Thursday, January 23Nepal News Portal
Shadow

प्रदेश

बागमती सरकारले असारमा खर्चियो १३ अर्ब रुपैयाँ

बागमती सरकारले असारमा खर्चियो १३ अर्ब रुपैयाँ

प्रदेश, प्रमुख समाचार
काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (२०८०/८१ मा कुल बजेटको ७२.८३ प्रतिशत खर्च गरेको छ । प्रदेशका १३ मन्त्रालय र सो मातहतका निकायले चालु आर्थिक वर्षका लागि विनियोजित ६० अर्ब रुपैयाँ बजेटमध्ये ४५ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारका निकायहरूले चालु खर्चतर्फ १७ अर्ब १२ करोड रुपैयाँ बजेट खर्च गरेका छन् । जुन कुल विनियोजनको ६५ प्रतिशत रकम हो । पुँजीगततर्फ प्रदेश सरकारका निकायहरूले २८ अर्ब ५४ करोड रुपैयाँ बजेट खर्च गरेका छन् । जुन कुल विनियोजित बजेटको ७९ प्रतिशत हो । प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ विनियोजन गरेको ५० करोड रुपैयाँ खर्च हुन सकेन । प्रदेश सरकारको खर्च प्रणाली बन्द हुने दिन असार २४ गतेमात्र २ अर्बभन्दा बढी रकम खर्च भएको कार्यालयले जनाएको छ । भुक्तानी प्रणाली बन्द हुनु अघि प्रदेश सरकारले वर्षभर गरेका आर्...
उद्योग मन्त्री भण्डारीले गरे कफीखेतीको उद्‍घाटन

उद्योग मन्त्री भण्डारीले गरे कफीखेतीको उद्‍घाटन

प्रदेश, समाचार
  बैतडी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक कफीखेतीको उद्घाटन गरेका छन्। उनले बिहीबार पाटनमा कफीखेती रोपण कार्यक्रमको उद्‍घाटन गर्दै अब कफीखेतीको विकास, प्रशोधन र प्रवर्द्धन गरी आयआर्जन तथा गरिबी न्युनीकरणमा ठोस उपलब्धि हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने जनाएका छन् । मन्त्री भण्डारीले आफ्नो मन्त्रालयअन्तर्गत सुदूरपश्चिम, कर्णाली र मुलुकका अन्य सम्भावना बोकेका तर पिछडिएका भेगमा कार्यक्रम सञ्चालन गर्न जोड दिँदै आएको जनाए ।। नेपालमा कफीको माग विस्तार भइरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले मागको सबै आपूर्ति घरेलु उत्पादनबाट हुन नसकेको जनाएका हुन् ।...
राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

प्रदेश, समाचार
राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो । तालिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको कम्पनीले जनाएको छ । कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा परिक्षा कार्यक्रमबाट २१ जना प्रशिक्षार्थीहरु लाभान्वित भई कृषी, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिमको प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । नेपालको दुर्गम बीमाको सचेतना फैलाई सबै जनतालाई बीमाको दायरामा ल्याई व्यवसाय प्रवर्द्धन गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको र सोही अनुसार अगी बढेको कार्यक्रमका संयोजक कम्पनीका बजार विभाग प्रमुख व्यवस्थापक देवराज घिमिरेले बताए । ३ दिने कार्यक्रममा व्यवस्थापक देवराज घिमिरे, सह (व्यवस्थापक) अर्जुन पौडेल, नायव व्यवस्थापक दिपकराज पाण्डेय र सहायक (व्यवस्थापक )उत्तरा रेग्मीले प्...
यी प्रदेशमा हुनेछ आज भारी वर्षा

यी प्रदेशमा हुनेछ आज भारी वर्षा

गण्डकी प्रदेश, प्रदेश, समाचार
काठमाडौं । गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । मेघगर्जन र चट्याङसहित भारी वर्षाका कारण हुनसक्ने ...
यस्तो छ आजको मौसम, केहि भू–भागमा चट्याङसहित वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, केहि भू–भागमा चट्याङसहित वर्षाको सम्भावना

गण्डकी प्रदेश, प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार
काठमाडौं । हाल कोसी र मधेस प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो । आज दिउँसो देशभर सामान्यदेखि पुर्णतया बदली रहनेछ । वाग्मती, महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । राती कोसी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । वा...
यस्तो छ आजको मौसम, यी प्रदेशमा वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, यी प्रदेशमा वर्षाको सम्भावना

प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलदेखि मौसम सामान्यतया सफा रहेको छ। कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको पनि महाशाखाले जानकारी दिएको हो। दिउँसोपख कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्काद...
यस्तो छ आजको मौसम, कोसी र मधेस प्रदेशमा हावाहुरीको सम्भावना

यस्तो छ आजको मौसम, कोसी र मधेस प्रदेशमा हावाहुरीको सम्भावना

प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोसी प्रदेश, वाग्मती प्रदेश रगण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ । आज राति कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन...
यस्तो छ आजको मौसम, पूर्वी तथा मध्य भेगमा हल्का वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, पूर्वी तथा मध्य भेगमा हल्का वर्षाको सम्भावना

कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेसका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र मधेसको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जान...
यस्तो छ आजको मौसम, केहि पहाडी भू–भागमा वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, केहि पहाडी भू–भागमा वर्षाको सम्भावना

कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार
काठमाडौं । देशका कहि पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागका आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका तराई भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको छ । विभागले आज राति देशको पहाडी भू–भागका आंशिक बदली रहने जानकारी दिएको हो । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।...
यस्तो छ शुक्रबारको मौसम

यस्तो छ शुक्रबारको मौसम

प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार, बागमती प्रदेश
काठमाडौं । शुक्रबारबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण बदली र वर्षात् भइरहेको छ । शुक्रबार पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती, कोशी प्रदेशका विभिन्न भूभागमा केही ठाउँमा वर्षा र सामान्यतया बदलीको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। ‘कोशी प्रदेश र वाग्मती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, काठमाडौं उपत्यकामा पनि सामान्यतया बदली रहने र मध्याह्नपछि मौसममा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।...