Tuesday, December 3Nepal News Portal
Shadow

खेलकुद

यू-१९ महिला टी-२० विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित

यू-१९ महिला टी-२० विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित

खेलकुद, ब्यानर, समाचार
काठमाडौं । युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ । छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।   दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो । कुवेतका लागि कप्तान तथा ओपनर जिफा जिलानीले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुवेतका ६ खेलाडी खातासमेत नखोली आउट भए । कुवेतलाई अलआउट गर्न नेपालका लागि रचनाकुमारी चौधरी र सीमा केसीले २-२ विकेट लिए । सीमाले दुई ओभर बलिङ गर...
कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

खेलकुद, प्रमुख समाचार
काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ महिला ट-(२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दैछ । दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्न लागेको हो । पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ । कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ नरको फराकिलो अन्तरले पराजित भएको थियो । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । खल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी२० विश्वकपमा छनोट हुनेछ ।...

साफ महिला च्याम्पियनसिप–२०२४ः नेपाल बंगलादेशसंग पराजित

खेलकुद, प्रमुख समाचार, ब्यानर
काठमाडौं । फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले लगातार दोस्रोपटक साफको उपाधि जितेको हो । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । तिनै गोल दोस्रो हाफमा भएको हो ।   खेलको ५२औँ मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तीको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिँदै मोनिकाले गोल गरेकी थिइन् । तर, नेपालले चार मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन् । प्रीति राईले निकालेको थ्रू बललाई नियन्त्रणमा लिँदै अमिशाले सहजै गोल गरिन् । ८१औँ मिनेट...
श्रीलंकाविरुद्ध नेपाललाई अग्रता

श्रीलंकाविरुद्ध नेपाललाई अग्रता

खेलकुद, प्रमुख समाचार
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकाविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले तीन गोलको अग्रता लिएको छ । आठौं मिनेटमा सबिता राना मगरले गोल गरिन् । साबित्रा भण्डारीको पासमा उनले गोल गरेकी हुन् । त्यसको चार मिनेटपछि साम्बाले गोलको खाता खोलिन् भने दुई मिनेटपछि रेखा पौडेलले गोल गरिन् ।...
टी-२० सिरिज : नेपालद्वारा अमेरिकाविरुद्ध क्लिनस्वीप

टी-२० सिरिज : नेपालद्वारा अमेरिकाविरुद्ध क्लिनस्वीप

खेलकुद, प्रमुख समाचार, ब्यानर
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो । काठमाडौं । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै सिजिर क्लिनस्वीप गरेको हो । नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।...
सुपर ओभरमा अमेरिकालाई नेपालले हरायो

सुपर ओभरमा अमेरिकालाई नेपालले हरायो

खेलकुद, ब्यानर, समाचार
    काठमाडौं । अमेरिकालाई हराउँदै नेपालले टी-२० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ । सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पोल्टामा पारेको हो । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो । जसमले नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो । उक्त रन पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटमको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो...
पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गर्‍यो

पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गर्‍यो

खेलकुद, प्रमुख समाचार
काठमाडौं । नेपालले पहिलो टी२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो । अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।   अमेरिकाका लागि शायनले अविवित ६० रन बनाउँदा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनांक पटेल र आरोन जोन्सले तीनरतीन र सैतेजा मुक्कामल्ला २ रनमा आउट भए । हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमै एलबीडब्ल्यु आउट भए । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले एकरएक विकेट लिए ।   त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेल...
नेपाली महिला फुटबल टोलीलाई युनिलिभरको ट्राभल किट

नेपाली महिला फुटबल टोलीलाई युनिलिभरको ट्राभल किट

खेलकुद, प्रमुख समाचार
काठमाडौं । नेपालको राष्ट्रिय महिला फुटबल टोलीको आधिकारिक प्रायोजक रहेको युनिलिभर नेपालले आफ्नो पर्सनल केयर ब्रान्ड, डोभमार्फत एन्फा कार्यालयमा टोलीका २७ खेलाडी तथा अधिकारीहरूलाई विशेष ट्राभल किट हस्तान्तरण गरेको छ । खेलाडीहरूको सफलता लागि समर्थन गर्दै आएको युनिलिभरले परम्परागत प्रायोजनभन्दा दर्शकहरूसँग भावनात्मक सम्बन्ध कायम गर्दै सकारात्मक सामाजिक परिवर्तन ल्याउने आशा राखेको छ। राष्ट्रिय महिला फुटबल टोलीसँगको यस सहकार्यले महिलाहरूमा सशक्तिकरण र आत्मविश्वास बढाउन सहयोग पुग्ने युनिलिभरको अपेक्षा छ।...
करणको ५ विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपाल विजयी

करणको ५ विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपाल विजयी

खेलकुद, प्रमुख समाचार
काठमाडौं । तीव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले तेस्रो अभ्यास खेलमा क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले हराएको छ । योसँगै तीन खेलको अभ्यास खेल नेपालले २१ ले जितेको छ । १८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा ७ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए । नेपालका करण केसीले ९.५ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८.३ ओभरमा १८७ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले तल्लोक्रममा ७० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बनाए ।   आरिफ शेखले ३९ बलमा ३ चौका र २ छक्कासहित ४० रन जोडे । आसिफ शेख ७, अनिल कुमार साह ६, देव खनाल डक, भीम सार्की ७, दीपेन्द्रसिंह ऐरी ४, अर्जुन सा...
काठमाडौंको लोगो र नाम घोषणा

काठमाडौंको लोगो र नाम घोषणा

खेलकुद, प्रमुख समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली काठमाडौंले आफ्नो नाम र लोगो घोषणा गरेको छ । काठमाडौंले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो । टिमको नयाँ नाम काठमाडौं गुर्खाज रहनेछ । काठमाडौंको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी हुन् । नेपाल क्रिकेट संघ(क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुनेछ । सहभागी ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ । टोलीमा अन्य नेपाली खेलाडी चयनका लागि असोज २० गते अक्सन हुँदैछ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्ने छन्  ।...