Friday, March 29Nepal News Portal
Shadow

कर्णाली प्रदेश

यस्तो छ आजको मौसम, पूर्वी तथा मध्य भेगमा हल्का वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, पूर्वी तथा मध्य भेगमा हल्का वर्षाको सम्भावना

कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेसका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र मधेसको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जान...
यस्तो छ आजको मौसम, केहि पहाडी भू–भागमा वर्षाको सम्भावना

यस्तो छ आजको मौसम, केहि पहाडी भू–भागमा वर्षाको सम्भावना

कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश, प्रदेश १, प्रदेश २, प्रमुख समाचार
काठमाडौं । देशका कहि पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागका आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका तराई भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको छ । विभागले आज राति देशको पहाडी भू–भागका आंशिक बदली रहने जानकारी दिएको हो । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।...
कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा

कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा

उद्योग, कर्णाली प्रदेश, प्रमुख समाचार, समाचार
काठमाडौं। कालीकोटमा इँटा उद्योग सञ्चालनमा ल्याइएको छ । जिल्ला बाहिरबाट इँटा ल्याउनुपर्ने बाध्यता हटाउनका लागि यहाँ इँटा उद्योग सञ्चालनमा ल्याएको बताइएको छ। कर्णालीका हिमाली जिल्ला जुम्ला, मुगु, कालीकोट र दैलेखलाई लक्षित गरेर कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा ल्याएको हो । जिल्लाको तिलागुफा नगरपालिका–९ चिल्खायाका चारजना स्थानीय युवाले सो उद्योग सञ्चालनमा ल्याएको बताइएको छ ।...
कर्णाली प्रदेशमा १०० जनालाई रोजगारी दिने कम्पनीलाई आयकर छुट

कर्णाली प्रदेशमा १०० जनालाई रोजगारी दिने कम्पनीलाई आयकर छुट

उद्योग, उपभोक्ता, कर्णाली प्रदेश, प्रदेश, प्रमुख समाचार
काठमाडौं । कर्णाली प्रदेशमा स्थापना भएर एक १०० जना नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिने कम्पनीले १५ वर्षसम्म आयकर छुट पाउने भएका छन् । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा प्रस्तुत गरेको प्रतिस्थापन आर्थिक विधेयक मार्फत सो छुट दिने प्रस्ताव गरेका हुन् । आयकर ऐनको दफा ११ को उपदफा ३ को खण्ड (ख) मा थप व्यवस्था गर्दै यो सुविधा दिने प्रस्ताव गरिएको हो ।...
डोल्पाको दुनै अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

डोल्पाको दुनै अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

कर्णाली प्रदेश, प्रदेश
काठमाडौं । डोल्पाको दुनै अस्पताललाई ५ लाख बराबरको औषधि सहयोग गरिएको छ। पूर्व राज्यमन्त्री धनबहादुर बुढा, पर्यटन ब्यवसायी जितेन्द्र झाँक्री, तापीरिचा माध्यमिक विद्यालयका ब्यवस्थापक सेम्दुक लामा र स्वास्थ्यकर्मी रनलाल कुलालको सहयोगमा दुनै अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। कोराना रोकथाम तथा कोरोना संक्रमितलाई प्रयोग गरिने १३ प्रकारका औषधि एक कार्यक्रमबीच जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढा र नागरिक समाजका डोल्पाका अध्यक्षले जिल्ला अस्पताललाई प्रदान गरे। औषधी खरीद गर्न पूर्व राज्यमन्त्री बुढाले २ लाख, पर्यटन ब्यवसायी झाँक्रीले काठमाडौंदेखि दुनैसम्म ढुवानी खर्चसहित १ लाख ५० हजार, तापिरिचा माध्यमिक विद्यालयका ब्यवस्थापक लामाले १ लाख र स्वास्थ्यकर्मी कुलालले पचास हजार आर्थिक सहयोग गरेका थिए...