काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।