Monday, February 10Nepal News Portal
Shadow

आइपिओ निष्कासन गर्दै भूगोल इनर्जी, ककस्ले दिने पाउने आवेदन?


काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात् १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

जसमध्ये एक लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरेको कम्पनीले बताएको छ।

बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।

आइपिओ निष्कासन बन्द छिटोमा चैत २७ गते हुनेछ भने उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि २०८० वैशाख ७ गतेसम्म लम्बिनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

यस्तै, सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर ुमेरो सेयरु अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर बी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्