Tuesday, June 25Nepal News Portal
Shadow

२६.८७ अंकले घट्यो नेप्से


काठमाडौं । साताको पहिलो काराबार दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आइतबार नेप्से २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा कायम भएको छ ।

आज २५९ कम्पनीका १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँ बराबरको २७ लाख ५४ हजार ३३४ किक्ता सेयर किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.३९ %ले घटेर ३५६ कायम भएको छ ।

आज १३ वटै उपसमूहको समूहगत ओरालो लागेको छ । आज म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक सर्वाधिक ४.७७ %ले घटेको छ ।

आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ %ले बढेर प्रतिकित्ता ३५३.३० रुपैयाँ पुगेको छ ।

आज ३ कम्पनीको सेयर मूल्य सर्वाधिक १० %ले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्