काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार तोलामा १ हजार २०० ले बढेको सुनको मूल्य शुक्रबार प्रतितोला ८०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ९ हजार ८०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहेको हो ।