Friday, July 11Nepal News Portal
Shadow

आर्थिक गतिविधि

वर्षको अन्तिम दिन घटेर बन्द भयो बजार

वर्षको अन्तिम दिन घटेर बन्द भयो बजार

आर्थिक गतिविधि, प्रमुख समाचार, शेयर बजार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.६२ अंकले घटेर २,६६२.०८ विन्दुमा बन्द भएको हो । त्यसैगरी आज कारोबार रकम भने सामान्य बढेको छ । आज कूल १ करोड ३१ लाख ८९ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ६ अर्ब २८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ८८ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १५७ वटा कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थिर छ । त्यसैगरी, आज गुडविल फाइनान्सको ऋणपत्र, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार सीईडीबी होल्डिङसको भएको छ । सो कम्पनीको मात्र ४५ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।...
बढ्यो सुनको मूल्य, कतिमा हुादैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुादैछ कारोबार ?

आर्थिक गतिविधि, समाचार
काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो।...
अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित हुनुपर्छः विष्णु पौडेल

अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित हुनुपर्छः विष्णु पौडेल

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोगगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले अन्तराष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै सरकारको त्यसतर्फ ध्यान गएको बताएका हुन् । उनले भने,‘ हामी के चाइरहेका छौ भने देशभित्र रोजगारीका अवसर सिर्जना गर्ने भन्ने हो । र नेपाल अहिले अन्तर्राष्ट्रिय श्रम बजारमा गइरहेको छन् । जाने अवस्था छ । त्यो अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उहाँहरुले आफ्नो उपस्थिति जनाउनसक्ने खालको परिस्थिति निर्म...
एरो फर्मास्युटिकल्सले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

एरो फर्मास्युटिकल्सले १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने

आर्थिक गतिविधि, समाचार
काठमाडौं । नेपाली औषधि उद्योग क्षेत्रको एक प्रतिष्ठित कम्पनी एरो फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने तयारी गरेको छ । उक्त शेयरको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको छ । शेयर निष्काशन तथा विक्री प्रक्रिया सहज र व्यवस्थित बनाउने उद्देश्यले कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो । शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा एरो फर्मास्युटिकल्सका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उद्धव प्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् । चैत २८ गते काठमाडौंस्थित ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको हो । आधिकारिक पुँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीको कर्पोरेट...
प्रतिवेदन दराजमा सजाउन आयोग गठन भएको होइन्ः अर्थमन्त्री पौडेल

प्रतिवेदन दराजमा सजाउन आयोग गठन भएको होइन्ः अर्थमन्त्री पौडेल

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगल दिएका सुझाव कार्यान्वयन गर्न योजना बनाउने बताएका छन् । शुक्रबार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विगतमा आयोगको प्रतिवेदन दराज सजाइएका भन्दै यस पटक भने सुझाव कार्यान्वयन सरकारले गर्ने बताएका हुन् । ‘यो समग्र प्रतिवेदनलाई गहिरो रुपमा अध्ययन गर्नेछौं । आयोगको प्रतिवेदनमा सुझाइएका विषयमा कार्यान्वयन गर्न योजना बनाउने छौं । म यो विश्वास दिलाउन चाहान्छु,’ उनले भने । उनले थप अगाडि भने,‘विगतमा आयोगको प्रतिवेदन दराज सजाउनका निम्ति प्रयोग हुने अनुभव छ । यस पटक दराज सजाउनको निम्ति आयोग गठन गरेको थिएन । आयोगका सुझाव कार्यान्वयनका निम्ति थिए भन्ने स्थापित गर्न सरकारको अभ्यास रहनेछ ।’ उनले आयोगको सुधारका कामहरु निरन्तर अगाडि बढाइरहनुपर्ने ढृष्टिकोणमा ...
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

आर्थिक गतिविधि, समाचार
काठमाडौं । आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।...
शेयर बजारमा सामान्य अंकको गिरावट

शेयर बजारमा सामान्य अंकको गिरावट

आर्थिक गतिविधि, समाचार
काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.५७ अंकले घटेर २,६७०.७० विन्दुमा बन्द भएको हो । त्यसैगरी आज कारोबार रकम भने सामान्य बढेको छ । आज कूल १ करोड १३ लाख ८४ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ११३ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १३१ वटा कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थिर छ । त्यसैगरी, आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । सो कम्पनीको मात्र ३५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।...
तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियोः अर्थमन्त्री पौडेल

तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियोः अर्थमन्त्री पौडेल

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक वर्षमा बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएका कारण कार्यान्वयनमा समस्या देखिएको बताए । यसअघि ७ हजार आयोजना रहेकोमा ११ हजार योजना थप गरी १८ हजार आयोजना रहेको र त्यसलाई अघि बढाउन समेत समस्या भएको उनले बताएका छन् । पौडेलले सीमित स्रोतको अत्याधिक सदुपयोगमा सरकारले ध्यान दिएको भन्दै आगामी आर्थिक वर्षको बजेट निर्माणमा पनि सीमित स्रोतलाई ध्यान दिइने उल्लेख गरेका हुन् । उनले क्यालेन्डर बनाएर आगामी आर्थिक वर्षको बजेट निर्माणको काम भइरहेको र बजेट लेखन टोलीले काम सुरु गरिसकेको जानकारी दिए । संविधानमा उल्लेख अधिकारको सुनिश्चितताको सीमाभि...
विश्वकै ४४ औं स्थानमा एलओडी क्लब

विश्वकै ४४ औं स्थानमा एलओडी क्लब

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्वकै उत्कृष्ट कल्बमध्ये ४४ औं स्थानमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहेका थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । एलओडी डिजे म्याग टप सयको छनौट भएर ४४ औं स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताएका हुन् । उनकाअनुसार यस पटक पनि मुलुकका पाँच सय क्लब सहभागी रहेका थिए । ‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओड छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ । मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यट...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आर्थिक गतिविधि, समाचार
काठमाडौं । आज सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा एक लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।...