Monday, February 10Nepal News Portal
Shadow

शिक्षा/स्वास्थ्य

मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपछि मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन्। यसअघि मानव अंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन्। मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ। मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले जनाए। अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ। ‘आफ्नो मृत्यपुपछि अरुको जीवन बचाउन चाहनेलाई ...
स्वास्थ्यमन्त्रीको सय दिनः स्वास्थ्य बिमा ५ लाख पुर्‍याउने

स्वास्थ्यमन्त्रीको सय दिनः स्वास्थ्य बिमा ५ लाख पुर्‍याउने

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
  काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफू मन्त्री नियुक्त भएपछिको एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रीको सचिवालयका अनुसार मन्त्री पौडेलले यो अवधिमा स्वास्थ्य बिमा ५ लाख पुर्‍याउने घोषणादेखि स्वयंसेविकालाई निःशुल्क यातायातका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरेका छन् । यस्तै, अस्पतालमा भीड व्यवस्थापन र १७ संघीय अस्पतालमा अनलाइन प्रणाली सुरुवात गरेका छन् । सय दिनको उपलब्धी विवरणः –स्वास्थ्य बिमा ५ लाख पुर्‍याउने घोषणा, १४ बुँदे सुधारका योजना तथा प्राथमिकता घोषणा –अस्पतालमा भीड व्यवस्थापन र १७ संघीय अस्पतालमा अनलाइन प्रणाली सुरुवात –संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सुरु – क्यान्सर उपचार सेवा थप पाँच प्रदेशमा विस्तार गरेर सातै प्रदेशमा सुरु –पहिलो पटक तीन तहको समन्वय समिति बैठक –राष्ट्रिय आविष्कार केन्...
गोविन्द केसीलाई स्वास्थ्य मन्त्रीले भने: तपाईंले उठाएका माग पूरा गर्न लागेका छौँ

गोविन्द केसीलाई स्वास्थ्य मन्त्रीले भने: तपाईंले उठाएका माग पूरा गर्न लागेका छौँ

प्रमुख समाचार, ब्यानर, शिक्षा/स्वास्थ्य
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपाली आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागसँगे थप सुधारका कामहरु अघि बढेको बताए। 'हामीले सार्वजनिक गरेको १४ बुँदे योजना तथा प्राथमिकतामा स्वास्थ्य क्षेत्र सुधारका धेरै विषय समेटिएका थिए। तीमध्ये केही कार्यान्वयन भैसकेका छन्, बाँकी पनि कार्यान्वयनकै चरणमा छन्,' मन्त्री पौडेलले भने, 'त्यसमा यहाँले उठाएका विषय पनि समेटिएका छन्।' मन्त्री पौडेलले विशेषज्ञ चिकित्सकको संख्या बढाउन सरकारी मेडिकल कलेजमा संख्या थप गर्ने गरी काम अघि बढेको भन्दै पोखरा स्वास्थ...
विपद्ले शिक्षा क्षेत्रमा परेको असरबारे शिक्षामन्त्रीले प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दै

विपद्ले शिक्षा क्षेत्रमा परेको असरबारे शिक्षामन्त्रीले प्रदेशका मन्त्रीहरूसँग छलफल गर्दै

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं । बाढी पहिरो तथा डुबानले विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्रीले सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएकी छन् । असोज ११ गतेदेखि परेको भारी वर्षाका कारण विद्यालय क्षेत्रमा पुर्‍याएको क्षतिबारे शिक्षामन्त्री विद्या भट्टराईले प्रदेश मन्त्रीहरूसँग छलफल गर्न लागेकी हुन् । सातै प्रदेशका शिक्षा हेर्ने सामाजिक विकासमन्त्रीहरूसँग असोज २२ गते छलफल गर्न लागिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए । आजको लागि तय भएको छलफल असोज २२ गतेका लागि सारिएको हो । मन्त्री भट्टराई आज विधेयक समितिको बैठकमा जानुपर्ने भएकाले २२ गतेका लागि बोलाइएको प्रवक्ता भट्टराईले बताए । बाढी पहिरो तथा डुबानका कारण देशभरका करिब १५० विद्यालयमा क्षति पुगेको मन्त्रालयको पूर्वानुमान छ । मन्त्रालयले क्षतिको विवरण संकलन गरिरहेको छ । अहिले नै क्षतिको यकिन विवरण आइनसकेको प्रवक्...
विपदमा परेर घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको छः स्वास्थ्य मन्त्री पौडेल

विपदमा परेर घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको छः स्वास्थ्य मन्त्री पौडेल

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको जनाएका छन्। राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीहरूको अवस्थाबारे जानकारी लिन पुगेका मन्त्री पौडेलले विपदमा परेका नागरिकलाई निःशुल्क उपचार गरिने जनाए। विपदबाट घाइते भएका बिरामीहरूको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार जारी रहेको बताए। घाइते भएर उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने उनले बताएका छन्। ‘विपदमा परेर घाइते भएकाहरूलाई सरकारी अस्पतालले निःशुल्क उपचार गराइरहेको छ,’ उनले भने, ‘ निजी अस्पतालाहरूलाई पनि विपदमा परेका, सहायता गर्नुपर्ने सबैलाई उपचारमा सहयोग गर्न भनेका छौं।’  ...
त्रिविमा २०५८ यताकालाई मौका परीक्षाको अवसर

त्रिविमा २०५८ यताकालाई मौका परीक्षाको अवसर

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्। त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो। उक्त निर्णय गरिएको सूचना मंगलबार सार्वजनिक गरिएको छ। मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरु सहभागी हुन पाउने सूचनामा उल्लेख छ। बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ।...
विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँःमन्त्री भट्टराई

विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँःमन्त्री भट्टराई

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकार विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी अघि बढिरहेको बताएकी छन् । बुधबार राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । मन्त्री भट्टराईले शिक्षकलाई मासिक रूपमा पारिश्रमिक प्रदान गर्न पनि सबै स्थानीय तहलाई अनुरोध गरिसकेको बताइन् । उनले हाल देशमा आधारभूत र माध्यमिकतर्फ सामुदायिक, संस्थागत, निजी तथा सामुदायिक शैक्षिक गुठी, गुरुकुल, गुम्बा र मदरसाहरु सञ्चालनमा रहेको जानकारी दिइन् । उनले मुलुकभर सञ्चालनमा रहेका यी संस्थाहरूलाई व्यवस्थित गर्दै जानुपर्ने जिम्मेवारी रहेको बताइन् । मन्त्री भट्टराईले सामुदायिक विद्यालयतर्फ स्थायी शिक्षक संख्या ९४ लाख ७५९ र अस्थायीतर्फ १८ हजार ३७६, राहततर्फ ४३ हजार ४२ र विषय शिक्षातर्फ ४ हजार १०९ रहेको बताइन् । सामुदाय...
भोलि राष्ट्रिय शिक्षा दिवस मनाइँदै

भोलि राष्ट्रिय शिक्षा दिवस मनाइँदै

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि हुने राष्ट्रिय शिक्षा दिवसको तयारी पुरा भएको बताएको छ । यो वर्ष ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकताःसाझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ साताभरि नै देशैभर राष्ट्रिय शिक्षा दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख उपस्थितिमा सैनिक जनसम्पर्क निर्देशनालय, भद्रकाली काठमाडौँमा हुनेछ । दिवसका लागि शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समिति गठन भएको छ । दिवसलाई सफल बनाउन राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति, शैक्षिक स्मारिका प्रकाशन उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, समाज कल्याण शिक्षा पुरस्कार उपसमिति गठन भएका छन् । दिवसको अवसरमा उत्कृष्ट सार्वजनिक ९सामुदायिक० तथा निजी लगानीका विद्यालय, ...
फार ईष्ट विश्वविद्यालय र काठमाडौं मोडेल कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

फार ईष्ट विश्वविद्यालय र काठमाडौं मोडेल कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं। कोरियास्थित फार ईष्ट विश्वविद्यालय र काठमाडौं मोडेल कलेजबीच अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको प्रवर्द्धन गर्ने उद्देश्यले एक महत्वपूर्ण समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको छ। समझदारी पत्रमा दुवै संस्थाका विद्यार्थी र प्राध्यापकहरूबीच आदानप्रदान, अनुसन्धान सहकार्य, उद्यमशिलता प्रवर्द्धन, र जेनेरेटिभ एआई प्रविधिको अध्ययन र अनुप्रयोगमा सहकार्य गर्ने योजना समावेश गरिएको छ। समझदारीपत्रमा काठमाडौँ मोडेल कलेजको तर्फबाट कलेज प्रमुख सुरेन्द्र सुवेदी र फार ईष्ट विश्वविद्यालयको तर्फबाट अध्यक्ष ल्यु की इल्लले हस्ताक्षर गरेका छन् । समझदारी पत्रअनुसार, काठमाडौँ मोडेल कलेज ( फार ईष्ट विश्वविद्यालय छात्रवृत्ति कार्यक्रम पनि घोषणा गरिएको छ । जसअन्तर्गत काठमाडौँ मोडेल कलेज र भगिनी शिक्षण संस्थाहरूका विद्यार्थीहरूलाई फार ईष्ट विश्वविद्यालयमा हवाई सुरक्षा, सूचना प्रविधि लगायतका विषयमा छोट...
संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

संघीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर भएको हो । अस्पतालमा खेर गइरहेका उपकरण मर्मतमा सघाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो । अब केन्द्रले हाल मन्त्रालयअन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिने र त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्ने सम्झौतामा उल्लेख छ । केन्द्र अध्यक्ष पुनले राज्यले आफूहरुलाई व...