Monday, February 10Nepal News Portal
Shadow

बीमा

आइएमई लाइफ इन्स्योरेन्सको सातै प्रदेशमा बीमा साक्षरता कार्यक्रम सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्सको सातै प्रदेशमा बीमा साक्षरता कार्यक्रम सम्पन्न

बीमा, समाचार
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ कम्पनीले सोमबार सातवटै प्रदेशका विभिन्न शैक्षिक प्रतिष्ठान तथा संस्थाहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । कम्पनीको स्थापनाको सातौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । कम्पनीले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय, क्याम्पसमा अध्ययनरत विद्यार्थी र विभिन्न संस्थाहरुमा कार्यारत कर्मचारीहरुलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएकोे हो । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ । महेन्द्रनगर स्थित कञ्चनपुर गर्ल्स होस्टेल, भिमाद स्थित रिसिङ पाटन, चापागाँउ स्थित देवि बहुमुखी ...
आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत फुयाँलको दोस्रो कार्यकाल थप

आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत फुयाँलको दोस्रो कार्यकाल थप

प्रमुख समाचार, बीमा
काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ। कम्पनीको सञ्चालक समितिको साउन १४ गते बसेको २०१ औँ बैठकको निर्णयअनुसार यस कम्पनीका फुयाँलको कार्यकालको समय थप गर्ने निर्णय गरेको थियो । उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस भएकोमा प्राधिकरणबाट साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरी स्वीकृति प्राप्त भएको कम्पनीले जानकारी दिएको छ।...
प्रोटेक्टिभ माइक्रोले आइपीओ निष्काशन गर्ने

प्रोटेक्टिभ माइक्रोले आइपीओ निष्काशन गर्ने

प्रमुख समाचार, बीमा
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । विहिवार सम्पन्न उक्त सम्झौता पत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका र एनआइएमबि एस क्यापिटलको तर्फबाट महाप्रवन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पुष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले हाल सम्म २९ वटा कार्यालय मार्फत लक्षित वर्गलाई लघुबीमा सेवा प्रदान गर्दै आएको ...
पोखरेलले पाए सानिमा मिडिलको निमित्त सीइओको जिम्मेवारी

पोखरेलले पाए सानिमा मिडिलको निमित्त सीइओको जिम्मेवारी

प्रमुख समाचार, बीमा
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डा. मणिराज पोखरेलले पाएका छन् । कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको बैठकले यस अघिका सिइओ डा. जुगल भूर्तेलको कार्यकाल २०८१ साउन २ गतेसम्म रहेकोमा निजले व्यक्तिगत कार्य व्यस्तताको कारण सेवामा निरन्तरता दिन असमर्थ रहेको उल्लेख गरेपछि नयाँ सीईओ नियुक्त नभएसम्मका लागि पोखरेललाई उक्त जिम्वेवारी दिने निर्णय गरेको हो ।...
नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

प्रमुख समाचार, बीमा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकोे सभापतिन्वमा नेपालगंजको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा उक्त कार्यक्रम गरी सम्ममान गरेको हो । सम्मान कार्यक्रममा प्रवन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई आ–आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरु विशेष चनाखो भई आफ्नो र आफ्नो मातहातको अभिकर्ताहरुको लक्ष्य प्राप्तीमा विशेष जोड दिनुपर्ने बताए । समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृतले नेपालको बीमा बजारमा बीमितहरुलाई सबै भन्दा बढि बोनस प्रदान गर्दै आएको यस कम्पनीले प...
सूर्यज्योति लाइफले माग्यो धेरै शाखाको लागि ठुलो संख्यामा कर्मचारी

सूर्यज्योति लाइफले माग्यो धेरै शाखाको लागि ठुलो संख्यामा कर्मचारी

प्रमुख समाचार, बीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि ५ शाखामा कर्मचारी माग गरेको छ भने ट्रेनी असिस्टेन्टमा ७ शाखाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।
सानिमा रिलायन्स लाइफले माग्यो १४ शाखाका लागि ब्रान्च म्यानेजर

सानिमा रिलायन्स लाइफले माग्यो १४ शाखाका लागि ब्रान्च म्यानेजर

प्रमुख समाचार, बीमा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तीन प्रदेशको लागि धेरै संख्यामा शाखा प्रमुख माग गरेको छ । कम्पनीले कोशी प्रदेशका भोजपुर, विराटचोक, विराटनगर १विराटनगर २, इटहरी, खाँदबारी र ओखलढुंगा, बागमतीका लागि बत्तिसपुतली, महाराजगञ्ज,कंलकी, पाटन, कालिमाटी र फर्पिङ र गण्डकी प्रदेशको लेखनाथ शाखाका लागि गरी कूल १४ ब्रान्चको लागि कर्मचारी माग गरेको हो । ईन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातसहित कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोभा हस्पिटलबीच नगद रहित सेवा सम्झौता

प्रमुख समाचार, बीमा
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र धनगढीको कैलालीमा रहेको नोभा हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजीव जोशी र नोभा हस्पिटलका प्रशासन अधिकृत गीता खत्रीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म नोभा हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस प्राप्त गर्न सकिने छ । साथै, सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजीव जोशीले नोभा हस्पिटलले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अ...

पोखरामा ट्रष्ट माइक्रो इन्स्योरेन्सको नयाँ शाखा विस्तार

प्रमुख समाचार, बीमा
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले पोखरामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनकिो उक्त शाखा प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहाल साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले संयुक्त रूपमा उद्घाटन गरे । शाखा उद्घाटन समारोहमा प्रमुख अतिथि केशव प्रसाद दाहालले आउँदा दिनहरूको लागि शुभकामना दिए । ट्रष्ट माइक्रो इन्स्योरेन्सले गण्डकी प्रदेशको आर्थिक विकासमा योगदान पु(याउँदै यस क्षेत्रका सीमान्तकृत समुदायलाई सेवा प्रदान गरेर उनीहरूको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ भन्दै यस शाखाको सफलताको कामना पनि गरे । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगानाले शाखा उद्घाटन गर्दै भने, “पोखरामा शाखा स्थापना गर्न पाउँदा हामी निकै खुशी छौं । यसले यहाँका नागरिकलाई गुणस्तरीय बीमा सेवा उपलब्ध गराउनेछ । यो शाखा मार्फत, हामीले पोखराका व्यवसायी, किसान, तथा...

प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने

प्रमुख समाचार, बीमा
  काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले पूँजी बृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । असार १७ गते कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले विक्री प्रबन्धक नियुक्ती सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यस कम्पनीले २ अर्ब ५० करोड रूपैयाँ कायम गर्नुपर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड १४ लाख ८७ हजार रूपैयाँ कायम भएको छ । यस वर्ष कम्पनीले गत असार मसान्तसम्म कायम चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रूपैयाँको आधारमा ६ करोड ५३ लाख ६५ हजार रूपैयाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव गत वैशाख २० गते पारित ...