Wednesday, January 15Nepal News Portal
Shadow

विश्व

चालु आर्थिक वर्षमा ५‍‍.१ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण

चालु आर्थिक वर्षमा ५‍‍.१ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण

प्रमुख समाचार, विश्व
काठमाडौं । चालु आर्थिक वर्षमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले आज नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी)  वृद्धिदर सन् २०२५ मा ५.१ र सन् २०२६ मा ५.५ प्रतिशत रहने प्रक्षेपण गरेको हो । गत आवको तुलनामा यस आवमा आर्थिक वृद्धि बढ्ने अनुमान विश्व बैंकको छ । यद्यपि हाल मुलुकले भोगेको बाढीपहिरो र डुबानको कारण सिर्जित समस्याले अर्थतन्त्रमा पार्नसक्ने असरको भने लेखाजोखा गरिएको छैन । केन्द्रीय बैंकले लचिलो मौद्रिक नीति ल्याएका कारण थोक तथा खुद्रा व्यापार, निर्माण क्षेत्र र उत्पादन क्षेत्र लाभान्वित हुने तथा निजी क्षेत्रको लगा...
प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै

प्रमुख समाचार, विश्व
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीबीच भेट हुँदैछ। नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार साँझका लागि भेटवार्ता तय भएको हो। उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने प्रधानमन्त्री ओलीको निजी सचिवालयले बताएको छ । ‘उहाँहरूबीच द्विपक्षीय भेट तय भएको छ,’ प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने। मोदी उक्त होटेलमा बसिरहेका छन्। भेटका लागि नेपाली पक्षबाट धेरै अघिदेखि गृहकार्य भएको थियो। भारतीय पक्षबाट शुक्रबार सकारात्मक सन्देश पाएपछि भेटको वातावरण बनेको हो। ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट हुन लागेको हो। यसअघि थाइल्...
कति पुग्यो डलरको मूल्य

कति पुग्यो डलरको मूल्य

प्रमुख समाचार, विश्व
  काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.१३ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६.७९ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.५६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०५ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ । ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रमुख समाचार, विश्व, समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६८ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रमुख समाचार, विश्व
काठमाडौं । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०७ पैसा र बिक्री दर १६९ रुपैयाँ ८३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।...
बिमस्टेक बडापत्र आजदेखि कार्यान्वयनमा

बिमस्टेक बडापत्र आजदेखि कार्यान्वयनमा

विश्व, समाचार
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र आजदेखि कार्यान्वयनमा गएको छ । सातवटा सदस्य राष्ट्रमध्ये नेपालले आन्तरिक प्रक्रिया अन्तर्गत २० चैत्र (२ अप्रिल) मा प्रतिनिधिसभाबाट अनुमोदन गरेसँगै स्थापना भएको तीन दशकपछि बिमस्टेक बडापत्र कार्यान्वयनमा गएको हो । बिमस्टेक महासचिव इन्द्रमणि पाण्डेले बडापत्र कार्यान्वयनका लागि आवश्यक सबै सर्तहरू पूरा भएकाले आजदेखि यसको कार्यान्वयन भएको बताएका छन्। सरकारले सोही व्यवस्थाअनुसार संसद्‍मा पेस गरेको बिमस्टेक बडापत्र यो वर्षको बैशाखमा मात्रै अनुमोदन भएको थियो । नेपालबाहेकका सदस्य राष्ट्रहरूले भने उक्त बडापत्र त्यसअघि नै आन्तरिक प्रक्रियाबाट अनुमोदन गरिसकेका थिए । बंगालका खाडी राष्ट्रहरुको संगठनको रुपमा परिचित विमस्टेक ६ जुन १९९७ मा स्थापना हुँदा बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्ड मात्...
अमेरिकी प्राध्यापक साढे दुई महिनादेखि पानीमुनि

अमेरिकी प्राध्यापक साढे दुई महिनादेखि पानीमुनि

विश्व, समाचार
काठमाडौं । ‘डिप्रेसराइजेशन’ बिनै अर्थात् चाप नघटाईकनै सबैभन्दा लामो समय पानीमुनि बिताएर एक अमेरिकी अनुसन्धानकर्ताले नयाँ विश्वकीर्तिमान कायम गरेका छन् । जोसेफ डिटुरीले फ्लोरिडास्थित की लार्गोसमा एउटा ३० फीट गहिरो लगूनको पीँधमा ७४ दिनसम्म बसेर पुरानो कीर्तिमान भङ्ग गरेका हुन्। उनी अझै त्यहीँ बसिरहेका छन् र तत्काल बाहिर निस्किने उनको योजना छैन। उनले आइतबार आफू जूल्स अन्डरसी लजमा कम्तीमा १०० दिन बस्ने बताए। ‘नयाँ खोजको उत्सुकताले मलाई यहाँ ल्याएको हो,’ उनले भने। ‘पहिलो दिनदेखि नै मेरो उद्देश्य भावी पुस्तालाई प्रेरणा दिने, पानीमुनिको जीवन अध्ययन गर्ने वैज्ञानिकहरूको अन्तर्वार्ता गर्ने र चरम वातावरणमा मानव शरीरले कसरी काम गर्छ भन्ने अध्ययन गर्नु रहेको छ।’ यसअघि सामान्य चापकै अवस्थामा पानीमुनि धेरै समय बस्ने विश्वकीर्तिमान ७३ दिनको थियो। सन् २०१४ मा की लार्गो लजमा दुई प्राध्यापकहरूले उ...
यस्तो छ विदेशी मुद्राको विनिमय दर

यस्तो छ विदेशी मुद्राको विनिमय दर

आर्थिक गतिविधि, प्रमुख समाचार, विश्व
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १ सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ४५ पैसा र बिक्री दर १३२ रूपैयाँ ०५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ०४ पैसा र बिक्री दर १४३ रूपैयाँ ४७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ३८ पैसा र बिक्री दर १६३ रूपैयाँ १२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जानकारी दिएको हो।...
लगातार बढेको डलरको मूल्य अहिलेसम्मकै महंगो बिन्दु नजिक

लगातार बढेको डलरको मूल्य अहिलेसम्मकै महंगो बिन्दु नजिक

आर्थिक गतिविधि, प्रमुख समाचार, विश्व
काठमाडौं । पछिल्लो एकसाता लगातार बढेको डलरको मूल्य अहिलेसम्मकै महंगो बिन्दु नजिक पुगेको छ। आज थप २२ रुपैयाँले महंगिएपछि १ डलरको खरिददर १३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा तोकिएको छ। राष्ट्र बैंकबाट जारी विनिमयदर अनुसार बिहीबार १ डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा तोकिएको थियोे। नेपाली रुपैयाँको तुलनामा डलरको अधिकतम बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसासम्म पुगेको छ। आज एक युरोको खरिददर १४० रुपैयाँ २० पैसा र बिक्रीदर १४० रुपैयाँ ८४ पैसा तोकिएको छ। त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८८ रुपैयाँ १९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५० पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँमा ३४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी...
बढ्यो डलरको मूल्य, अन्य विदेशी मुद्रा कतिमा भइरहेको छ किनबेच ?

बढ्यो डलरको मूल्य, अन्य विदेशी मुद्रा कतिमा भइरहेको छ किनबेच ?

आर्थिक गतिविधि, प्रमुख समाचार, विश्व
काठमाडौं । नेपाली रुपैयाँको तुलनामा डलरको मूल्य निरन्तर बढ्दै गएको छ। आजको लागि राष्ट्र बैंकबाट जारी विनिमयदरमा १ डलरको खरिददर १३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा तोकिएको छ। बुधबारको तुलनामा डलरको मूल्य १७ पैसाले बढेक‍ो हो। हिजो १ डलरको खरिददर १३१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रुपैयाँ २९ पैसा तोकिएको छ। आज १ युरोको खरिददर १४० रुपैयाँ ६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७० पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ १६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८८ पैसा तोकिएको छ। त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ४० पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँमा २७ पैसा पाइन्छ। राष्ट्र ...