेपाल भित्रिएका छन् । भन्सार विभागको पछिल्लो तथ्यांकानुसार गएको साउनदेखि फागुनसम्म कार, जीप र भ्यान गरी २ हजार १९८ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

यी गाडीको कुल मूल्य ६ अर्ब १६ करोड ८२ लाख ७१ हजार रुपैयाँ रहेको छ । यसबाट सरकारले १ अर्ब ७३ करोड ८९ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा १ हजार ३५७ विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।

पछिल्ला ३ वर्षको स्थिति तुलना गर्दा नेपालमा विद्युतीय गाडीको माग बढ्दै गएको देखिन्छ ।

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सबैभन्दा बढी १०० किलोवाटसम्मका ५ अर्ब ९० करोड रुपैयाँबराबरका २ हजार १३९ विद्युतीय गाडी भित्रिएका छन् ।

यस्तै, १०० देखि २०० किलोवाटसम्मका करिब २२ करोड रुपैयाँबराबरका ५२ र ४ करोड रुपैयाँबराबरका २०० देखि ३०० किलोवाटसम्मका सात विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।

सबैभन्दा बढी १०० किलोवाट क्षमताका विद्युतीय गाडी भारतबाट १ हजार ५७१, चीनबाट ३३३, दक्षिण कोरियाबाट २३२ र इन्डोनेसियाबाट ३ वटा भित्रिएका छन् ।

१०० देखि २०० किलोवाट क्षमताका चीनबाट ३०, कोरियाबाट २० र संयुक्त राज्य अमेरिकाबाट २ विद्युतीय गाडी भित्रिएका छन् ।

२०० देखि ३०० किलोवाट क्षमताका चीनबाट पाँच र अमेरिकाबाट २ विद्युतीय गाडी नेपाल भित्रिएका भन्सार विभागले जानकारी दिएको छ ।

Total Page Visits: 146 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्