गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सुरु
काठमाडौं । गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सुरु भएको छ । पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
होटल सङ्घ नेपाल गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, प्रमुख अतिथि डीपी अर्याल, विशेष अतिथि सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री गण्डकी प्रदेश विन्दुकुमार थापा, आर्थिक मामिलामन्त्री डा. टंकराज गुरुङ लगायतका अतिथिहरूको उपस्थिति रहेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल सङ्घ नेपाल ९हान० को संयोजन र सह–आयोजकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल तालिम...