Friday, July 11Nepal News Portal
Shadow

राजनीति

अब कांग्रेस नेतृत्वमा सरकार बन्छः अध्यक्ष प्रचण्ड

अब कांग्रेस नेतृत्वमा सरकार बन्छः अध्यक्ष प्रचण्ड

प्रमुख समाचार, राजनीति
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन् । चितवनको भरतपुरमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले विकसित घटनाक्रमले अब नयाँ सरकार बन्ने बताएका हुन् । उनले भने, ‘नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढेको छ । अहिलेको नयाँ अनुभवका आधारमा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ ।’ उनले सरकारतर्फ माओवादीको ध्यान नरहे पनि अहिलेको सरकार धेरै अगाडि जान सहज नभएको दाबी गरे । उनले वर्तमान सरकारप्रति चौतर्फी रुपमा असन्तुष्टि र आवेग देखिएको बताए। प्रचण्डले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए। उनले राम्रा काम गर्न, राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्न, आत्मालोचना गर्न तथा जनता र राष्ट्रको आवश्यकताअनुसार अगाडि बढ्ने नयाँ संकल्प गर्नको लागि पुरान...
सरकार उल्टो बाटोमा हिँड्न खोज्दै छः अध्यक्ष केसी

सरकार उल्टो बाटोमा हिँड्न खोज्दै छः अध्यक्ष केसी

राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकार उल्टो बाटोमा हिँड्न खोजेको बताएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा केसीले समयमा नै संसद् नबोलाई अध्यादेश ल्याएर सरकार उल्टो बाटोमा हिँड्न खोजेको बताएका हुन् । उनले सदन खोलेपछि पनि सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउन नसकेको बताए । अर्थतन्त्र उकास्न अध्यादेश ल्याएको भनिए पनि राजनीतिक दलको चरित्रले मुलुकको अर्थतन्त्र सुध्रिन सक्ने अवस्थामा नरहेको उनको भनाइ रहेको छ । उनले सत्ता र शक्तिमा बस्नेहरू भ्रष्टाचारको मतियार भएको आरोप लगाएका छन् । अध्यक्ष केसीले देश र जनताका लागि नभई मुठिभर व्यक्तिको रक्षाका लागि अध्यादेश ल्याएको जिकिर गरे ।...
वर्तमान सरकारले निरंकुश शासन व्यवस्थाको झल्को दियोः राजेन्द्र पाण्डे

वर्तमान सरकारले निरंकुश शासन व्यवस्थाको झल्को दियोः राजेन्द्र पाण्डे

प्रमुख समाचार, राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरंकुश शासनको झल्को दिएको टिप्पणी गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारले बितेको ६ महिनामा केही गर्न नसकेको कारण विकासको ढोका खोल्यौँ भन्नको लागि अध्यादेश ल्याइएको उनको आरोप छ । उनले दुईतिहाइको घमण्ड नगर्न सत्तारूढ दलका नेताहरूलाई आग्रह गरे । उनले दुईतिहाइको सरकार छ भन्दैमा सरकारले मनलाग्दी गर्न नपाउने बताएका छन् । प्रधानमन्त्रीले बितेका ६ महिनामा आर्थिक सुधार भएको दाबी गरे पनि सूचकहरूले सकारात्मक नरहेको धारणा राखे । सरकारले अहिलेसम्म बे्रक थ्रुबाहेक केही गर्न नसकेको आरोप लगाए ।...
प्रतिपक्ष दलहरूको मागपछि बाध्य भएर सरकारले संसद् बोलायोः सांसद भुसाल

प्रतिपक्ष दलहरूको मागपछि बाध्य भएर सरकारले संसद् बोलायोः सांसद भुसाल

प्रमुख समाचार, राजनीति
काठमाडौं । राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले प्रतिपक्ष दलहरूको मागका कारण सरकारले संसद् अधिवेशन आह्वान गरेको बताएका छन् । शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकार अधिवेशन बोलाउनबाट पछि हटिरहेको समयमा प्रतिपक्षले संसद् अधिवेशन नबोलाए विशेष अधिवशेनको माग गर्ने चेतावनीपछि संसद् अधिवशेन बोलाइएको बताए । उनले आगामी अधिवेशन सयममा संसद् बोलाउन आफूहरूको माग रहेको उल्लेख गरेका छन् । संसद् प्रतिपक्षको हो भन्नेकुराको पुष्टि पुनः भएको पनि बताए । उनले भने, दुःखका साथ भन्नुपर्छ । सरकार यो अधिवेशन बोलाउन चाहँदैन थियो । तथ्य प्रमाणले बोल्छ, यो अधिवेशन प्रतिपक्षहरूको पटक पटकको अधिवेशन समयमा बोलाइयोस् र यदि बोलाइँदैन भने हामी विशेष अधिवेशनको माग गर्न बाध्य हुनेछौँ भनिसकेपछि नै यो अधिवेशन बोलाइएको हो । यसमा सत्ता पक्षका मान्यज्यूहरूले दुःख...
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छः अध्यक्ष प्रचण्ड

१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छः अध्यक्ष प्रचण्ड

राजनीति, समाचार
  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् । आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताएका हुन् । सरकार बनेको तीन महिनासम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाउँदै उनले भने, ‘आज विपक्षी दलहरुको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिइँदै छ र सय दिन भएपछि विरोध सुरु हुन्छ ।’ वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनमा जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको भनाइ रहेको छ । उनले पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई धकेल्ने काम गरिएको बताउँदै यो अस्वाभाविक भएको बताएका छन् । ‘अप्राकृतिक ढंगले प्रतिनिधि सभामा भएका पहिलो र दोस्रो पार्टी मिलेर तेस्रो पार्टीलाई बाहिर निकाल्ने काम गर्नुभएको छ । यो सामान...
आज मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद्को बैठक बस्दै

राजनीति, समाचार
  काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक साँझ सवा ५ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारमा बस्ने भएको हो ।
नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण छः  मन्त्री पाण्डे

नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण छः मन्त्री पाण्डे

प्रमुख समाचार, राजनीति
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । सोमबार पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति आधा शताब्दी लोकार्पण गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । खस्किएको छ ।अत्यन्तै कमजोर भएको छ । त्यसलाई सुरक्षित बनाउन सकेका छैनौँ । नागरिक उड्डयन क्षेत्र सुरक्षित बनाउन चुनौती छ । यस क्षेत्रलाई सुधार गर्न सकेमा पर्यटन क्षेत्रको विकासका टेवा पुग्ने छ,’ मन्त्री पाण्डेले भने । उनले आधा शताब्दी पुस्तकका लेखक सापकोटाले पर्यटन क्षेत्र भएको विकृति, विसंगतिको बारेमा समेत उल्लेख गरेको बताउँदै यस क्षेत्रको सुधारका लागि सम्बद्ध सबैले निष्ठापूर्वक लाग्नु पर्ने बताए । मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि आफू निष्ठापूर्वक तरिकाले अघि बढ्ने बताए ।...
प्रधानमन्त्री भन्छन् याे  उमेरमा झण्डा हल्लाउन मात्रै सरकारमा आएको होइन

प्रधानमन्त्री भन्छन् याे उमेरमा झण्डा हल्लाउन मात्रै सरकारमा आएको होइन

राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डा हल्लाउन मात्रै हामी सरकारमा नआएको जनाएका छन् । उनले प्रविधि, सीप र पुँजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता बढाउने जनाए । बुधबार ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हुँ ।’ प्रधानमन्त्री ओलीले साना साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने जनाए । उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन जोड दिए । यो उद्यमल...
आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छः रवि लामिछाने

आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छः रवि लामिछाने

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने जनाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले संक्रमणकालीन न्याय निरुपणको गाँठो फुकाउनेगरी कानुन बने पनि कानुन आफैँले न्याय नदिने उल्लेख गरे । उनले न्याय दिनका लागि संरचना चाहिने भन्दै त्यसमा रहने व्यक्तिको नियत सफा रहनुपर्नेमा जोड दिएका छन् । उनले राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्याय सुनिश्चित गर्न नसकिने जनाए । आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्नेमा जोड दिए । आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गराउन सके राम्रो हुने धारणा राखे । आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छ स् रवि लामिछाने...
सोबिता गौतम भन्छिन् हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउनुपर्छ

सोबिता गौतम भन्छिन् हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउनुपर्छ

प्रमुख समाचार, ब्यानर, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको जनाएकी छन् । मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने विधेयक छिटो अगाडि बढाउनुपर्ने जनाइन् । साउन २३ गते नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । साउन ९ गते त्रिभुवन विमानस्थलभित्रै जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । आफूले नेपालको हवाई क्षेत्रको यात्रा सुरक्षित गर्नुपर्ने भनेर संसदमा ६ पटक बोलिसकेको उल्लेख गर्दै उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने कानुन बनाउनुपर्ने बताइन् । यो विषय सम्बन्धित मन्त्रीलाई भनेको तर, विधेयक संसदमा नआएको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।   ‘मन्त्रीहरु पटक पटक फेरिनुभयो तर, विधेयक संसदम...