Wednesday, February 21Nepal News Portal
Shadow

२०.०३ अंकले घट्यो नेप्से


काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक मनोवैज्ञानिक तहबाट ओरालो लागेको छ।

केही समयदेखि नेप्से परिसूचक १९३३ को बिन्दुमा टेवा पाएर बढ्ने प्रयासमा रहेको थियो तर बजारलाई सकारात्मक प्रभाव पार्ने खबर नआएकोले यो प्रयास सफल हुन सकेन।

तर पनि पहिलो प्राथमिकतामा सेयर धितोकर्जा रहने सम्भावना कम भएकोले यसको प्रभाव बजारमा नदेखिएको हो।

नेप्सेले आगामी दिनमा १८७५ को आसपासमा टेवा परीक्षण गर्न सक्ने सम्भावना रहन्छ।

यसैबीच, बिहीबार नेप्से २०.०३ अंकले घटेको छ।

यस दिन नेप्से १.८१ %ले घटेर १९३३.२९ बिन्दुमा बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन १ अर्ब ३८ करोड ७० लाख ८७ हजार ७९९ रुपैयाँ पुगेको छ।

बिहीबार २५९ वटा धितोपत्रको ४२ लाख ५६ हजार ११८ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार माया खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० %ले बढेको छ।

यस्तै, एशियन हाइड्रोपावरको सेयरमूल्य ९.९७ %ले बढेर प्रतिकित्ता मूल्य ३२८ रुपैयाँ ६० पैसा पुगेको छ।

यसैगरी, सर्वाधिक मूल्य घट्नेमा युनिक नेपाल लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयरमूल्य सर्वाधिक ७.४६ %ले घटेर प्रतिकित्ता मूल्य १ हजार ८०० रुपैयाँमा झरेको छ।

यस्तै, श्रीजनशील लघुवित्तको सेयरमूल्य ६.८३ %ले घटेर प्रति कित्ता मूल्य १ हजार २८२ रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

व्यापार समूहको परिसूचक सर्वाधिक ३.०५ %ले घटेको छ।

यस दिन एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ६८६ रुपैयाँमा २१ करोड ७४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ५।१२ प्रतिशत घटेको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सिद्धार्थ बैंक रहेकोे छ। उक्त कम्पनीको २८१ रुपैयाँ ९० पैसामा ८ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Total Page Visits: 171 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्