Friday, October 11Nepal News Portal
Shadow

उपाध्यक्ष ढकाल भन्छन्ः सरकार र राष्ट्र बैंकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताए।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन्।

उनले भने, यो समयमा हामी अत्यन्त संकटमा छौं। आर्थिक संकट केही हाम्रा सरकारी नीति, कोभिड र अन्तर्राष्ट्रिय घटना क्रमका कारण उत्पन्न भएको हो।

तर, पछिल्ला केही समय रेमिटेन्स र पर्यटकको संख्या बढेको छ। यो समयमा सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ।

वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आबश्यक रहेको बताए।

उनले भने पछिल्ला दिनमा केही परिमार्जन त भएको छ।

रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत हो।

मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू उपस्थित कार्यक्रममा ढकालले भने, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छ तपाईहरूले वातावरण बताए।

उनले वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदवार योग्य र सक्षम रहेको उल्लेख गर्दे सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गरे।

उनले भने बरू ३ वर्षबाट २ वर्षे कार्यकाल बनाऔं।

तपाईहरू तीनै जना नेतृत्वमा पुग्न सक्नुहुन्छ तर यहि अवस्थामा अघि बढ्दा २ जना सक्षम व्यक्ति बाहिरिनु पर्ने निश्चित छ।

वरिष्ठ उपाध्यक्ष ढकालले आफ्नो कार्यकालमा सम्भव भएसम्म महासंघको प्रत्येक बैठक फरक–फरक प्रदेशमा राख्ने जानकारी दिएका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्