Friday, October 11Nepal News Portal
Shadow

अध्यक्ष सिलवाल भन्छन्ः बिमा कम्पनीले रिसर्च र इनोभेसनमा लगानी बढाउनु पर्छ


काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरू मर्जरमा गएसँगै चुनौती बढेको बताएका छन् । अब पुँजी वृद्धि भएको भन्दै बिमा कम्पनीहरूले लगानीलाई पनि व्यवस्थित गर्नुपर्ने बताएका छन् ।

सानिमा र रिलायन्सबीचको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । प्राधिकरणले अब बिमा कम्पनीहरूलाई लगानीका क्षेत्र छुट्याउने भन्दै उनले अब तयार भएर बस्नु पर्ने पनि बताए । त्यस्तै, दाबी भुक्तानीलाई छिटो छरितो बनाउन पनि निर्देशन दिए ।

“बिमा भनेको विश्वासमा चल्ने व्यवसाय हो । जबसम्म दाबी भुक्तानी सहज रूपमा हुँदैन, जनताले विश्वस गर्दैनन्,” उनले भने, “अब यस्ता कुरामा पनि बिमा कम्पनीले ध्यान दिनुपर्छ । एउटै प्रकृतिका धेरै संस्था हुनु हुँदैन भने हामीले व्यवस्थित गर्न यस्तो नीति लिएका हौँ ।”

त्यस्तै, अब बिमा गर्न नसक्नेको बिमा कम्पनीहरूले नै गरिदिने व्यवस्था गर्ने पनि उनले बताए । त्यसका लागि कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम खर्च गर्न सकिने पनि उनले जानकारी दिए ।

“मर्ज भएर पुँजी ठूलो भएर मात्र हुँदैन । मर्जरमा जानेबित्तिकै संस्था मजबुत हुन्छ भन्ने हुदैन । चुनौती धेरै हुन्छ,” उनले भने, “समयसापेक्ष व्यवसायलाई मोडिफाई गर्दै जानुपर्छ ।”

यी २ कम्पनी मर्जर भएपछि सानिमा रिलायन्स इन्स्योरेन्सको नामबाट कारोबार भएको छ । यो कम्पनीको अध्यक्षमा ताराचन्द्र केडिया रहेका छन् । अध्यक्ष केडियाले २ कम्पनी १ भएसँगै सेवा उत्कृष्टबाट सर्वोत्कृष्ट हुने बताएका छन् ।

यो कम्पनीको चुक्तापुँजी चार अर्ब १८ करोड ४० लाख पुगेको छ । जीवन बीमा कोषमा ८ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको बताइएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्