
वर्षको अन्तिम दिन घटेर बन्द भयो बजार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.६२ अंकले घटेर २,६६२.०८ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी आज कारोबार रकम भने सामान्य बढेको छ । आज कूल १ करोड ३१ लाख ८९ हजार कित्ता शेयर खरिद–विक्री हुँदा ६ अर्ब २८ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज ८८ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १५७ वटा कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको शेयर मूल्य स्थिर छ । त्यसैगरी, आज गुडविल फाइनान्सको ऋणपत्र, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार सीईडीबी होल्डिङसको भएको छ । सो कम्पनीको मात्र ४५ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।...