Thursday, January 23Nepal News Portal
Shadow

ऊर्जा

नेपाल र स्विडेनबीच कार्बन व्यापार सम्झौता

नेपाल र स्विडेनबीच कार्बन व्यापार सम्झौता

ऊर्जा, प्रमुख समाचार
काठमाडौं । नेपाल र स्विडेनबीच कार्बन व्यापारसम्बन्धी दुईपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अजरबैजानको बाकुमा जारी राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२९ का क्रममा नेपाल र स्विडेनबीच कार्बन व्यापार सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल र स्वीडेनका तर्फबाट ऊर्जा मन्त्रालयका महानिर्देशक क्यारोलिन एसर्फले हस्ताक्षर गरेका छन् । यो नेपालको तर्फबाट अन्तर्राष्ट्रिय कार्बन व्यापारमा गरिएको पहिलो दुई पक्षीय सम्झौता हो । पेरिस सम्झौताको धारा ६.२ मा देशहरूले पेरिस सम्झौताको लक्ष्य प्राप्तिका लागि सरकार सरकारबीच दुई पक्षीय सम्झौता गरेर जलवायु अनुकूलनका कार्यक्रम अघि बढाउन सक्ने उल्लेख छ । सोही प्रावधान अन्तर्गत सन् २०२२ मा सहकार्यका लागि स्विडेन सरकारबाट नेपाल सरकारलाई प्रस्ताव आएको थियो । नेपालको मन्त्रिपरिषद् बैठकले गत कात्तिक ...

बक्यौता नतिरे फेरि लाइन काट्छौंः कुलमान

ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने जनाएका छन् । नेपाल सरकारको निर्देशनअनुसार १५ दिनभित्र बक्यौता बुझाउनुपर्ने छ । त्यस अवधिमा बक्यौता नबुझाउने हो भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं,’ उनले भने । १५ दिनभित्र बक्यौता नउठे त्यसको जिम्मा नेपाल सरकार र ऊर्जा मन्त्रालयले पनि लिनुपर्ने उनले बताए। ‘हामीले कानुनी रूपमा बक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ, त्यसलाई मान्न हामी बाध्य छौं, तर अब बक्यौता उठाउने जिम्मेवारी नेपाल सरकार र ऊर्जा मन्त्रालयको पनि हो,’ उनले भने । यसअघि पनि तीन पटक लाइन काटेकोमा नेपाल सरकारले गरेको निर्णयअनुरूप जोडिदिएको र अहिले पनि त्यही गरेको उनले बताए । ‘विद्युत प्राधिकरण ऐन २०४१ मा नेपाल सरकारको निर्देशन ...
विद्युत प्राधिकरणले ४३ उद्योगको काट्यो बिजुली

विद्युत प्राधिकरणले ४३ उद्योगको काट्यो बिजुली

ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ। डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको लाइन बिहीबार राति काटिएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ। विद्युत प्राधिकरणले सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टको विद्युत लाइन काटेको छ। त्यस्तै भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक उद्योगलगायत कारखानाको पनि विद्युत काटिएको छ। गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो। उनीहरूलाई कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो। प्राधिकरणका अनुसार बिहीबार मात्रै पाँ...
डेडिकेटेड लाइनको बक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणबिच मतभेद छैनः  मन्त्री खड्का

डेडिकेटेड लाइनको बक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणबिच मतभेद छैनः मन्त्री खड्का

ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका बिचमा मतभेद नभएको जनाएका छन् । बुधबार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरू सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत् प्राधिकरणका बिचमा कुनै मतभेद नभएको स्पष्ट पारेका हुन् । मन्त्री खड्काले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गरे । उनले यस विषयमा मन्त्रालय र प्राधिकरणका बिचमा छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग पनि निरन्तर छलफल गरिरहेको बताए । उनले उद्योगीहरूले विद्युत् उपभोग गरेको कुराको प्रमाण जुटाउने कामपनि भइरहेको जनाए ।   उनले भने, ‘कुलमान घिसिङलाई हटाउने भन्ने कुरा हास्यास्पद हो । ...
काठमाडौंका यी स्थानमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंका यी स्थानमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने

ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार दिउँसो केही समय विद्युत अवरूद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको मण्डिखाटार फिडर अन्तर्गतका क्षेत्रहरूस बासबारी, चक्रपथ, मण्डिखाटार, गोल्फुटार क्षेत्रमा शनिबार मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ। त्यस्तै महाराजगन्ज वितरण केन्द्रकै सुकेधारा फिडर अन्तर्गत पर्ने क्षेत्रहरू एकतावस्ती, न्युकोलोनी र मण्डिखाटारमा पनि मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। कुलेश्वर वितरण केन्द्रको चःमति फिडर अन्तर्गतका क्षेत्रहरू कालीमाटी, टंकेश्वर, डल्लु, स्वयम्भू, भगवानपाउ, डल्लु आवास, रेन्बो ...
४० मेगावाट बिजुली बंगलादेश लैजान ऐतिहासिक सम्झौता

४० मेगावाट बिजुली बंगलादेश लैजान ऐतिहासिक सम्झौता

ऊर्जा, प्रमुख समाचार
काठमाडौं । नेपालबाट तेस्रो मुलुक बिजुली पठाउने ऐतिहासिक सम्झौता आज हुँदै छ । नेपाल विद्युत् प्राधिकरण, भारतको एनभीभीएन एनटीपीसी विद्युत व्यापार निगम र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । सम्झौताका निम्ति बंगलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनसहितको टोली नेपाल आइसकेको छ । दिउँसो साढे ३ बजे दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा आयोजित समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गरिने तय छ । गएको साउन १३ गते नै सम्झौता गर्ने तयारी थियो । तर, बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेपछि अन्तिम समयमा सम्झौता रोकिएको थियो । पहिलोपटक तेस्रो देश विद्युत् निर्यातका निम्ति तयार रहेको र यो नेपालको ऊर्जा क्षेत्रका लागि ऐतिहासिक हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चिरञ्जीवी च...
नेपाली जलविद्युत्‌मा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह

नेपाली जलविद्युत्‌मा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह

ऊर्जा, प्रमुख समाचार
    काठमाडौं । नेपालको जलविद्युत्‌मा लगानी गर्न क्यानडाका लगानीकर्तासमक्ष स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आग्रह गरेको छ । नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म तीन हजार मेगावाट मात्रै विद्युत् उत्पादन भएको भन्दै लगानीको लागि क्यानडाका लगानीकर्तासँग इप्पानले आग्रह गरेको हो । “चार हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन छन् । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि चार हजार मेगावाट क्षमता छन् । १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरु थप १० हजार मेगावाट क्षमताका आयोजनाहरू अध्ययनको विभिन्न चरणमा छन्,” इप्पान अध्यक्ष गणेश कार्कीले भने । सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहितको रोडम्याप अघि सारेको उनले बताए । “सरकारले...
विद्युत् चुहावट आठ वर्षमा आधा घट्यो

विद्युत् चुहावट आठ वर्षमा आधा घट्यो

ऊर्जा, प्रमुख समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२/०७३ मा प्रणालीबाट २५.७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/०८१ मा १२।७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५.७८ प्रतिशत चुहावटमध्ये १९.८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो । विद्युत् चुहावटलाई आव २०७३/७४ मा २२.९० प्रतिशत, २०७४/७५ मा २०.४५ प्रतिशत, २०७५.७६ मा १५.३२ प्रतिशत, २०७६/७७ मा १५.२७ प्रतिशतमा झारिएको थियो । आव २०७७/७८ मा भने चुहावट बढेर १७.१८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव २०७८/७९ मा १५.३८ र आव २०७९/८० मा १३.४६ प्रतिशतमा झारिएको थियो । आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सा...
६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोड्ने निर्णय

६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोड्ने निर्णय

ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं। विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । लाईन काटिएका छ वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछु, निर्णयमा उल्लेख छ । तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी हाललाई उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकार हुँदा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो । तर, सरकार परिवर्तन सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएका थिए । लगत्तै आयोगले पत्राचार गरेपछि प्राधिकरण पूर्ववत् निर्णयबाट ब्याक हुन बाध्य भएको हो ।...
नेपाल विद्युत प्राधिकरणले लाइन काटेका उद्योगमा लाइन जोड्नको लागि ड्राफ्ट तयार

नेपाल विद्युत प्राधिकरणले लाइन काटेका उद्योगमा लाइन जोड्नको लागि ड्राफ्ट तयार

ऊर्जा, प्रमुख समाचार, ब्यानर
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लाइन काटेका उद्योगमा लाइन जोड्नको लागि ड्राफ्ट तयार पारेको छ । बक्यौता तिर्न बाँकी रहेको उद्योगबाट ३ महिनाभित्र विद्युत बक्यौता उठाउने गरी लाइन जोड्नको लागि ड्राफ्ट तयार भएको हो । प्राधिकरण सञ्चालक समितिले तयार पारेको ड्राफ्टमा हस्ताक्षर गरेपछि लाइन जोड्न सुरु हुनेछ । गत शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगमा विद्युत लाइन जोड्न निर्देशन दिएका थिए । तर, सञ्चालक समितिले लिखित निर्देशन नआई लाइन जोड्न नसकिने भनेपछि काम रोकिएको थियो । प्रधानमन्त्री ओलीले बालुवाटरमा उद्योगी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जामन्त्री दीपक खड्का, उद्योगी पशुपति मुरारका र उद्योग मन्त्री दामोदर भण्डारी राखेर समस्या सुनेका थिए । लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता उठाउ...