Monday, February 10Nepal News Portal
Shadow

व्यक्तित्व/वार्ता

तीन दिनभित्र राहत वितरण गराउने गृहमन्त्रीको प्रतिवद्धता

तीन दिनभित्र राहत वितरण गराउने गृहमन्त्रीको प्रतिवद्धता

प्रमुख समाचार, व्यक्तित्व/वार्ता
 काठमाडाै‌ं । गृहमन्त्री रमेश लेखकले बाढीपहिरो पीडितलाई तीन दिनभित्र राहत उपलब्ध गराउने बाचा गरेका छन् । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै उनले जिल्ला प्रशासन कार्यालय र सुरक्षा समितिलाई तत्काल लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिए। यसपछि राहत वितरणको कार्य तीव्र पारिने उनले बताए । लेखकले भने, “सरकारले बाढीपहिरोबाट उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिएको छ । सकेसम्म छिटो उद्धार तथा राहत सामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउनु हाम्रो दायित्व हो । खोजी तथा उद्धार कार्य निरन्तर जारी छ। ” बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएकोले यकिन विवरण सङ्कलन गर्न सबै पक्षलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले घाइतेको निःशुल्क उपचार सरकारको जिम्मामा रहेको स्पष्ट पारे । निरीक्षणका क्रममा लेखकले ललितपुरको लेलेस्थित आनन्दवन अस्पता...
विश्व बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्‍योः गर्भनर महाप्रसाद

विश्व बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्‍योः गर्भनर महाप्रसाद

प्रमुख समाचार, ब्यानर, व्यक्तित्व/वार्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोरोना महामारीका कारण भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको जनाएका छन् । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्य बढ्दा नेपालमा प्रभाव परेको जनाएका हुन् । यसबाहेक रुस युक्रेन युद्धका कारणले समेत नेपालमा मूल्यवृद्धिको कारण बनेको अधिकारीले जनाए । यस्तै चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्यभित्रै रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको उनले जनाए ।...
आर्थिक मुद्दामा सबै राजनीतिक दल एकजुट हुँदा नतिजा आउँछः अध्यक्ष ढकाल

आर्थिक मुद्दामा सबै राजनीतिक दल एकजुट हुँदा नतिजा आउँछः अध्यक्ष ढकाल

प्रमुख समाचार, व्यक्तित्व/वार्ता
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक मुद्दामा सबै राजनीतिक दल एक ठाउँमा उभिँदा अर्थतन्त्र अघि बढ्न सक्ने जनाएका छन् । लगानी सम्मेलनका क्रममा ऐन कानुन परिमार्जन सहज रूपमा भएको स्मरण गर्दै ढकालले सबै राजनीतिक दल एक ठाउँमा उभिएमा अर्थतन्त्र सबल बनाउन सकिने जनाएका हुन् । आज उद्योग मन्त्रालयमा आयोजित निजी क्षेत्रसँग छलफल कार्यक्रममा बोल्दै ढकालले थपे, ‘यसका लागि एकल सेवा बिन्दु केन्द्रलाई सबल र सक्षम बनाउनुपर्छ ।’ यो निकायलाई शक्तिशाली बनाउन सकेमा विदेशी लगानी र स्वदेशी लगानी ल्याउन समस्या पर्दैन । यस्तै स्टार्टअपलाई अघि बढाउने सरकारको दृढता नरोकिनु पर्नेमा ढकालको जोड छ । यतिबेला सरकारले एक दशक यता स्टार्टअपलाई अघि बढाउनका लागि ३ प्रतिशत ब्याजमा ऋण दिन सुरु गरेको छ । ‘यसबाहेक सूचना प्रविधि क्षेत्रमा नेपालले ठुलो प्रगति गर्दै आएको छ,’ ढकालले भन...
स्वास्थ्यमन्त्री पौडेलको निर्देशन– अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउनु

स्वास्थ्यमन्त्री पौडेलको निर्देशन– अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउनु

व्यक्तित्व/वार्ता, समाचार
  काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि मन्त्री पौडेलले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने लगायतका निर्णय गरेका हुन् । उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ । पत्रको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ ।   यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ । प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने विषय पनि निर्णयमा उल्लेख छ । चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम...

५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन कांग्रेस सांसद पन्तको माग

प्रमुख समाचार, व्यक्तित्व/वार्ता
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमलाा पन्तले ५ सय हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन् । उनले भनिन्, ‘पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुभएको छ । छ रु मानिन्छ रु कहिले कुनै देशमा नजिकिन गएको छ, दौडिएर गएको छ, कहिले कसैकोमा गएको छ । यसरी हामी सम्मानित नागरिक हुन सक्दैनौँ । हामी इजजतदार नागरिक हुनुपर्छ ।’ उनले अर्थमन्त्रीले हिम्मत देखाएर भए पनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने बताइन् । उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन् । उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन् । ‘नेपालीले पूर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो । त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू...
भ्रष्टाचारको फाइल खोलेपछि कसलाई जोगाउन रातारात समीकरण फेरियो, जनताले बुझेका छन्: रवि

भ्रष्टाचारको फाइल खोलेपछि कसलाई जोगाउन रातारात समीकरण फेरियो, जनताले बुझेका छन्: रवि

प्रमुख समाचार, व्यक्तित्व/वार्ता
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको जिकिर गरे । उनले भने, ‘तपाईंहरु नै फाइल खोल्नुपर्‍यो भन्नुहुन्थ्यो । भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले ? भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सत्ता समीकरण फेरियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यो बेचैनीको अर्थ के होला रु यसको के अर्थ होला रु एकाएक संविधान जोगाउन सक्ने चिन्ता कहाँबाट आयो रु यो त सबैले बुझेकै कुरा हो । अब यसको संवैधानिक प्रक्रियाहरु सुरु होला ।’ दुई ठूला दल मिलेपछि देशमा अहिले के संकट आउँदैछ भन्दै उनले प्रश्न गरे । उनले भने, ‘अहिले सुशासनका लागि केही मान्छेहरु पक्राउ परे रु यो देशक...
नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

नयाँ सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

प्रमुख समाचार, व्यक्तित्व/वार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस–एमाले समीकरणको सरकारमा सहभागी नहुने भएको छ । आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बताए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई अप्ठ्यारो पार्ने काम भयोः  शाही

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई अप्ठ्यारो पार्ने काम भयोः शाही

प्रमुख समाचार, ब्यानर, व्यक्तित्व/वार्ता
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाडौँ महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले काठमाडौँ महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरूले फोन गरी कार्यपालिका बैठकमा विरोध प्रदर्शन गर्न लगाएको आरोप लगाएका हुन् । उनले भने,– ‘एउटा वडाध्यक्षलाई दलको शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइराखेको छ । संसद् हो यहाँ दलको आवश्यकता छ, दलीय राजनीति गरौँ । तर स्थानीय तहमा अब दलविहीन राजनीतिको आवश्यकता छ । काठमाडौँ महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको छ । त्यहाँका जनप्रतिनिधिहरूलाई जनताले स्थानीय वडाध्यक्ष चुनाएका हुन् कि कुनै दलको कार्यकर्तालाई चुनाएका हुन् रु हामी सबैले के बुझ्न आवश्यक छ भने यदि साँच्चै देश विकास गर्ने हो, साँच्चै ...
लोकतन्त्र जनताले जोगाउँछन् नेताले चिन्ता गर्नुपर्दैनः रवि लामिछाने

लोकतन्त्र जनताले जोगाउँछन् नेताले चिन्ता गर्नुपर्दैनः रवि लामिछाने

प्रमुख समाचार, व्यक्तित्व/वार्ता
      काठमाडौं। रास्वपाका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । आइतबार नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले भाषणमा देश र जनताको चिन्ता भएपनि व्यवहारमा नदेखिएको जनाए । ‘मुलुक अप्ठेरोमा कसले पारेको हो ?  गरिब किसानले पारेको हो ?’, लामिछानेले प्रश्न गर्दै भने, ‘आम जनता र नेतृत्वको प्राथमिकता अलग अलग भएकाले लाकेतन्त्रमा खतरा भएको हो ।’ उनले लोकतन्त्र अप्ठेरोमा परे जनताले जोगाउने भन्दै नेताहरूले चिन्ता गर्नुपर्ने जनाए । नेताहरूले आजसम्म ठुला ठुला युनिभर्सिटी बनेनन् त्यसमा छलफल गरौँ भनेर नेताहरूले आजसम्म सर्वदलीय बैठक बोलाउन नसकेको भन्दै सहमति कस्ता कस्ता कुरामा भएका रहेछन् भनेर बुझ्नुपर्ने जनाए । उनले जनता र राष्ट...

केन्द्रीय समिति बैठक लाइभ गर्न महामन्त्री मुकुल ढकालको माग

प्रमुख समाचार, व्यक्तित्व/वार्ता
काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकाल बुधबारको केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्। बुधबार बस्ने केन्द्रीय समिति बैठकमा समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ। ‘बुधबारको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नका लागी सभापतिलाई आग्रह गरेको छु,  हाम्रो अडिट जनताले गरून्,’ महामन्त्री ढकालले भनेका छन्। बैठक लाइभ गर्ने वा नगर्ने सम्बन्धमा सभापतिबाट जवाफ आइनसकेको उनले बताए। महामन्त्री ढकालले बुधबार पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका छन्। इलाम–२ को उपचुनावमा हार व्यहोरेपछि महामन्त्री ढकालले समीक्षा यात्रामा निस्किएका थिए। प्रतिवेदनमा पार्टी संकटापन्न अवस्थामा पुगेको र मुस्किलले राष्ट्रिय पार्टी बन्न सक्ने निष्कर्ष निकालेका छन्। CREATOR: gd-jpeg v1.0 (using IJG JP...