Monday, February 10Nepal News Portal
Shadow

समाज

सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

सुनसहित विमानस्थलबाट ४ जना पक्राउ

समाज
काठमाडौं । सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन । उनीहरुलाई दुई फरक–फरक घटनामा प्रहरीले पक्राउ गरेको हो । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित कोइराला र आलमलाई प्रहरीले पक्राउ गरेको हो । कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी ५० ग्राम सुनको सिक्रिसहित अरमान र मियालाई पक्राउ गरिएको प्...
सरकारले निर्माण क्षेत्रलाई बजेटमा उपेक्षा गर्‍यो

सरकारले निर्माण क्षेत्रलाई बजेटमा उपेक्षा गर्‍यो

प्रमुख समाचार, ब्यानर, समाज
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निर्माण व्यवसायीमैत्री नभएको प्रतिक्रिया बताएको छ । सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीले लामो समयदेखि उठाउँदै आएको भुक्तानी समस्याबारे बजेटमा सम्बोधन नगरेको जनाए । निर्माण उद्योगमैत्री बजेटका लागि महासंघले अर्थमन्त्रीसँग प्रत्यक्ष रुपमा पटकपटक भेट्न खोजेको प्रयास गर्दा समेत भेट नदिएको सिंहले जनाए । नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजना यस वर्ष सम्पन्न गर्ने भनिए पनि बजेटले सम्बोधन नगरेको सिंहको भनाइ छ । उनले भने, ‘बजेट परम्परागत ढंगकै आएको छ । यो बजेट पनि विगतका जस्तै ९ महिनासम्म ३० प्रतिशत खर्च हुने र अन्तिम महिनामा ३० प्रतिशत बजेट खर्च हुने अवस्था दोहोरिन्छ ।’ महासंघका महासचिव रोशन दाहालले सरकारले ल्याएको आगामी वर्षको बजेटका केही ...
लण्डनमा बसोबास गर्ने नेपाली युवाको बिरामीलाई आर्थिक सहयोग

लण्डनमा बसोबास गर्ने नेपाली युवाको बिरामीलाई आर्थिक सहयोग

समाचार, समाज
काठमाडौं । बेलायतको राजधानी लण्डनमा बसोबास गर्दै आएको युवा समूहले खोटाङ घर भएका सालिकराम खत्रीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । ग्रीन विच भलिबल परिवार नामक संस्थामा आवद्ध युवाहरुले संस्थाका सदस्य मनोज गुरुङको नेतृत्वमा करिब २० हजार रुपैयाँ संकलन गरेर खत्रीलाई सहयोग गरेका हुन् । खत्रीको घर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ लामिडाँडा हो । उनी केही दिनदेखि झापाको बिर्तामोडमा रहेको बी एण्ड सी हस्पिटलमा कलेजोको क्यान्सको उपचार गराइरहेका छन् । उनको आर्थिक अवस्था कमजोर भएका कारण सहयोगी मन भएकाहरुबाट आर्थिक सहयोग जुटाइएको सदस्य गुरुङ बताउँछन् । “मेरो पनि घर बरामीकै वडामा पर्छ । उहाँको आर्थिक अवस्था कमजोर छ । उहाँलाई उपचारका लागि ठूलो खर्चको आवश्यकता छ,” उनले भने, “सहयोगी मनहरुबाट सहयोग जुट्यो भने उहाँलाई ठूलो आर्थिक भार हुँदैन भनेर हामीले आर्थिक सहयोग जुटाएका हौं । अ...
अर्थमन्त्रीले सहकारी पीडितलाई तत्काल ५ लाखसम्म बचत फिर्ता गराउँने

अर्थमन्त्रीले सहकारी पीडितलाई तत्काल ५ लाखसम्म बचत फिर्ता गराउँने

ब्यानर, समाज
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने बताएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको जनाए । आम सहकारीका बचतकर्ता चिन्तित हुनुनपर्ने उनले जनाए । समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने उनले जनाए ।  ...
डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखियो

डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखियो

प्रमुख समाचार, समाज
काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा फैलिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए । उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उनका अनुसार यसपटक धेरैको सङ्ख्यामा कुनै पनि जिल्लामा सङ्क्रमण देखिएको छैन । उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ ...
आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना

आज चार प्रदेशमा हल्का वर्षाको सम्भावना

प्रमुख समाचार, समाज
काठमाडौँ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । जसको प्रभावले अहिले कोसी र मधेस प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने जनाएको छ । कोसी, मधेस प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक दुई स्थानमा हावाहुरीसहित हल्का मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।...
पशुपतिको भेटी चोरी आरोपमा ८ जना पक्राउ

पशुपतिको भेटी चोरी आरोपमा ८ जना पक्राउ

प्रमुख समाचार, समाज
काठमाडौं । पशुपतिनाथको मन्दिरमा भेटी चोरी गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। सोमबार प्रहरी वृत्त गौशालाको टोलीले पशुपति विकास कोषका कर्मचारीसहित आठ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये तीन जना हाजिरी जमानीमा छाडिएका छन्। हाल प्रहरी हिरासतमा भेटी संकलनको जिम्मा लिएका कोषका नायब सुब्बा नवराज ढोढारी, नवराज घिमिरे, बाजा बजाउने कर्मचारी अनिल परियार, कुमार परियार र सपटा कपाली छन्। कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफूलाई भेटी संकलन गर्ने ठाउँमा काम गर्ने जिम्मा लगाएको अनिल परियारले प्रारम्भिक बयानमा बताएका छन्। यसरी आफूहरूले चोरी नगर्ने भने पनि नवराज ढोढारीले भने बोलाएर चोरी गर्न लगाएको जनाएका हुन्। उनले दुई-तीन महिनादेखि चोरी गर्दै आएको जनाएका हुन्।  ...
मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

ब्यानर, समाज
  काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।  ...
आज वैशाख ३१ गते सोमबारको राशिफल

आज वैशाख ३१ गते सोमबारको राशिफल

उपभोक्ता, समाचार, समाज
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) कीर्तिमानी काम गर्ने समय छ । चलाखी पूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । राजनीतिमा सफलता मिल्ला । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खर्च बढि हुनेछ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) काममा बाधा आइपर्ला । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) प्रेम र मित्रताको बन्धनमा कसिन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको थालनीका साथै मनोरञ्जनमा सहभागी भइएला । तुला ( रा, रि, ...
आजको राशिफल, हेर्नुहोस् तपाईको भाग्य कस्तो छ ?

आजको राशिफल, हेर्नुहोस् तपाईको भाग्य कस्तो छ ?

समाज
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। महत्त्वाकांक्षी योजना सम्पादन हुने समय छ। मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह बौद्धिक कार्यबाट दिगो लाभ उठाउन सकिनेछ। आर्थिक गतिविधिले फाइदा दिनेछ। अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि...