Friday, March 29Nepal News Portal
Shadow

उपभोक्ता

रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध

रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध

आर्थिक गतिविधि, उपभोक्ता
रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिलाको तुलनामा झन्डै ६ हजार रुपैंयाले कम गरेर रियलमी सिको मूल्य अब १५ हजार ४९९ रुपैयाँ पर्ने जानकारी दिइएको छ। कम्पनीकाअनुसार २१,९९९ मा उपलब्ध रहेको ६ जिबि ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य अहिले रु.१५,४९९ हुने भएको छ । रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपिको क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ । रियलमी सि–५५ मा ५ हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ । रियलमी सि–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसर...
आज प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

आज प्रतितोला ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

उपभोक्ता, समाचार
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ७०० रुपैयाँलेृ बढेर प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
यो दसैँमा नयाँ नोट साट्ने मितिको अत्तोपत्तो छैन

यो दसैँमा नयाँ नोट साट्ने मितिको अत्तोपत्तो छैन

उपभोक्ता, ब्यानर, समाचार
काठमाडौं । गत वर्षको दसैँ आउनुभन्दा एक महिना अगाडि नै नयाँ नोट सट्ने मिति तय भएको थियो । तर नेपाल राष्ट्र बैंकले यो वर्ष भने कहिलदेखि नयाँ नोट सटही गर्ने भन्ने निर्णय लिन सकेको छैन् । यो वर्षको दसैँ आउन अब २३ दिन मात्र बाँकी छ । काठमाडौंबाट दसैँ मनाउन गाउँ जानेहरूले आफ्नो बन्दोवस्त मिलाउन थालिसकेका छन् । तर, नयाँ नोट यो वर्ष कहिलेबाट सटही गर्ने भनेर अहिलेसम्म आधिकारिक निर्णय नभएको नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लिराम पोखरेल बताउँछन् । राष्ट्र बैंकले यो वर्ष पनि सधैझैं नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ नै दिने उनले बताए । “गएका वर्षहरूमा जस्तै यो वर्ष पनि हामीले प्रतिव्यक्ति १८ हजार रुपैयाँका दरले नै नयाँ नोट सटही गर्ने छौं । तर, कहिलेबाट नयाँ नोट सटही सुविधा दिने भनेर हामीले निर्णय गरेका छैनौं,” उनले भने, “नयाँ नोट बैंक तथा वित्तीय संस्थामा कति आवश्यक छ भनेर हाम...
रामनगर समुदायिक हस्पिटलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

रामनगर समुदायिक हस्पिटलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट

आर्थिक गतिविधि, उपभोक्ता, समाचार
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटल मा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन उक्त हस्पिटलसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ। यस व्यवसायिक सम्झौतापछि विकास बैंकका भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त हस्पिटलको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।...
बससेवा १०औं वर्षमा, दश दिनसम्म १० जनाले निःशुल्क यात्रा गर्न पाउने

बससेवा १०औं वर्षमा, दश दिनसम्म १० जनाले निःशुल्क यात्रा गर्न पाउने

आर्थिक गतिविधि, उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौं वर्ष पूरा गरी १०औं वर्षमा प्रवेश गरेको छ। बससेवा टुर्स एण्ड ट्राभल्स अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा १०औं वर्षमा प्रवेश गरेको हो। यो अवधिमा बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्न सक्षम भएको छ। साथै, भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका सहरमा समेत अनलाइन टिकट बुकिङ सेवा प्रदान गर्दै आएको छ। हाल दैनिक ३ हजारभन्दा बढी यात्रुले बससेवामार्फत टिकट काटी यात्रा गर्दै आएका छन्। यो बीचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उद्देश्यले राजधानी काठमाडौंको ढुंगेअड्डामा प्यासेञ्जर लाउञ्ज समेत सञ्चालनमा ल्याएको छ। सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानीलगायतका सुविधा रहेका छन् भने लाउञ्जबाट सिधै बस चढ्न सकिन्छ। जसले गर्दा यात्रुहरूलाई सडक किनारामा...
टेलिकमले आजदेखि लागु हुनेगरी ल्यायो नयाँ प्याकेजसहितका समर अफर

टेलिकमले आजदेखि लागु हुनेगरी ल्यायो नयाँ प्याकेजसहितका समर अफर

उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । नेपाल टेलिकमले आज शुक्रबारदेखि लागु हुनेगरी समर अफर ल्याएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको टेलिकमले जानकारी दिएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको कम्पनीले दावी गरेको छ । समर अफर अन्तर्गत उपलब्ध प्याकहरुमा अल टाइम डाटा प्याक अन्तर्गत ५०० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र ८०० रुपैयाँमा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ । त्यस्तै, प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ । त्यस्तै, सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सब...
बजाजका दुई नयाँ बाइक बजारमा, यस्तो छ मूल्य

बजाजका दुई नयाँ बाइक बजारमा, यस्तो छ मूल्य

आर्थिक गतिविधि, उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । बजाजका दुई नयाँ बाइक पल्सर एनएस २०० र एनएस १६० नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी (गोल्छा ग्र्रुप)ले बाइक सार्वजनिक गरेको हो । नयाँ बाइक सार्वजनिक गर्दै गोल्छा ग्रुपको निर्देशक अभिमन्यु गोल्छाले भने, “दुई नयाँ बाइक पल्सर एनएस २०० र पल्सर एनएस १६० बजारमा ल्याउन पाउँदा हामी उत्साहित छौँ । नयाँँ विशेषतासहितको अत्याधुनिक बाइकहरू ल्याएर हाम्रा राइडरहरूको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहने छ ।” कस्ता छन् अपसाइड डाउन (यूएसडी)बाइक पल्सर एनएस २०० यूएसडीमा १९९.५ सीसीको लिक्विड कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको अत्याधुनिक बीएसभीआई इन्जिन रहेको छ । यसले ९ हजार ७५० आरपीएममा २४.५ पीएसको पावर आउटपुट र ८००० आरपीएममा १८.७४ एनएमको टर्क प्रदान गर्ने कम्पनीले जानकारी दिएको ...
अब टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने

अब टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने

आर्थिक गतिविधि, उपभोक्ता, समाचार
काठमाडौं । नेपाल टेलिकमले मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब्ररुपमा गरिरहको छ । सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देश पश्चात फेरी १ ) मा डायल गरी ग्राहक सेवा केन्द्रका आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको हो । सोमबददेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहाने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने टेलिकमको भनाई छ । ती स्थानहरुमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्नेछ । नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबर बाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेकाकम्पनीले जानकारी दिएको छ ।...
इ–सेवाले पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर गर्यो सार्वजनिक

इ–सेवाले पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर गर्यो सार्वजनिक

उपभोक्ता, समाचार
काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इ–सेवाले पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ। नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित इ–सेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली १ जना विजेताले आइफोन १४/१० प्रतिशत क्यासब्याक जित्न सकिने अफर सार्वजनिक गरेको हो। यस योजनामा सहभागी हुन सेन्ड मनी बाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनु पर्नेछ। साथै यस योजनामा प्रोमोकोड फर्स्ट १० प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १० प्रतिशत (२० रूपैयाँसम्म) को क्यासब्याक समेत पाउन सकिने बताइएको छ। इ–सेवाले सार्वजनिक गरेको यो अफर असार २० गतेसम्म लागू हुनेछ। यस योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आइफोनको लागि योग्य हुन असार २० गतेभित्र पहिलो कारोबार गर्नु पर्नेछ। प्रोमोकोड मार्फत प्राप्त हुने क्यासब्याक रकम...
व्यापारीले प्याजको मूल्य बढी लिएमा कारबाही हुने

व्यापारीले प्याजको मूल्य बढी लिएमा कारबाही हुने

आर्थिक गतिविधि, उपभोक्ता, प्रमुख समाचार
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यापारीले प्याजको मूल्य बढी लिए कारबाही हुने बताएको छ। शुक्रबार एक सूचना जारी गर्दै विभागले प्याजको मूल्य बढाए व्यापारीलाई कारबाही हुने बताएको हो। आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा वस्तुको स्वभाविक मूल्यभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्ने कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध भएको व्यहोरा सबैमा विदितै छ, उक्त सूचनामा भनिएको छ। बजारमा प्याजको अध्यधिक मूल्य वृद्धि भएको बारे विभागमा उपभोक्ताको गुनासो आएको समेत विभागले जानकारी दिएको छ। विभागकाअनुसार बजारमा प्याजको अस्वाभाविक उतार-चढाव महसुस हुनासाथ विभागले बजारको आपूर्ति प्रणालीको अध्ययन तथा अनुगमन गरिरहेको छ।...