Saturday, April 20Nepal News Portal
Shadow

उत्पादनमूलक

दशैं–तिहारमा सोफा किन्दा मज्जाले स्कुटर चढ्न पाइने

दशैं–तिहारमा सोफा किन्दा मज्जाले स्कुटर चढ्न पाइने

आर्थिक गतिविधि, उत्पादनमूलक, प्रमुख समाचार
काठमाडौं । महान चाड दशैँको अवसरमा सोफा किन्दा स्कुटर उपहार पाउने भएको छ । काठमाडौं र चितवनमा सञ्चालित सोफा व्यवसायमा विश्वसनीय कम्ंपनी सोफा हबले दशैँका लागि उक्त अफर सार्वजनिक गरेको हो। ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ गुणस्तरीयलाई जोड दिदै सहुलियत मूल्यमा सोफा हबले नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर सोफा किन्ने ग्राहकलाई लक्षित गरेर धमाकादार अफर सार्वजनिक गरिएको सोफा हबका म्यानेजिङ डाइरेक्टर तारालाल (हरि) धरेलले जानकारी दिएका छन्। उपहार अन्तर्गत इभी स्कुटर, इलेक्टिक जग, आइरन, वेड कभर, डोर म्याटलगायत थुप्रै उपहार भएको पनि युवा व्यवसायी समेत रहेका धरेलले बताएका छन् । सञ्चालक धरेलका अनुसार सोफा हबमा सोफा किन्न आउने हरेक ग्राहकलाई कुपन प्रदान गरिनेछ । उक्त कुपनमार्फत स्क्राच गर्दा विजेता ग्राहकलाई उपहार योजना प्रदान गरिने छ। जस...
माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन थाल्ने निर्माण व्यवसायीको चेतावनी

माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन थाल्ने निर्माण व्यवसायीको चेतावनी

उत्पादनमूलक, प्रमुख समाचार
काठमाडौं । सरकारले निर्माणकार्यको भुक्तानी नदिएसम्म आन्दोलन जारी राख्ने व्यवसायीले चेतावनी दिएका छन् । शुक्रबार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन उनीहरूले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि विरोध प्रदर्शन गरे । सोहीक्रममा व्यवसायीले सरकारले आफूहरूका माग सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका हुन् । विरोध कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणका संवाहक निर्माण व्यवसायीलाई सरकारले धराशायी बनाउने काम गरेको आरोप लगाए । राजनीतिक पार्टीका कार्यकर्तालाई पोस्ने गरेर सरकारले बनाएको उपभोक्ता समिति खारेज गर्नुपर्ने माग पनि उनले गरेका छन् । व्यवसायीले ‘सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर’, ‘जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर’, ‘व्यावहारिक माइल स्टेन खारेज गर’, ‘गुणस्तर र समयमा ...
निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा

निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा

उत्पादनमूलक, प्रमुख समाचार
काठमाडौं । विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । विभिन्न निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरू अरू कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन् । कार्यालयका अनुसार सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगाको सिफारिसमा पप्पुरकोशी एन्डा न्यौपाने जोइन्ट भेन्चर कम्पनीलाई एक वर्ष ६ महिना र पूर्वाधार विकास कार्यालय ललितपुरको काम अलपत्र पार्ने नतासा निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन कार्यालयअन्तर्गत दाङको सिफारिसमा त्रिवेणी निर्माण सेवालाई एक वर्ष, भरतपुरको सिफारिसमा समृद्ध निर्माण सेवालाई एक वर्ष र भक्तपुरको काम अलपत्...
सिँचाइको व्यवस्थाले रसुवामा बढ्यो उत्पादन

सिँचाइको व्यवस्थाले रसुवामा बढ्यो उत्पादन

आर्थिक गतिविधि, उत्पादनमूलक, प्रमुख समाचार
रसुवा । क्रमिकरूपमा कुलो निर्माणबाट रसुवामा भएको सिँचाइको व्यवस्थाले कृषि उपज बढ्न थालेको छ। सिँचाइ डिभिजन कार्यालयले किसानको माग र टट्कारो आवश्यक्ताअनुसार गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण र १० वटा भइराखेको सिँचाइ कुलो मर्मत भएसँगै उर्वर भूमिमा पानीको आपूर्तिले कृषिउपज बढ्न थालेको हो। समय समयमा पानी नपर्दा कोदो खेतीसमेत बिग्रने जिवजिवेको भदौरे पाखामा सिँचाइको व्यवस्थाले अहिले धानसमेत फल्न थालेको छ। विगत वर्षदेखि पाखोबारीमा खेत बनाएर धान रोप्ने काम अगाडि बढिसकेको भदौरे क्षेत्रका किसानले बताएका छन्। सिँचाइ डिभिजन प्रमुख इन्जिनियर गोविन्द्रप्रसाद भुर्तेलका अनुसार जिल्लामा गत वर्ष कुल तीन सय ८० हेक्टर जमिनमा सिँचाइको सुविधा पुर्‍याइसकिएको छ भने निर्माणका चरणमा अगाडि बढिरहेका क्रमागत केही सिँचाइ योजना भने चालु आर्थिक वर्षमा सम्पन्न हुनेछन्। संघीय एवं प्रदेश सरकारको अनुद...
कागतीले बजार नपाएपछि तनहुँका कृषकहरु भए निराश

कागतीले बजार नपाएपछि तनहुँका कृषकहरु भए निराश

आर्थिक गतिविधि, उत्पादनमूलक, कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गरेका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरेका हुन् । विदेशबाट फर्किएर कागतीखेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।” पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गर्नुभएका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका थिए । गत वर्ष पहिलोपटक रु ७० हजारको कागती बिक्री भएको उनले बताए । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् । “उत्पादन लिन थालेको दुई वर्ष भयो, गत वर्ष रु ७० हजारको कागती बिक्री गरेँ । यस वर्ष सात सय किलो उत्पादन भएको छ”, उनले भने...
देशभर निर्माणकार्य ठप्प पार्ने व्यवसायीको निर्माण चेतावनी

देशभर निर्माणकार्य ठप्प पार्ने व्यवसायीको निर्माण चेतावनी

उत्पादनमूलक, प्रमुख समाचार
काठमाडौं । सरकारले निर्माण व्यवसायीका माग तत्काल सम्बोधन नगरे देशभर निर्माणकार्य ठप्प पार्ने चेतावनी दिइएको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि भेला भएर व्यवसायीले निर्माण उपकरणसहित प्रदर्शन गरेका हुन् । बजेट दिन नसकिने आयोजनाहरू खारेज नगरे निर्माण व्यवसायीको आन्दोलन थप चर्कने चेतावनी उनीहरूले दिए । नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको आरोप लगाए । सरकारले निर्माण व्यवसायीका माग पूरा नगरे आफूले सांसद पद त्याग्ने उनले बताएका छन्। छिटो काम सम्पन्न गर्न सबै निर्माण व्यवसायी लाग्नुपर्नेमा उनले जोड दिए । उनले लामो ‘ग्याप’ गरेर भुक्तानी नरोक्न सरकारलाई आग्रह गरे । विरोध कार्यक्रममा महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायी सरकारबाट नै ठगिइरहेको आरोप लगाए । सिंहदरबार, बालुवाटार, शीतलनिवास ...
एक अर्ब ४० करोड लगानीमा औषधी उत्पादन क्षमता बढाउँदै नेसनल हेल्थकेयर

एक अर्ब ४० करोड लगानीमा औषधी उत्पादन क्षमता बढाउँदै नेसनल हेल्थकेयर

आर्थिक गतिविधि, उत्पादनमूलक, उद्योग, प्रमुख समाचार
काठमाडौं। निजी क्षेत्रबाट सञ्चालित नेसनल हेल्थकेयर प्रालिले औषधी उत्पादन क्षमता बढाउन नयाँ उत्पादन प्लान्ट लगाउने भएको छ। उद्योगको नयाँ प्लान्ट विस्तारको काम जारी छ। आगामी सन् २०२४ जुनसम्म नयाँ प्लान्टबाट औषधी उत्पादन थाल्ने नेसनलले जानकारी दिएको छ। क्षमता विस्तारका लागि एक अर्ब ४० करोड रुपैयाँ थप लगानी गर्ने नेसनलको भनाइ छ। जसमध्ये ५० करोड ऋण र बाँकी एक अर्ब १० करोड संस्थापकको लगानी हुने भएको छ। नयाँ प्लान्टबाट औषधी उत्पादन भएपछि निकासी थप विस्तार हुने उद्योगले जनाएको छ। उद्योगले एक अर्ब ऋणको रेटिङ गराएको छ। औषधी व्यापार २२ प्रतिशत बढ्यो नेसनल हेल्थकेयरको औषधी व्यापार २२ प्रतिशत बढेको छ। कम्पनीले २०२१ मा २ अर्ब ६२ करोड २० लाख रुपैयाँको औषधी व्यापार गरेको थियो। एक वर्ष अवधिमा नेसनलको औषधी व्यापार ५७ करोड ७० लाख रुपैयाँ बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। २०२० मा २ अर्ब...
मल कारखानाका लागि लगानी खोज्न बोर्डको क्षमता पुगेनः सुशील भट्ट

मल कारखानाका लागि लगानी खोज्न बोर्डको क्षमता पुगेनः सुशील भट्ट

आर्थिक गतिविधि, उत्पादनमूलक, उद्योग, प्रमुख समाचार
काठमाडौं । लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले रासायनिक मल कारखाना स्थापनाका लागि लगानीकर्तालाई आह्वान गर्न बोर्डको क्षमता नपुगेको बताएका छन् । सोमबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले मल कारखाना स्थापना गर्ने ज्ञान, सीप निजी क्षेत्र र लगानीकर्तामा हुने बताएका हुन् । रासायनिक मलको उत्पादन गर्ने कारखाना नेपालमा खोल्न सम्भव छ वा छैन भन्नेबारेमा अध्ययन गर्ने काम भइरहेको उनले बताए । सरकारले बजेटमा स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी पब्लिक प्राइभेट पार्टनरसिपमा लगानी बोर्डमार्फत काम अगाडि बढाइने बताइसकेको उनले सम्झिए । अर्थ मन्त्रालय र लगानी बोर्डले समन्वयमा प्रभावकारी रुपमा सरकारका विगतका निर्णय आत्मसाथ गरेर रासायनिक मलको उत्पादन गर्ने कारखानाका लागि आवश्यक अध्ययन गरिरहेको उनको भनाइ छ । कार्यकारी निर्देशक भट्टले सार्वजनिक ...
शिव सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

शिव सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

उत्पादनमूलक, कृषि तथा वन, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटीए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेका हुन् । बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उनको त्यसपछिको समय भने फार्ममा बित्छ । विद्यालय नजिकै विद्यालयकै जग्गामा फार्म बनाइएको छ । फार्ममा ब्रोइलर कुखुरा, पाडा, बाख्रापालन गरिएको छ । शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न थापाजस्तै १७ विद्यार्थी फार्ममा पुग्ने गरेका छन् । विद्यार्थी पशुलाई दाना पानीको व्यवस्थापनमा आफैँ खटिन्छन् । पछिल्लो समय विद्यार्थीको दैनिकी प्रयोगात्मक सिकाइ र अभ्यासमा बित्दै आएको छ । पाठ्यक्रममा आधारित पशुपालन र उपचार पद्धतिबारे अध्ययनरत विद्यार्थीले नजिकका टोलमा गई किसानले पालेका पशुचौपायाको औषधि उपचार पनि गर्छन् । उपचार पद्धति र प्रक्रिय...
मुक्तिनाथ कृषि कम्पनी: कृषि औजारदेखि विउविजनसम्म

मुक्तिनाथ कृषि कम्पनी: कृषि औजारदेखि विउविजनसम्म

उत्पादनमूलक, कृषि तथा वन, ब्यानर, समाचार
सीता बुढाथोकी काठमाडौं । मुक्तिनाथ विकास बैंकको लगानीमा सञ्चालित मुक्तिनाथ कृषि कम्पनीमा कृषि औजारदेखि विउविजनसम्म पाइन्छन् । यो कम्पनीमा मुक्तिनाथ विकास बैंकको लगानीमात्र हैन सर्वसाधारणको लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डमा निवेदनसमेत दिइएको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नेछ । काठमाडौंको बसुन्धारामा यो कम्पनीको केन्द्रीय कार्यालय रहेको छ । कम्पनीले युवा पुस्तालाई कृषि व्यवसायमा आकर्षण गर्ने प्रमुख उद्देश्यका लिएको छ । कम्पनीले आफ्ना उद्देश्य अनुसार हाल कृषकहरूलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू जस्तैः– मल, बिउ, रोग तथा किरा नियन्त्रक, औजार/उपकरणसहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारका साथै कृषि उत्पादनहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी कार्यहरू गर्दै आएको छ । यस कम्पनीले कृषिमा व...