Friday, October 11Nepal News Portal
Shadow

पश्चिमी वायुको प्रभाव, देशका केहि भु–भागहरुमा वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भूभागमा सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी,गण्डकी र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका अन्य पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ।

मंगलबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने, अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्