Saturday, April 20Nepal News Portal
Shadow

ऊर्जा

ऊर्जा क्षेत्रमा लगानी गर्ने कोष ल्याउँदै ग्लोबल इक्विटी फण्ड

ऊर्जा क्षेत्रमा लगानी गर्ने कोष ल्याउँदै ग्लोबल इक्विटी फण्ड

ऊर्जा, समाचार
काठमाडौं । ग्लोबल इक्विटी फण्डले ऊर्जा क्षेत्रमा लगानी गर्ने कोष सञ्चालनमा ल्याउने भएको छ। ग्लोबल इक्विटी फण्ड र ऊर्जा डेभलपर्सबीच ऊर्जा इम्प्याक्ट फण्ड नामक कोष ल्याउने समझदारी भएको हो। ऊर्जा डेभलपर्स र ग्लोबल इक्विटी यस कोषको संयुक्त कोष प्रवर्द्धक रहेका छन्। स्वदेशी र अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, विकास वित्त संस्थाहरूमार्फत कोषको रकम जुटाउने उद्देश्य राखिएको छ। ग्लोबल इक्विटी फण्डले प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्ने गरी विशिष्टिकृत कोष सञ्चालनको अनुमति पाएको छ। सेयर बजारमा सूचीकृत भइनसकेका कम्पनीमा प्राइभेट इक्विटीको रुपमा वा प्रारम्भिक चरणमा रहेका कम्पनीमा भेञ्चर क्यापिटलको रुपमा लगानी गर्छन्।...
१ महिनाभित्र २ वटा ट्रान्समिसन लाइन थप हुन्छन्ः ऊर्जा मन्त्री बस्नेत

१ महिनाभित्र २ वटा ट्रान्समिसन लाइन थप हुन्छन्ः ऊर्जा मन्त्री बस्नेत

ऊर्जा, ब्यानर, समाचार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले १ महिनामा २ वटा ट्रान्समिसन लाइन थप हुने बताएका छन् । पूर्वाधार विकास समितिको बैठकमा मन्त्री बस्नेतले १ महिनाभित्र २ वटा ट्रान्समिसन लाइन थप्ने गरी काम भइरहेको बताएका हुन् । सुख्खा सिजनमा विद्युत् किन्नुपर्ने र बर्खा सिजनमा बेच्नुपर्ने अवस्था रहेको पनि बताएका छन् । यसरी व्यवस्थापन मिलाउँदा आयात निर्यातमा पनि समस्या परेको उनले बताएका छन् ।...
कुलमान घिसिङ भन्छन्ः ट्रान्समिसन लाइन समयमा नबने हामीले अर्को वर्ष धान्न सक्दैनौँ

कुलमान घिसिङ भन्छन्ः ट्रान्समिसन लाइन समयमा नबने हामीले अर्को वर्ष धान्न सक्दैनौँ

आर्थिक गतिविधि, ऊर्जा, ब्यानर, समाचार
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्समिसन लाइन समयमा नबने उत्पादन धान्न नसक्ने बताएका छन् । प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा उनले ट्रान्समिसन लाइन नबन्दा समस्या हुने बताएका छन् । घिसिङले अहिले रहेको वनका ऐनको झमेलाले ट्रान्समिसन लाइन बनाउन समस्या भएको पनि बताए । आगामी ५ वर्षमा २ खर्बको विजुली निर्यात गर्ने लक्ष्य प्राधिकरणले लिएको उनले बताए । विद्युतको लागि अब लगानी चाहिएको उनको भनाइ छ । घिसिङले अर्थ मन्त्रालयलगायतले ट्रान्समिसन लाइन समयमा बनाउनका लागि सहयोग गर्नुपर्ने बताए । भने, “नेपाल विद्युत् खपत मात्र गर्ने हो भन्ने भाष्य बनाउनु भएन, निर्यात गर्नैपर्छ ।”...
नेपालले भारतमा बिजुली निर्यात सुरू गर्यो

नेपालले भारतमा बिजुली निर्यात सुरू गर्यो

Uncategorized, उत्पादनमूलक, ऊर्जा, समाचार
काठमाडौं । नेपालले फेरि भारतमा बिजुली निर्यात सुरू गरेको छ। शनिबार ६०० मेगावाट आवर (२५ मेगावाट) बिजुली भारतमा बिक्री गरिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिएका छन् । वर्षाका कारण धेरै बिजुली उत्पादन भएकाले निर्यात गरिएको उनले भनाइ छ। प्राधिकरणले प्रतियुनिट ७.२१ भारूका दरले बिजुली बिक्री गरेको हो। आज फेरि निर्यात गरिएको छैन। भोलिका लागि एक हजार मेगावाट आवर बिजुली खरिद गर्ने क्रममा छौं, भट्टराईले भने, उत्पादन धेरै भएको अवस्थामा मात्रै निर्यात गर्न सकिन्छ। नेपालले गत वर्षदेखि भारतमा बिजुली निर्यात गर्न सुरू गरेको हो। अघिल्लो वर्ष नेपालले ११ अर्ब रूपैयाँको बिजुली बिक्री गरेको थियो। हिउँदमा नेपालका नदीहरूमा पानीको मात्रा घटेर उत्पादन कम भएपछि भारतमा बिजुली बेच्न सकिएको थिएन। बरू भारतबाट दैनिक ४ सय मेगावाट बढी बिजुली किन्नु परेको थियो।...
तनहुँ जलविद्युत् आयोजनाः टावर जडान गरिँदै

तनहुँ जलविद्युत् आयोजनाः टावर जडान गरिँदै

ऊर्जा, प्रमुख समाचार
तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्रसारण लाइन निर्माणका लागि ९४ टावर जडान गरिनेछ । त्यसमध्ये आठ टावरको जग संरक्षण सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण र छ स्थानमा जग्गा हाल्ने काम भइरहेको उनले बताए । त्यस्तै शून्य दशमवलव ९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ । प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच आना० जग्गा अधि...
तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन टनेलको भयो ब्रेक थ्रु

तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन टनेलको भयो ब्रेक थ्रु

ऊर्जा, प्रमुख समाचार
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ)को ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाले छ सय २६।९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो । उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने हुँदा उक्त टनेल खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । उनका अनुसार नदीको सतहमा टनेल निर्माण गरिएको छ । आयोजनाले गत माघमा प्रवेश सुरुङको ब्रेक थ्रु गरेको थियो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र सात मिटर व्यास भएको प्रवेश सुरुङको ब्रेक थ्रु भएको थियो । व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायीरूपमा प्रयोग गरिनेछ । आयोजन...
कालीगण्डकी प्रसारण लाइन : ३ वर्षदेखिको अवरोध हटाइँदै

कालीगण्डकी प्रसारण लाइन : ३ वर्षदेखिको अवरोध हटाइँदै

ऊर्जा, प्रमुख समाचार
पर्वत। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा तीन वर्षदेखि फलेवास नगरपालिका–६ मा स्थानीयले अवरोध गरेपछि काम ठप्प बनेको थियो । फलेवास–६ देवस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चार टावर निर्माण हुन सकेका छैनन् । लामो समयसम्म काम अघि बढ्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणको टोलीले पहल थालेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोषसहितको टोलीले स्थलगत निरीक्षण गरी काम अघि बढाउन पहल गरेको हो । टोलीले स्थानी...
अन्धकार बनेको नारायणी पुल बन्यो झिलीमिली

अन्धकार बनेको नारायणी पुल बन्यो झिलीमिली

ऊर्जा, ब्यानर, समाचार
काठमाडौं । गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत् पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ । भरतपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाले पुलमा पोल राखेर स्मार्ट बत्ती जडान गरेसँगै पुल क्षेत्र झिलीमिली बनेको हो । महानगर प्रमुख रेनु दाहालले पुलमाथिका स्मार्ट बत्तीको बिहीबार साँझ शुभारम्भ गरेकी हुन् । डिजिटल पद्धतिबाट पोलमा बत्ती बाल्न मिल्ने गरी जडान गरिएको छ । प्रमुख दाहालले महानगरलाई उज्यालो सहर बनाउने अभियानअन्तर्गतको पहिलो कार्यक्रममा पारेर नदीको पुलमाथि १४ वटा पोलमा बत्ती जडान गरिएको बताइन् । ती बत्ती साँझको समयमा आफैँ बल्ने र चहकिलो एवं मधुरो बनाउन मिल्ने छ । उनले भनिन्, “अँध्यारोले रातको समयमा हिँड्डुल गर्नेलाई समस्या भएको थियो, बत्ती बालेसँगै समस्या हल भएको छ ।” प्राधिकरणसँग महानगरले साझेदारीमा नगर क...
विराटनगरमा जथाभावी लत्रिएका केबल र नेटका तारको व्यवस्थापन गर्न सुरु

विराटनगरमा जथाभावी लत्रिएका केबल र नेटका तारको व्यवस्थापन गर्न सुरु

ऊर्जा, प्रमुख समाचार
काठमाडौं । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न सुरु गरेको छ । विराटनगरलाई विकसित बनाउने महानगरको अभियानअन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो । महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनी आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गतेदेखि तार व्यवस्थापन थालिएको थियो । तार व्यवस्थापनका लागि महानगरप्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो । विभिन्न चरणका बैठकको निर्णयानुसार तार व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताउनुभयो । म्याक्स, सुविसु, वल्र्डलिङ्क, भाइनेट, नेपाल टेलिकमलगायत कम्पनीले तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र सबै तार व्यवस्थापन गरिस...
मेन्छियाम हाइड्रोपावरको आइपिओ खुल्यो, आवेदन दिने मिति कहिले सम्म ?

मेन्छियाम हाइड्रोपावरको आइपिओ खुल्यो, आवेदन दिने मिति कहिले सम्म ?

ऊर्जा, ब्यानर, शेयर बजार
काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आइपिओ बुधबार (आज) देखि निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत अर्थात् पाँच करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको प्रतिसेयर १ सय रुपैयाँ दरका पाँच लाख ४२ हजार ५ सय ८३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो। सो मध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता सेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता सेयर सो बाहेकका क्षत्रमा रहेका संखुवासभा जिल्लाका बासिन्दाहरूको लागि वितरण गर्न लागेको कम्पनीले बताएको छ। यस्तै, सर्वसाधा...