Sunday, October 13Nepal News Portal
Shadow

करिब साढे ८ महिनामा ६ खर्ब उठ्यो राजस्व


काठमाडौं । चालु आर्थिक वर्षको करिब साढे ८ महिनाको अवधि (साउन देखि फागुन १२ गतेसम्ममा) ६ खर्ब राजस्व उठेको छ।

सरकारले पुस मसान्तसम्म नै ६ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म पनि यो लक्ष्य प्राप्ति हुन सकेको छैन।

१२ फागुनसम्म सरकारले ५ खर्ब ४२ अर्ब रुपैयाँ कर राजस्व र ५८ अर्ब २ करोड रुपैयाँ गैर कर राजस्व उठाएको छ।

त्यस्तै, ४ अर्ब ८० करोड रुपैयाँको अनुदान र ३५ अर्ब ४२ करोड रुपैयाँ अन्य प्राप्त आय प्राप्त भएको छ।

हालमसम्म ऋण ऋणबाहेक ६ खर्ब ४० अर्ब २८ करोड रुपैयाँ आम्दानी भएको छ।

गरिएको खर्चमा चालु खर्च ६ खर्ब २५ अर्ब रुपैयाँ, पुँजीगत खर्च ९० अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापन खर्ब ८७ अर्ब रुपैयाँ छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्