Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
बैंक तथा वित्त – Udhyognews.com
Tuesday, March 18Nepal News Portal
Shadow

बैंक तथा वित्त

कुमारी बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

कुमारी बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

बैंक तथा वित्त, समाचार
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको २५ हजार ४ सय ६८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, नागपोखरी अथवा बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । साथै विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै आवेदन नआएको खण्डमा संस्थापक भन्दा बाहिर सर्वसाधारणहरुलाई बिक्री प्रक्रिया अगाडि बढाइने समेत यस सुचनामा उल्लेख छ ।...
एनआईसी एशिया बैंकले बोलायो साधारण सभा

एनआईसी एशिया बैंकले बोलायो साधारण सभा

बैंक तथा वित्त, समाचार
काठमाडौं । एनआइसी एसिया बैंकले २७ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा वार्षिक साधारण सभा बोलाएको हो । बैंकका अनुसार सभामा ५ अर्ब रुपैयाँको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव लैजाने भएको छ । सभामा एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै फेरबदल, संशोधन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव लैजाने भएको छ । त्यस्तै सभामा बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव लैजाने भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समित...
३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

बैंक तथा वित्त, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै ३५ अर्ब खिच्ने भएको छ । केन्द्रीय बैंकले बुधबार २० दिने अवधिका लागि खिच्न लागेको जनाएको हो । यसका लागि बैंकले अपरान्ह ३ बजे बोलकबोल गर्नेछ । २० दिन अवधिको निक्षेप संकलन उपकरणको फागुन १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले बताएको हो । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउने छन् । उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।...
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच सम्झौता

ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच सम्झौता

बैंक तथा वित्त, समाचार
काठमाडौं । ग्लोबल आइएमई बैंकले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्सका स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा वृद्धि हुनुको साथै स्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत पुर्याउने र साथै समग्र बैंकको दिगो विकासमा योगदान पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरेक...
कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न

कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न

आर्थिक गतिविधि, बैंक तथा वित्त, समाचार
काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अतिथि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पानसमा दीपप्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन पश्चात प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरे । हाल बैकिङ्ग बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीको रुपमा रहेको छ । पछिल्लो समय समग्र अर्थ तन्त्रका सुचकहरुमा सकरात्मक हुने संकेत देखिएकोले बैंकहरुले पनि कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरु बढाउन आग्रह गरेका छन् । उक्त अवसरमा प्रमुख अतिथिबाट बैंकको नयाँ वेबसाइटको शुभारम्भ समेत भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशिष्ठ अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिका...
सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

सानिमा बैंकको संस्थापक शेयर विक्रीमा

आर्थिक गतिविधि, बैंक तथा वित्त, समाचार
काठमाडौं । सानिमा बैंक लिमिटेडले ४९ हजार ५० कित्ता संस्थापक शेयर माघ ३ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि गत असार १३ गते सर्वसाधारणमा विक्री खुला गर्दा समेत विक्री नभएको यी शेयर पुनः विक्री आव्हान गरेको हो । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरुले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीको केन्द्रिय कार्यालय नारायणचौर, काठमाडौंमा आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ । आवेदन गर्दा सम्पूर्ण कित्ता माग गर्दै गर्नुपर्ने व्यवस्था रहेको छ ।...
सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

आर्थिक गतिविधि, बैंक तथा वित्त, समाचार
काठकाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यममार्फत डिजिटल भुक्तानीको प्रयोग प्रोत्साहित गर्न बिगमार्टमा विशेष क्यास ब्याक अफर ल्याएको छ । यस अफर अन्तर्गत सानिमा डेबिट र क्रेडिट कार्डको माध्यमबाट बिगमार्टमा सामान खरिद गर्दा ग्राहकहरुलाई १० प्रतिशतसम्म क्यास ब्याक वा अधिकतम रु २०० सम्मको क्यास ब्याक प्राप्त हुने व्यवस्था गरिएको छ । यो अफर पुस १९ देखि २०८२ सालको पुस १६ सम्म लागु हुनेछ । बिगमार्टको काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी कुल १०७ आउटलेट सञ्चालनमा छन्। सानिमा बैंकले यस अफरमार्फत डिजिटल भुक्तानीको अधिकतम प्रयोग प्रोत्साहित गर्दै ग्राहकहरुलाई विभिन्न छुट र अफर प्रदान गर्ने कार्यलाई निरन्तर जारी राखेको छ । सानिमा बैंकको देशभर १३४ कार्यालय र १२५ ए.टी.एम. सेवा उपलब्ध छन् ।...
बैंकहरूबाट एक खर्ब तान्दै राष्ट्र बैंक

बैंकहरूबाट एक खर्ब तान्दै राष्ट्र बैंक

आर्थिक गतिविधि, बैंक तथा वित्त, समाचार
काठमाडौं । कर्जा लगानी बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता कायमै रहेको छ । बैंकहरूमा करिब सात खर्ब हाराहारी कर्जा लगानी योग्य रकम र तरलता रहेको छ । यही कारण राष्ट्र बैंकले बैंकहरूबाट सातामै अर्बौ रकम तान्ने र छोड्ने गरिरहेको छ । बुधबार मात्रै राष्ट्र बैंकले बैंकहरूबाट एक खर्ब रूपैयाँ रकम तान्न लागेको हो । राष्ट्र बैंकले २१ दिनको लागि यसरी बैंकहरूमा बढी भएको रकम तान्न लागेको हो । बैंकहरूले पुस २४ गते यो रकम फिर्ता पाउँनेछन् । आज पुस ३ गते नै यसअघि बैंकहरूले राखेको एक खर्ब रूपैयाँ परिपक्व हुँदैछ । बैंकहरूले गत मंसिर १२ गते राखेको एक खर्ब रूपैयाँ परिपक्व भएपछि यति नै रकम प्रणालीबाट तान्न लागेको हो । राष्ट्र बैंकले पटक–पटक गरेर बैंकहरूबाट एक सय १५ खर्बभन्दा धेरै रकम खिचिसकेको छ । यो रकम निश्चित समयको लागि तान्दै फेरि फिर्ता गर्दै गरेको कुल रकम हो । पुस दुई ग...
सिटिजन्स बैंक र भोकमन्त्रबीच समझदारी

सिटिजन्स बैंक र भोकमन्त्रबीच समझदारी

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गोङ्गबु, काठमाडौं स्थित भोकमन्त्र प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले भोकमन्त्र प्रा.लि.मा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ ...
कुमारी बैंकको एटीएममा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

कुमारी बैंकको एटीएममा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

बैंक तथा वित्त, समाचार
काठमाडौं । कुमारी बैंकले आफ्नो एटीएम तथा पीओएस (प्वइन्ट अफ सेल) टर्मिनलहरुमा यूपीआई (युनियनपे इन्टरनेशनल)का कार्डहरु स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गकोअनुभवउपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा नेपालभर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरुमा उपलब्ध हुनेछ । यो सुविधाबाट अब यूपीआई कार्ड प्रयोगकर्ताले कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको हो । बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै डिजिटल नेपालको अभियानमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ ...