Wednesday, September 18Nepal News Portal
Shadow

विचार

कुलमान घिसिङ भन्छन् नेपालमा विधुतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ

कुलमान घिसिङ भन्छन् नेपालमा विधुतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ

प्रमुख समाचार, विचार
  काठमाडौँ । नेपाल विधुतीय प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विधुतीय सवारी साधनले एकदमै राम्रो पिकअप लिएको जनाएका छन् । बिहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उनले विधुतीय सवारी साधनले नेपालमा राम्रो प्रमोसन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने जनाएका छन् । उनले भने, ‘भन्सारलगायतका विषयहरू छन् त्यसमा सहजीकरण हुन्छ भन्ने मलाई लाग्छ । धेरै विषयमा हामी आन्तरिक रूपमा छलफल नै गरिरहेका छौँ । राजस्वको विषयले गर्दा विधुतीय सवारी साधनमा जुन हिसाबले प्रमोसन भइरहेको छ यसमा विशेष ध्यान दिनुपर्छ । नेपालमा विधुतीय सवारी साधनको प्रमोसनका कारण राम्रो पिकअप लिएको छ । नेपालमा ग्रिन इनर्जीलाई यसले सपोर्ट गरेको छ ।’ यस्तै, उनले नेपालमा ऊर्जा क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण भूमिका निजी क्षेत्रको रहेको बताएका छन् । उनले भने, ‘हामीले २८ हजार मेघावाट विधुतको लक्ष्य राखेका...
सहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती

सहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती

उद्योग, कृषि तथा वन, विचार
    काठमाडौं । पोखरा महानगरपालिका८ का क्रान्ति अधिकारीको कौसीमा उत्पादन भएको तरकारीले चार जनाको परिवारलाई वर्षभरि खान पुग्छ। उनी सफल कौसी खेती किसानको रूपमा परिचित छिन्। व्यापारको सिलसिलामा चितवनबाट पोखरा आएका अधिकारी परिवारले पोखराको सिमलचौरमा पाँच आना जग्गा किनिन्  घर बनाइन्। तरकारी लगाउने ठाउँ नभएपछि उनले पाँच वर्षदेखि कौसीमा तरकारी लगाउन सुरू गरेकी हुन्। यतिबेला मेरो घरको कौसीमा गोलभेँडा, बन्दा, घिरौँला, काँक्रो, लौका जस्ता तरकारी फलेका छन् उनले भनिन् तरकारीले परिवारलाई खान पुग्छ। ८० प्रतिशत तरकारी कौसी कै उत्पादनले पुगेको छ। पोखराका ३३ वडामध्ये सहरी क्षेत्रका १७ वटा वडामा पोखरा महानगरपालिकाले दुई वर्षयता कौसी तथा करेसाबारी तरकारी खेतीलाई अनुदान दिँदै आएको छ। पोखरा महानगरपालिका र नेपाल विकास समाज कास्कीले यही वैशाख १५ गतेदेखि तीन दिने घरेलु फोहर व्यवस्थापन...
उद्योगमन्त्री भण्डारी भन्छन्ः उद्योगमैत्री १० कानुन ल्याउने प्रक्रिया अघि बढिसक्यो

उद्योगमन्त्री भण्डारी भन्छन्ः उद्योगमैत्री १० कानुन ल्याउने प्रक्रिया अघि बढिसक्यो

उद्योग, प्रमुख समाचार, ब्यानर, विचार
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बारे जानकारी दिएका छन्। नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघको १८औँ वार्षिक साधारणसभाको सम्म्उद्घाटन गर्दै मन्त्री भण्डारीले लगानी सम्मेलनअघि १० वटा कानुन ल्याउने तयारी रहेको बताएका हुन्। सरकारले देशमा लगानी भित्र्याउने उद्देश्यले आगामी वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ। मुलुकको प्राकृतिक स्रोत साधनमा आधारित उद्योगको विकास, विस्तार एवं प्रवर्द्धनका पक्षमा रहेको उनले बताए । “सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याई रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आएपछि जडीबुटीज उद्योगकोसमेत विकास एवम् बिस्तार भई राष्ट्रिय अर्थतन्त्र थप चलायमान हुनेछ,” भण्डारीले भने। ...
सहकारीमा बढ्दो संकट : नियमन र संस्थागत सुशासनको आवश्यक

सहकारीमा बढ्दो संकट : नियमन र संस्थागत सुशासनको आवश्यक

विचार
सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सहकारी क्षेत्रमा मात्र ४ खर्ब ७८ अर्ब ३ करोड रुपैयाँको बचत संकलन रहेको छ भने उक्त क्षेत्रबाट प्रवाह भएको कर्जाको राशि ४ खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यस्तो राशि समग्र बैंक तथा वित्तीय संस्थामा निक्षेपका रूपमा ५३ खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ र कर्जाको रूपमा ४७ खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ प्रवाह भएको छ । यसबाट बैंक तथा वित्तीय संस्था र सहकारीमार्फत परिचालन भएको बचतको आधारमा सहकारीको मात्र अंश ८ दशमलव १८ प्रतिशत रहेको देखिन्छ भने यस्तो अंश कर्जाको हकमा ९ दशमलव ३१ प्रतिशत देखिन आउँछ । फेरि बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपमध्ये १० प्रतिशत माथिको निक्षेपमा सहकारी क्षेत्रकै योगदान रहेको पनि तथ्यांकले देखाएको छ । गत फागुनसम्मको तथ्यांकको आधारमा प्रत्यक्ष रूपमा ७३ लाख ८१ हजारभन्दा बढी सहकारीमा सदस्यको रूपमा रहेका छन् र ...
सहकारीमा चुनौती

सहकारीमा चुनौती

ब्यानर, विचार, समाचार
अनिल दाहाल अनिल दाहाल काठमाडौं । अन्य धेरै व्यवसायहरू जस्तै, सहकारीहरूको आफ्नै सीमितता, बाधा र चुनौतीहरू छन्, जुन जैविक भौतिक, सामाजिक(आर्थिक, संस्थागत, सञ्चार, सुशासन, र व्यवस्थापन मुद्दाहरूसँग सम्बन्धित हुन सक्छ। सिँचाइ, उत्पादनयोग्य जमिन र सडक वा विद्युत आपूर्तिको अभाव कृषि उत्पादन सहकारीका लागि सीमितता हुनसक्छ भने ग्रामीण जनसङ्ख्याको पलायन वा पारिवारिक खेतीहरू लोप हुने बाधक हुन सक्छ। कति सहकारी झोलामा छन त कति सहकारी समाजिक र सदस्यको मन जितेर काम गरि रहेका छन । पहिले पहिले साउ माजनको भर गरेर बस्ने आज भोलि सहकारीमा जान्छन तर सबै सहकारीले सदस्यको मन जितेका छन् भन्ने छैन । नेपाल सरकारको सहकारी कानुनको पनि पूर्ण रूपमा पालना भएको पाईदैन । बेला बेलामा विभाग तथा अन्य नियमक निकाय बाट आउने विभिन्न नीति तथा कार्यविधिहरूले पनि विभिन्न कुरा उठएको छ ।तर त्यतिले पूण हुनभनेको सकेको छैन । हाल ...
के महिनावारी हुनु पाप हो ?

के महिनावारी हुनु पाप हो ?

ब्यानर, विचार
यो संसारमा जति महिलाहरु छन् उनीहरु सबैलाई महिनावारी त हुन्छ । तर यो संसारका मानिसहरुले किन महिनावारीलाई श्राप जस्तो ठान्छन् । के महिनावारी भएकै कारणले एक नारी घृणाको सिकार हुनुपर्ने हो ? महिनावारी हुनु प्राकुतिक होइन रु पहिले त पहिले भैहाल्यो तर अहिलेका कतिपय महिलाहरुले पनि महिलालाई नै थिचोमिचो गरिरहेका हुन्छन् । उनीहरुमागि हक जमाइरहेका हुन्छन् । यस्तो बेलामा म जस्ता धेरै दिदि, माइजु, भाउजु, बहिनी जति पनि छन् उनीहरुको मनमा हरेक प्रश्न खेलिरहन्छन् । अनि अरुको मनमा आउँछन् कि आउँदैन त्यो त मलाई थाहाँ भएन तर मेरो मनमा सँधै आउन प्रश्न । मैले कसैसँग भन्न नसकेको कुरा आज लेख्न गैरहेको छु । के महिनावारी हुनु पाप हो ? महिनावारी हँुदा साच्चै पानी नचल्ने हो पानि छुनै नहुने हो ? हो भने किन यस्तो गर्नु हुँदैन ? समाजमा यस्तो चलन छकी महिलाहरु जब पहिलो महिनावारी हुन्छन् उनीहरुलाई अरुको घरमा पठाउन...
खुशीले भरिएको दशैं

खुशीले भरिएको दशैं

ब्यानर, विचार
  सुनिता बुढाथोकी । दशैं एउटा हिन्दुहरुको महान चाड पर्व हो । दशैलाई हामी असत्यमाथि सत्यको विजय भएको सन्दर्भका रुपमा मान्छौँ । दशैंको टिका आउनु ९ दिन अघि घरमा जमरा राखिन्छ । दशै मा नव दुर्गा भवानीको पूजा गरिन्छ । दशै आउनु अघि नै सबको घर घरमा रङ लगाउन सुरु हुन्छ । गाउतिर माटोले र गोबरले घर लिप्छन् । यसलाई हामीले विजय दशमी वा बढा दशै पनि भन्ने गर्दछौँ । समाजमा बडा दशै को विशेष महत्व रहेको छ । दशैमा ठूला लाई भन्दा साना केटाकेटीहरुलाई बढि चाँसो हुन्छ । उनीहरु कहिले दशैं आउला भनेर कुरेर बसेका हुन्छन् । कतिपय दाजु दिदिहरु विदेशी भूमीमा भएर पनि आफ्नो चाडलाई सम्झि रहेका हुन्छन् । भाई तथा दिदि बहिनीहरु बिदेशमा हुन्छन् तर पनि आफ्नो महान पर्वलाई विदेश मै भए पनि सम्झिरहेका हुन्छन् । हिन्दुहरुले दशैं खुसीका साथ मनाउँछन् । हिन्दुहरु मात्र नभएर अन्य विभिन्न जाति र धर्महरुले पनि टिका नलगाए पनि रमाइलो...
बालदिवसमा लगाइएको नारा कहिले हुन्छ लागु ?

बालदिवसमा लगाइएको नारा कहिले हुन्छ लागु ?

ब्यानर, विचार
सुनिता बुढाथोकी । आज भदौं २९ गते अर्थात बाल दिवस । सँधै आजकै दिनमा मनाईने दिवस विभिन्न विद्यालय वा अनाथ आश्रममा विभिन्न कायक्रम गरेर मनाइन्छ । विद्यालयमा बालदिवसको दिन वक्तृत्वकला, नाचगान तथा अन्य विभिन्न कार्यक्रम गरी मनाइने चलन छ । यसका साथै नया नया नारा समेत लगाइन्छ । नेपालमा राष्ट्रिय रुपमा बाल दिवस मनाउन थालेको आधा शताष्दी नाघिसकेको छ । मले सुने अनुसार शिक्षकले मलाई भनेनुसार २०२२ साल देखी चार दशकसम्म बडामहारानीको जन्मदिनको अवसर पारेर ४ भदौंमा राष्ट्रिय बालदिबस मनाउने गरिएको थियो रे । तर बाल दिवस भनेको के हो, यो किन मनाइन्छ भनेर कतिलाई थाहाँ पनि नहुँन पनि सक्छ । सामान्य भाषामा भन्दा बालदिवस भनेको वालबालिको हक अधिकार अरुले हनन नगरुन्, स्वतन्त्र रुपले बाँच्न पाउँन् भनेर चनचेतनाका लागि मनाइदै आएको एक दिवस हो । तर के बालबालिकाहरुले आफ्नो हक अनुसार बोल्न पाएका छन्? उनीहरुले पढ्न पाएका...
आमाको माया

आमाको माया

ब्यानर, विचार
सुनिता बुढाथोकी । यो संसारमा सबैभन्दा प्यारो शब्द आमा हो । यो संसार पनि आमाको हातमा अडिएको छ । आमा हुनुहुन्छ भने घर नै उज्यालो लाग्छ । आमा हुनुहुन्न त संसार अध्यारो । जति खुशी नै किन नहोस् । आमा विना सबै शून्य लाग्छ । आमा यस्तो मान्छे हो जसले आफ्नो सन्तानको लागि आफ्नो ज्यान पनि दिन सक्छन र आफ्नो सन्तानमा केही आपत आए हटाउन पनि सक्छन् । भोकभोकै बसी आफ्ना सन्तानलाई छाती चुसाउछन् । आमाले खाएको गाँस गाँस मा सन्तानको जीन्दगी हुन्छ । नौ नौ महीना सम्म आफ्नो कोखमा राखेर यो धर्ती टेकाउछिन् । आफ्ना सन्तान वा अरुको सन्तान भन्दिनन् आमाले । सबै बच्चामा आफ्ना सन्तान देख्छिन् । हामीलाई ताते ताते भनी मीठो तोते बोली सिकाउनेनी आमा नै हो । भोक, तिर्खा र निद्रा नभनिकन आफ्ना सन्तानलाई खुवाउछिन् । आमाले आफ्ना बच्चाहरुलाई कहिले पनि नराम्रो बाटो हिड्न सिकाउदिनन् । यो संसारमा जहाँ हेर्यो त्यहीँ जो कोही पनि पै...
अब  हामीले पनि अवसरको सहि सदुपयोग गर्न सिक्ने पो होकी !

अब हामीले पनि अवसरको सहि सदुपयोग गर्न सिक्ने पो होकी !

ब्यानर, विचार
सुनिता बुढाथोकी ।  यो सारा संसारलाई थाहा भएकै कुरा हो । अवसर एक पटक आउछ फेरी फेरी आउदैन । त्यसैले समय हुँदा नि हामीले अवसर को महत्व बुझोर सहि सदुपयोग गर्नुपर्छ । हाम्रो जीवनमा दुःख त छ नै तर पनि हामीले अवसरको महत्व बुझ्नुपर्छ । हामीलाई आएको अवसरमा हामी कहिले पछि पर्नु हुँदैन । हामी सँधै पछि पर्छौ त केवल हामीले अवसर को महत्व नबुझेर हो । हामीले अवसर पाएको वेलामा अवसरको सदुपयोग गर्नुपर्छ । केही मान्छे यस्ता पनि हुन्छन् कि उनीहरु अवसर त पाउँछन् तर अवसरको राम्रो सदुपयोग गर्न जान्दैनन् । त्यसैले उनीहरुले जीवन भरी दुःख त गर्नु परिनैहाल्छ तर दुःख गरेतापनि मनमा शान्ति, खुशी हुँदैन ।  हामी आफ्नै टोल, छिमेक, समाज र समुदायमा एक पटक हेरौँ कोहि मान्छेसंग पैसा त हुन्छ तर उसंग दिमाग हुँदैन । कोहि मान्छे भटिमा आउँछन् । अनि उनीहरु मद्यपान , धुमपान गरेर उ पैसा सिद्याउँछन् । त्यही पैसाले केही काम गर्ने वा बैं...