Wednesday, March 19Nepal News Portal
Shadow

समाचार

सलिको इन्स्योरेन्स र सरिना जि ट्रेड बीच सम्झौता

सलिको इन्स्योरेन्स र सरिना जि ट्रेड बीच सम्झौता

बीमा, समाचार
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जि ट्रेड प्रा. लि. बीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार सरिना जि ट्रेडमार्फत विक्री गरिने इभि इजि ट्याक्सीहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो । उक्त सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सरिना जि ट्रेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय महतोले हस्ताक्षर गरेका छन् । सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य लगाएत सरिना जि ट्रेडको तर्फबाट उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती थियो । सरिना जि ट्रेडबाट विक्री गरिने विद्युतीय सवारीसाधनहरुकोे व्यापक सवारी साधन बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधन अन्तर्गत भविष्यमा कुनै दावी परेम...
लगातार उकालो लाग्यो शेयर बजार

लगातार उकालो लाग्यो शेयर बजार

आर्थिक गतिविधि, शेयर बजार, समाचार
काठमाडौं । सोमबार शेयर बजार बढेको छ । आज परिसुचक नेप्से २९.८७ अंकले बढेर २,७२७.९१ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज १० अर्ब ४ करोड ९६ लाख रुपैयाँ बराबरको १८ करोड ८ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये १६६ कम्पनीको शेयरमूल्य बढ्दा ७४ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । त्यस्तै, आज ६ ओटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...
अरु कसैले आएर देश बनाइदिँदैनः प्रधानमन्त्री

अरु कसैले आएर देश बनाइदिँदैनः प्रधानमन्त्री

समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताएका छन् । लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्दै उनले हाम्रो देश अरु आएर नबनाइदिने भन्दै तीनै तहका सरकार सहकार्यका साथ नेपाललाई बनाउनमा लाग्नुपर्ने बताएका हुन् । उनले भने, ‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो । अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ । कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुुपर्छ । उद्योगहरु स्थापनाका लगानी विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ । तीनवटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प...
कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता

आर्थिक गतिविधि, समाचार
काठमाडौं । कुमारी बैंक र भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटलबीच कुमारी बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे, युसिजी तथा ओपिडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने सम्बन्धमा सम्झौता भएको हो । बैंकले वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईहरु मार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।...
दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

आर्थिक गतिविधि, शेयर बजार, समाचार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसुचक १९.५६ अंकले बढेर २,६९८.०३ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ९ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये १७६ कम्पनीको शेयरमूल्य बढ्दा ६३ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । त्यस्तै, आज वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । कम्पनीको ३३ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...
कुमारी बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

कुमारी बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा

बैंक तथा वित्त, समाचार
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको २५ हजार ४ सय ६८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, नागपोखरी अथवा बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । साथै विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै आवेदन नआएको खण्डमा संस्थापक भन्दा बाहिर सर्वसाधारणहरुलाई बिक्री प्रक्रिया अगाडि बढाइने समेत यस सुचनामा उल्लेख छ ।...
एनआईसी एशिया बैंकले बोलायो साधारण सभा

एनआईसी एशिया बैंकले बोलायो साधारण सभा

बैंक तथा वित्त, समाचार
काठमाडौं । एनआइसी एसिया बैंकले २७ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा वार्षिक साधारण सभा बोलाएको हो । बैंकका अनुसार सभामा ५ अर्ब रुपैयाँको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव लैजाने भएको छ । सभामा एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै फेरबदल, संशोधन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव लैजाने भएको छ । त्यस्तै सभामा बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव लैजाने भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समित...
सोमबार नेप्से परिसुचक १०.९८ अंकले घट्यो

सोमबार नेप्से परिसुचक १०.९८ अंकले घट्यो

आर्थिक गतिविधि, शेयर बजार, समाचार
काठमाडौं । सोमबार पनि शेयर बजार घटेको छ । आज नेप्से परिसुचक १०.९८ अंकले घटेर २,६७७.३२ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ६ अर्ब ५६ करोड २ लाख रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ७७ कम्पनीको शेयरमूल्य बढ्दा १६१ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज न्यादी हाइड्रोपावर लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार नेपाल रिपब्लिक मिडिया लिमिटेडको भएको छ । कम्पनीको २४ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर बिक्रीमा

आर्थिक गतिविधि, समाचार
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५ हजार ४ सय ७ कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनी शंकर प्रसाद कालिकोटाको नाममा रहेका १२ हजार ७८ कित्ता र सुयोग श्रेष्ठको नाममा रहेको ९३ हजार ३ सय २९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन सक्नेछन् । साथै शेयरधनीहरुबाट समय सम्ममा कुनै निवेदन पेश हुन् नआएमा कानुन बमोजिम भइजाने व्यहोरा समेत सुचनामा उल्लेख छ ।...
नेप्से परिसुचक ११.४९ अंकले घट्यो

नेप्से परिसुचक ११.४९ अंकले घट्यो

आर्थिक गतिविधि, शेयर बजार, समाचार
काठमाडौं । आइतबार शेयर बजार घटेको छ । आज नेप्से परिसुचक ११.४९ अंकले घटेर २,६८८.३१ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज कारोबार रकम भने बढेको छ । आज ८ अर्ब ४९ करोड ८६ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीमध्ये ७८ कम्पनीको शेयरमूल्य बढ्दा १६८ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज सेन्ट्रल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । कम्पनीको ३१ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।...