Friday, February 23Nepal News Portal
Shadow

टानका पूर्वअध्यक्ष सुवेदीले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष एवम् पर्यटन व्यवसायी खुमबहादुर सुवेदीले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

महासंघको चैत २८ र २९ साधारण सभासहित हुने निर्वाचनमा सुवेदीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
सुवेदीले वरिष्ठ उपाध्यक्षका प्रत्याशी अञ्जनकुमार श्रेष्ठको प्यानलबाट उम्मेदवारी दिन लागेका हुन् ।

युनिक एड्भेन्चर इनटरनेशनल प्रालिका प्रबन्ध निर्देशक रहेका सुवेदी २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय रहेका छन् । ट्रेकिङ, ट्राभल लगायतका क्षेत्रमा रही टानको नेतृत्व समेत संहालिसकेका सुवेदीले सो अनुभव महासंघमा समेत लगाउने बताएका छन् ।

सुवेदी व्यवसायको अलवा सामाजिक संस्था रोटरी क्लब अफ दरबारमार्गको सदस्यका साथै लायन्स क्लब अफ नेपाल प्याराडाइजको अध्यक्ष समेत रहेका छन् ।

Total Page Visits: 127 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्