काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार पनि दोहोरो अंकले बढेको छ । आज नेप्से १२.१० अंकले बढेर १ हजार ९ सय १८ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार ३ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० %ले बढेर प्रतिकित्ता ४७३.१० रुपैयाँ पुगेको छ । यसका साथै एशियन हाइड्रोपावरको शेयरमूल्य ९.९९ %ले बढेर प्रतिकित्ता ४३७.२० रुपैयाँ पुगेको छ भने सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ %ले बढेर प्रतिकित्ता १३१३.३० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ % भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज ६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ ।