Monday, April 14Nepal News Portal
Shadow

पर्यटन

हवाई भाडा बढी लिनेलाई कारबाही गर्छौंःमन्त्री पाण्डे

हवाई भाडा बढी लिनेलाई कारबाही गर्छौंःमन्त्री पाण्डे

पर्यटन, प्रमुख समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने मन्त्री पाण्डको भनाइ छ । गत शुक्रबारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले भनेका छन्, ‘उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित र तर्कपूर्ण मूल्यमा मात्रै टिकटको भाडा लिनुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ । त्यो विपरीत उहाँहरु जानुभएको छ भने कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छौं ।’   मन्त्रालयले उह...
गौशाला धर्मशाला अहिले खाली नगर्न मन्त्री पाण्डेको निर्देशन

गौशाला धर्मशाला अहिले खाली नगर्न मन्त्री पाण्डेको निर्देशन

पर्यटन, प्रमुख समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशाला खाली गराउने सम्बन्धी कार्य अहिलेलाई रोक्न निर्देशन दिएका छन् । पछिल्लो समय बढेको विवाद अन्त्यका लागि उनले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकसमेत आह्वान गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेको निर्देशनबमोजिम बिहीबार पठाइएको पत्रमा ‘पशुपतिनाथको पवित्र क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ बुझिन आएकाले परिषदको अर्को बैठकबाट निर्क्यौल नभएसम्म परिषद् बैठकको असोज २० को निर्णय कार्यान्वयन स्थगन गर्न भनिएको छ ।   काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्र पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो । त्यसपश्चात कोषले धर्मशाला सञ्चालनरव्यवस्थापनको जिम्मा महानगरपालि...
नौ महिनामा भित्रिए आठ लाख पर्यट

नौ महिनामा भित्रिए आठ लाख पर्यट

पर्यटन, प्रमुख समाचार
काठमाडौं । सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म आठ लाख १६ हजार ३३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ को तुलनामा चार प्रतिशतले पर्यटक आगमन बढेको छ । अगष्टको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन् । चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका उनले बताए । सेप्टेम्बारमा भारतबाट २२ हजार ९८४ र अगष्टमा २५ हजार ८३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बारमा आठ हजार ४२ र अगष्टमा ६ हजार ६१४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिए । मनसुनका कारण भारतीय पर्यटक घटेका हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाबाट अगष्ट पाँच हजार ६ र सेप्टेम्बारम...
काम गर्न नसके एक निमेष पनि पदमा बस्दिन, नगर्ने कमर्चारीलाई पनि छुट छैनः पर्यटनमन्त्री

काम गर्न नसके एक निमेष पनि पदमा बस्दिन, नगर्ने कमर्चारीलाई पनि छुट छैनः पर्यटनमन्त्री

पर्यटन, प्रमुख समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको जनाएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने दाबी गरे । कोही पनि निकायको प्रमुखहरुले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको उनले जनाए । ‘हामी जोजो जुन जुन ठाउँमा छौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिन भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन,’ उनले भने, ‘कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन । त्यसका लागि कानून हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ । सार्वभौम सत्ता जनताले भन्यो भने म मन्त्रीको पदबाट एक निमेष पनि नरहेर निस्किने ...
वायुसेवा निगमको गरिमाको रक्षा गर्ने संकल्प गर्नुपर्छः पर्यटनमन्त्री तामाङ

वायुसेवा निगमको गरिमाको रक्षा गर्ने संकल्प गर्नुपर्छः पर्यटनमन्त्री तामाङ

पर्यटन, प्रमुख समाचार, ब्यानर, समाचार
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले नेपाल वायुसेवा निगमको गरिमाको रक्षा गर्ने संकल्प सबैले गर्नुपर्ने जनाएका छन्। नेपाल वायुसेवा निगमको ६६ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री तामाङले यस्तो बताएका हुन्। निगम लामो इतिहास पार गर्दै आज ६७ औं वर्षमा प्रवेश गर्दैछ। यसले इतिहासको लामो कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै आफ्नै अलग्गै छाप र पहिचान बनाउन सफल भएको छ उनले भने,अझै यसको अभिवृद्धि गर्न ठोस योजना बनाएर अघि बढ्न आवश्यक छ। २०१५ साल असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको राष्ट्रिय ध्वजावाहक तथा सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो। हाल निगमका जहाजले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकसहित अन्तर्राष्ट्रिय मध्यम दुरीका कुल ३६ गन्तव्यहरूमा नियमित उडान गरिरहेको छ।...
जुन महिनामा भित्रिए ७६ हजार पर्यटक

जुन महिनामा भित्रिए ७६ हजार पर्यटक

पर्यटन, प्रमुख समाचार
काठमाडाैं । सन् २०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटक भित्रिएका छन्। यससँगै सन् २०२४ को ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका हुन्। पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक भित्रिएका थिए। जुन महिनामा सबैभन्दा धेरै ३७ हजार ८३५ भारतीय पर्यटक भित्रिएका छन्। त्यस्तै अमेरिकाबाट ८ हजार २८१, चीनबाट ७ हजार ४९४, बंगलादेशबाट ३ हजार ८५७, बेलायतबाट एक हजार ९६९, अष्ट्रेलियाबाट एक हजार ५८९ पर्यटक भित्रिएका छन्...

हवाई टिकटको अनावश्यक भ्याट हटाइन्छ ‍‌: पर्यटनमन्त्री तामाङ

पर्यटन, प्रमुख समाचार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई टिकटमा सरकारले लगाइरहेको मूल्य अभिवृद्धि कर (भ्याट) अनावश्यक रहेको जनाएका छन् । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल इन्टरनेसनल टुरिजम एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री तामाङले हवाई टिकटको भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको र यसको समाधान बजेट पास हुनु अगाडि नै गरिने बताएको उनको सचिवालयले बताएको छ । हवाई टिकटको अनावश्यक भ्याट हटाउँदा पर्यटकलाई नेपालमा धेरै समय बस्न प्रोत्साहित हुने उनले बताएका छन् । प्रचण्ड नेतृत्वकै सरकारले गत वर्षको बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेको थियो । उनले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गरि कम्तीमा १६ लाख पर्यटक भित्राइने समेत जनाए । सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकोमा सन् २०२४ मा कम्तीमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य...
एक महिनामा भित्रिए ९० हजार २११ विदेशी पर्यटक

एक महिनामा भित्रिए ९० हजार २११ विदेशी पर्यटक

पर्यटन, प्रमुख समाचार
काठमाडौँ । सन् २०२४ को मे महिनामा मात्र ९० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस महिना कूल ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । प्रि–कोभिड भने यस्तो सङ्ख्या ७८ हजार ३२९ जना रहेको थियो । सार्वजनिक रिपोर्टअनुसार यस महिना सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भित्रिएका छन् । यो कूल आगमनको ४२.४४ प्रतिशतको हिस्सा हो ।  ...
१६ लाख पर्यटक भित्र्याउने लक्ष्य

१६ लाख पर्यटक भित्र्याउने लक्ष्य

पर्यटन, प्रमुख समाचार, समाचार
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष ८१/८२ को सरकारको बजेट मंगलबार संसद् बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमा पुनले उक्त लक्ष्य सार्वजनिक गरेका हुन् । “आगामी आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याइनेछ,” उनले बताए ।  
गर्मी छल्नको लागि हेटौंडा नजिकै उपयुक्त गन्तब्य ‘पालुङ–आग्रा पदयात्रा’

गर्मी छल्नको लागि हेटौंडा नजिकै उपयुक्त गन्तब्य ‘पालुङ–आग्रा पदयात्रा’

पर्यटन, प्रमुख समाचार
काठमाडौं । केही हप्ता अगाडि हेटौंडामा गर्मी निकै बढ्यो । गर्मीका कारण हेटौंडाका बिद्यालयहरुलाई एक हप्ताको लागि सार्वजनिक बिदा नै दिईयो । गर्मी छल्न हेटौंडा र हेटौंडा आसपासमा ब्यक्तिहरु यताउता भौतारिएको देखिन्छ । कोही स्वीमिङ पुल तिर भने कोही भैंसै त्रिखण्डी मन्दिर आसपास खोला तिर । ‘पानीमा डुबुनजेल त ठिकैछ, पानीबाट निस्केपछि उस्तै , हेटौंडाका राजेश थापा बताउनुहुन्छ । गर्मीबाट एकदिन भएपनि छुटकारा लिन र पर्यटकीय क्षेत्रको आनन्द लिन नयाँ पदयात्राको गन्तब्य हुनसक्छ ‘पालुङ–आग्रा पदमार्ग’ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट बाईरोडको बाटो भैंसे, सिमभञ्ज्याङ, दामन हुँदै करिव ६५ किलोमिटरको दुरीमा थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट आइपुग्न सकिन्छ । करिव २ घण्टा ३० मिनेटमा हेटौंडको बुद्धचोकबाट सवारीसाधन मार्फत शिखरकोट पुगिन्छ । शिखरकोट ओर्लेपछि सुरु हुन्छ ‘पालुङ–आग्रा पदमार्ग’ । यस पद...