Wednesday, February 21Nepal News Portal
Shadow

शुक्रबारदेखि भृकुटिमण्डपमा २४ औं फ्लोरा एक्स्पो हुने


काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा २४ औं फ्लोरा एक्स्पो हुने भएको छ । एक्स्पो १७ गते शुक्रबादेखि २० गतेसम्म भृकुटिमण्डप प्रदर्शनी हलमा एक्स्पोका आकर्षण प्रदर्शण हुने आयोजक टिमले जानकारी दिएको हो ।

प्रदर्शनमा व्यावसायिक स्टल ६२ वटा, ल्याण्डस्केपिङ स्टल ३ वटा, अफिसियल स्टल १० वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल ३ वटा र फूड स्टल २ वटा गरी जम्मा ८० वटा रहनेछन् ।

देश तथा विदेशी फूल, बोटबिरुवाको प्रदर्शन हुनेछ । आलंकारिक बोट बिरुवाहरु, कट फ्लावर, सुनाखरी, फुलको गानो, विउविजन, कम्पोष्ट मल, गमला, ग्रीनहाउस, कृषि औजार साथै अन्य सामग्रीको प्रदर्शन तथा विक्री गरिनेछ ।

उक्त मेला भिजिट गर्नको लागि रु. १५० को टिकट लाग्ने वेबस्था गरिएको छ विद्यार्थीलाई भने रु.१०० मात्र लाग्ने आयोजक टिमले जनाएको छ ।

Total Page Visits: 123 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्