Monday, July 22Nepal News Portal
Shadow

कृषि तथा वन

कृषि मन्त्रालयका प्राविधिक कर्मचारी आन्दोलित

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । कृषि मन्त्रालयमा कार्यरत नेपाल सरकारको राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मंगलबार पनि धर्ना जारी राखेका छन् । कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिँदै आएका छन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोक सेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ । चालु आर्थिक वर्षको अन्तिम समय भएकाले आफूहरुले काम नगरेपछि सरकारलाई दबाब सिर्जना भएको उनीहरुको दाबी छ ।...

नार्कले कृषि अनुसन्धानमा राम्रो नतिजा दिन सकेनः मन्त्री साह

कृषि तथा वन, प्रमुख समाचार, ब्यानर
काठमाडौँ । कृषि तथा पशुपछी विकासमन्त्री ज्वाला कुमारी साहले कृषि क्षेत्रमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले राम्रो नतिजा दिन नसकेको गुनासो गरेकी छन् । नार्क अन्तर्गत राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रको ११ औँ राष्ट्रिय  कार्यशाला गोष्ठीमा मन्त्री साहले कृषि क्षेत्रमा नार्कका वैज्ञानिकले रिजल्ट आउने गरी काम नगरेको गुनासो गरेकी हुन् । ‘नार्कका वैज्ञानिक साथीहरूले रिजल्ट आउने गरी काम गर्नुपर्‍यो,’ उनले भनिन्, ‘छोटो समयावधिका लागि कार्ययोजना बनाएर ३ महिना वा ६ महिनामा रिजल्ट दिन्छु भनेर लाग्नु पर्‍यो ।’ यस्तै मन्त्री साहले कृषि क्षेत्रमा कार्यरत कर्मचारी समान रूपले वैदेशिक भ्रमणमा जान मिल्ने गरी मापदण्ड बनाउने बताइन् । ‘मापदण्ड बनाएर सबै कर्मचारीलाई समान तरिकाले विदेश जाने परिपाटि ल्याउनु पर्छ,’ उनले भनिन्, ‘वैदेशिक भ्रमणमा कति गएका छन्, एक जना कति पटक गएका छन्, नियाल्न प...
वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड विनियोजन

वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड विनियोजन

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जनाएका हुन् । उनले वायु प्रदूषण नियन्त्रण एवं नियमनका लागि काम गरिने जनाए । उनले मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र विस्तार गरिने जनाए ।...
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड विनियोजन

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड विनियोजन

आर्थिक गतिविधि, कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । सरकारले आर्थिक वर्षका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड विनियोजन गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड विनियोजन गरेको जानकारी दिएका हुन् ।...
सहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती

सहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती

उद्योग, कृषि तथा वन, विचार
    काठमाडौं । पोखरा महानगरपालिका८ का क्रान्ति अधिकारीको कौसीमा उत्पादन भएको तरकारीले चार जनाको परिवारलाई वर्षभरि खान पुग्छ। उनी सफल कौसी खेती किसानको रूपमा परिचित छिन्। व्यापारको सिलसिलामा चितवनबाट पोखरा आएका अधिकारी परिवारले पोखराको सिमलचौरमा पाँच आना जग्गा किनिन्  घर बनाइन्। तरकारी लगाउने ठाउँ नभएपछि उनले पाँच वर्षदेखि कौसीमा तरकारी लगाउन सुरू गरेकी हुन्। यतिबेला मेरो घरको कौसीमा गोलभेँडा, बन्दा, घिरौँला, काँक्रो, लौका जस्ता तरकारी फलेका छन् उनले भनिन् तरकारीले परिवारलाई खान पुग्छ। ८० प्रतिशत तरकारी कौसी कै उत्पादनले पुगेको छ। पोखराका ३३ वडामध्ये सहरी क्षेत्रका १७ वटा वडामा पोखरा महानगरपालिकाले दुई वर्षयता कौसी तथा करेसाबारी तरकारी खेतीलाई अनुदान दिँदै आएको छ। पोखरा महानगरपालिका र नेपाल विकास समाज कास्कीले यही वैशाख १५ गतेदेखि तीन दिने घरेलु फोहर व्यवस्थापन...
कागतीले बजार नपाएपछि तनहुँका कृषकहरु भए निराश

कागतीले बजार नपाएपछि तनहुँका कृषकहरु भए निराश

आर्थिक गतिविधि, उत्पादनमूलक, कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गरेका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरेका हुन् । विदेशबाट फर्किएर कागतीखेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।” पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गर्नुभएका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका थिए । गत वर्ष पहिलोपटक रु ७० हजारको कागती बिक्री भएको उनले बताए । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् । “उत्पादन लिन थालेको दुई वर्ष भयो, गत वर्ष रु ७० हजारको कागती बिक्री गरेँ । यस वर्ष सात सय किलो उत्पादन भएको छ”, उनले भने...
शिव सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

शिव सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

उत्पादनमूलक, कृषि तथा वन, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटीए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेका हुन् । बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उनको त्यसपछिको समय भने फार्ममा बित्छ । विद्यालय नजिकै विद्यालयकै जग्गामा फार्म बनाइएको छ । फार्ममा ब्रोइलर कुखुरा, पाडा, बाख्रापालन गरिएको छ । शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न थापाजस्तै १७ विद्यार्थी फार्ममा पुग्ने गरेका छन् । विद्यार्थी पशुलाई दाना पानीको व्यवस्थापनमा आफैँ खटिन्छन् । पछिल्लो समय विद्यार्थीको दैनिकी प्रयोगात्मक सिकाइ र अभ्यासमा बित्दै आएको छ । पाठ्यक्रममा आधारित पशुपालन र उपचार पद्धतिबारे अध्ययनरत विद्यार्थीले नजिकका टोलमा गई किसानले पालेका पशुचौपायाको औषधि उपचार पनि गर्छन् । उपचार पद्धति र प्रक्रिय...
मुक्तिनाथ कृषि कम्पनी: कृषि औजारदेखि विउविजनसम्म

मुक्तिनाथ कृषि कम्पनी: कृषि औजारदेखि विउविजनसम्म

उत्पादनमूलक, कृषि तथा वन, ब्यानर, समाचार
सीता बुढाथोकी काठमाडौं । मुक्तिनाथ विकास बैंकको लगानीमा सञ्चालित मुक्तिनाथ कृषि कम्पनीमा कृषि औजारदेखि विउविजनसम्म पाइन्छन् । यो कम्पनीमा मुक्तिनाथ विकास बैंकको लगानीमात्र हैन सर्वसाधारणको लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डमा निवेदनसमेत दिइएको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नेछ । काठमाडौंको बसुन्धारामा यो कम्पनीको केन्द्रीय कार्यालय रहेको छ । कम्पनीले युवा पुस्तालाई कृषि व्यवसायमा आकर्षण गर्ने प्रमुख उद्देश्यका लिएको छ । कम्पनीले आफ्ना उद्देश्य अनुसार हाल कृषकहरूलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू जस्तैः– मल, बिउ, रोग तथा किरा नियन्त्रक, औजार/उपकरणसहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारका साथै कृषि उत्पादनहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी कार्यहरू गर्दै आएको छ । यस कम्पनीले कृषिमा व...
बाली बिमाप्रति देखिएन बागलुङका किसानको आकर्षण

बाली बिमाप्रति देखिएन बागलुङका किसानको आकर्षण

कृषि तथा वन, प्रमुख समाचार
गलकोट । बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बिमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जंगली जनवारले बालीमा क्षति पुर्‍याएका खण्डमा बिमा गरेपछि सो बापतको रकम उपलब्ध हुन्छ । कृषि ज्ञान केन्द्र बागलुङले बाली बिमा गर्नका लागि किसानलई ‘प्रिमियम रकम’समेत प्रदान गर्छ । बालीको सम्भावित क्षतितर्फ किसानको ध्यान नगएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत आवमा किसानलाई बाली बिमाको प्रमियम भुक्तानीका लागि कृषि ज्ञान केन्द्रले दुई लाख ४० हजार रुपैयाँ रकम विनियोजन गरेको थियो । हजारौँ किसान रहेको बागलुङमा बाली बिमा कार्यक्रमबाट लाभान्वित हुने किसानको संख्या १३ जना रहेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईका अनुसार किसानले गरेको बाली बिमाका आधारमा केन्द्रले बिमाको प्रिमियम रकम प्रदान गर्ने भने पनि १३...
प्रत्येक शनिबार रैथाने कृषि हाटबजार दरबारमार्गमा

प्रत्येक शनिबार रैथाने कृषि हाटबजार दरबारमार्गमा

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । प्रत्येक शनिबार कृषि जन्य सामग्रीको स्टल राखिने गरी साउन १ देखि रैथाने कृषि हाट बजार सुरू भएको छ। कृषिजन्य रैथाने सामग्री खरिद-बिक्री तथा अवलोकनका लागि दरबार मार्गमा कृषि जन्य सामग्रीको बिक्री सुरू गरिएको रैथाने एग्रो प्रोडक्टसका अध्यक्ष तिलक ढकालले बताए। गत सोमबार उक्त कृषि बजारको उद्घाटन भएपनि आगामी शनिबारबाट नियमित बजार लाग्ने उनले बताए। उनका अनुसार बिहान ६ बजेदेखि १२ बजेसम्म ग्राहकले बजार अवलोकन गर्न पाउँने छन्। कृषि हाट बजारमा पहिलो दिन २० वटा स्टल राखिएको थियो। बारीमा उत्पादित आर्गानिक फलफूल तथा कृषि जन्य सामग्री राखिएको थियो। फर्सीको मुन्टा, रायो साग, मह, आलु र तथा अन्य सामाग्री राखिएको थियो। सहर र गाउँघरबाटै लोप हुन लागेका सामाग्रीहरूसमेत प्रदर्शनीमा राखिएको ढकालले बताए। मोही पार्ने ठेकी, पुराना बत्ती, शंख, डाला र नाङ्ला जस्ता सामाग्री प्रदर्शनीमा राखिएको थिय...