Friday, March 22Nepal News Portal
Shadow

कृषि तथा वन

कागतीले बजार नपाएपछि तनहुँका कृषकहरु भए निराश

कागतीले बजार नपाएपछि तनहुँका कृषकहरु भए निराश

आर्थिक गतिविधि, उत्पादनमूलक, कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गरेका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरेका हुन् । विदेशबाट फर्किएर कागतीखेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।” पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गर्नुभएका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका थिए । गत वर्ष पहिलोपटक रु ७० हजारको कागती बिक्री भएको उनले बताए । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् । “उत्पादन लिन थालेको दुई वर्ष भयो, गत वर्ष रु ७० हजारको कागती बिक्री गरेँ । यस वर्ष सात सय किलो उत्पादन भएको छ”, उनले भने...
शिव सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

शिव सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

उत्पादनमूलक, कृषि तथा वन, प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटीए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेका हुन् । बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उनको त्यसपछिको समय भने फार्ममा बित्छ । विद्यालय नजिकै विद्यालयकै जग्गामा फार्म बनाइएको छ । फार्ममा ब्रोइलर कुखुरा, पाडा, बाख्रापालन गरिएको छ । शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न थापाजस्तै १७ विद्यार्थी फार्ममा पुग्ने गरेका छन् । विद्यार्थी पशुलाई दाना पानीको व्यवस्थापनमा आफैँ खटिन्छन् । पछिल्लो समय विद्यार्थीको दैनिकी प्रयोगात्मक सिकाइ र अभ्यासमा बित्दै आएको छ । पाठ्यक्रममा आधारित पशुपालन र उपचार पद्धतिबारे अध्ययनरत विद्यार्थीले नजिकका टोलमा गई किसानले पालेका पशुचौपायाको औषधि उपचार पनि गर्छन् । उपचार पद्धति र प्रक्रिय...
मुक्तिनाथ कृषि कम्पनी: कृषि औजारदेखि विउविजनसम्म

मुक्तिनाथ कृषि कम्पनी: कृषि औजारदेखि विउविजनसम्म

उत्पादनमूलक, कृषि तथा वन, ब्यानर, समाचार
सीता बुढाथोकी काठमाडौं । मुक्तिनाथ विकास बैंकको लगानीमा सञ्चालित मुक्तिनाथ कृषि कम्पनीमा कृषि औजारदेखि विउविजनसम्म पाइन्छन् । यो कम्पनीमा मुक्तिनाथ विकास बैंकको लगानीमात्र हैन सर्वसाधारणको लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डमा निवेदनसमेत दिइएको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नेछ । काठमाडौंको बसुन्धारामा यो कम्पनीको केन्द्रीय कार्यालय रहेको छ । कम्पनीले युवा पुस्तालाई कृषि व्यवसायमा आकर्षण गर्ने प्रमुख उद्देश्यका लिएको छ । कम्पनीले आफ्ना उद्देश्य अनुसार हाल कृषकहरूलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू जस्तैः– मल, बिउ, रोग तथा किरा नियन्त्रक, औजार/उपकरणसहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारका साथै कृषि उत्पादनहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण सम्बन्धी कार्यहरू गर्दै आएको छ । यस कम्पनीले कृषिमा व...
बाली बिमाप्रति देखिएन बागलुङका किसानको आकर्षण

बाली बिमाप्रति देखिएन बागलुङका किसानको आकर्षण

कृषि तथा वन, प्रमुख समाचार
गलकोट । बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बिमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जंगली जनवारले बालीमा क्षति पुर्‍याएका खण्डमा बिमा गरेपछि सो बापतको रकम उपलब्ध हुन्छ । कृषि ज्ञान केन्द्र बागलुङले बाली बिमा गर्नका लागि किसानलई ‘प्रिमियम रकम’समेत प्रदान गर्छ । बालीको सम्भावित क्षतितर्फ किसानको ध्यान नगएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत आवमा किसानलाई बाली बिमाको प्रमियम भुक्तानीका लागि कृषि ज्ञान केन्द्रले दुई लाख ४० हजार रुपैयाँ रकम विनियोजन गरेको थियो । हजारौँ किसान रहेको बागलुङमा बाली बिमा कार्यक्रमबाट लाभान्वित हुने किसानको संख्या १३ जना रहेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईका अनुसार किसानले गरेको बाली बिमाका आधारमा केन्द्रले बिमाको प्रिमियम रकम प्रदान गर्ने भने पनि १३...
प्रत्येक शनिबार रैथाने कृषि हाटबजार दरबारमार्गमा

प्रत्येक शनिबार रैथाने कृषि हाटबजार दरबारमार्गमा

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । प्रत्येक शनिबार कृषि जन्य सामग्रीको स्टल राखिने गरी साउन १ देखि रैथाने कृषि हाट बजार सुरू भएको छ। कृषिजन्य रैथाने सामग्री खरिद-बिक्री तथा अवलोकनका लागि दरबार मार्गमा कृषि जन्य सामग्रीको बिक्री सुरू गरिएको रैथाने एग्रो प्रोडक्टसका अध्यक्ष तिलक ढकालले बताए। गत सोमबार उक्त कृषि बजारको उद्घाटन भएपनि आगामी शनिबारबाट नियमित बजार लाग्ने उनले बताए। उनका अनुसार बिहान ६ बजेदेखि १२ बजेसम्म ग्राहकले बजार अवलोकन गर्न पाउँने छन्। कृषि हाट बजारमा पहिलो दिन २० वटा स्टल राखिएको थियो। बारीमा उत्पादित आर्गानिक फलफूल तथा कृषि जन्य सामग्री राखिएको थियो। फर्सीको मुन्टा, रायो साग, मह, आलु र तथा अन्य सामाग्री राखिएको थियो। सहर र गाउँघरबाटै लोप हुन लागेका सामाग्रीहरूसमेत प्रदर्शनीमा राखिएको ढकालले बताए। मोही पार्ने ठेकी, पुराना बत्ती, शंख, डाला र नाङ्ला जस्ता सामाग्री प्रदर्शनीमा राखिएको थिय...
तनहुँमा दुग्ध उत्पादक कृषकलाई अनुदान, कृषक भए उत्साहित

तनहुँमा दुग्ध उत्पादक कृषकलाई अनुदान, कृषक भए उत्साहित

आर्थिक गतिविधि, कृषि तथा वन, प्रमुख समाचार
दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् । म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार तीन सय ९४ लिटर दूध उत्पादन गरे । गाउँपालिकाले उनलाई प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले ८६ हजार ४२४ अनुदान प्राप्त गरे। उनले भने, “गाउँपालिकाको यो कामले कृषकको हौसला बढाएको छ । जति धेरै उत्पादन गर्न सक्यो त्यति हामीलाई फाइदा छ ।” उनले यो कार्यलाई निरन्तरता दिन गाउँपालिकालाई आग्रह गरे । गाउँपालिकाको पशु सेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले चालु आर्थिक वर्षमा कृषकलाई १४ लाख रु ९८ हजार पाँच सय ८२ अनुदान रकम उपलब्ध गराएको छ । गाउँपालिकाले...
मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित गर्नुपर्छः कृषिमन्त्री भुसाल

मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित गर्नुपर्छः कृषिमन्त्री भुसाल

आर्थिक गतिविधि, कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मल अभाव हुनुको कारण खरिद प्रक्रिया लामो भएको बताएका छन् । बिहीबार (आज) अर्थ समितिको बैंठकमा अहिले खरिद प्रक्रियालाई सहज र छोटो बनाउनको लागि खरिद ऐन संशोधनको लागि प्रस्ताव गरेको समेत बताएका छन् । हाल कायम रहेको ४५ दिने टेन्डर प्रक्रियालाई १५ दिन गर्नुपर्ने प्रस्ताव गरेको मन्त्री भुसालले बताएका हुन् । मन्त्री भुसालले खरिद प्रक्रिया जीटूजी नै हुनुपर्ने । मल अभाव हुन नदिनको लागि बजेट समयमै सुनिश्चित गर्नु बताए ।...
नयाँ प्रविधि र बीउ किसानसम्म पुर्‍याउन मन्त्री डा. भुसालको जोड

नयाँ प्रविधि र बीउ किसानसम्म पुर्‍याउन मन्त्री डा. भुसालको जोड

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले शुक्रबार ललितपुरमा आयोजना गरेको २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भुसाले १ लाख ३० हजार हेक्टर जमिन बाँझो भएको भन्दै अर्थतन्त्रलाई सबल बनाउन धान उत्पादनलाई बढाउनु पर्ने बताएका हुन् । उनले बाँझो जमिन उत्पादनका लागि यसपटक मन्त्रालयले केही बजेट छुट्टाएको जानकारी दिए । राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्या भएको उनले बताए । त्यस्तै मन्त्री भुसालले कृषि सामग्री संस्थानका ४१ डिपोसँग र साल्ट ट्रेडिङसँग मल पर्याप्त मौज्दात रहेको भन्दै यसवर्ष मलको अभाव नहुने स्पष्ट पारे ।...
व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण

व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण

आर्थिक गतिविधि, कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले बताए । उनले भैँसीसँगै किसानलाई चापाकटर, पानी तान्ने मोटर, ठेलागडा र औषधिसमेत वितरण गरिएको जानकारी दिए। ४ जनालाई चापाकटर, १ जनालाई ठेलागाडा, २ जनालाई पानी तान्ने मोटर, १६ किसानलाई औषधि वितरण गरिएको छ । अधिकृत पौडेलका अनुसार नगरमा सङ्घीय सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ । पकेट क्षेत्र सञ्चालनका लागि साइराम पशुपालन फार्म समूह गठन गरी काम गरिएको छ । समूहमा रहेका १६ किसानले गोठमा कम्तीमा एक सयवटा भैँसी र दैनिक एक हजार लिटर दूध उत्पादन गर्नुपर्ने ...
किसानलाई मकै र धानको बीउ जोगाउनै मुस्किल

किसानलाई मकै र धानको बीउ जोगाउनै मुस्किल

आर्थिक गतिविधि, उत्पादनमूलक, कृषि तथा वन, प्रमुख समाचार
वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो। त्यसपछि अहिलेसम्म पानी परेको छैन। लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन्। लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन्। अघिल्ला वर्षहरुमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे। वर्षा नहुँदा खोलानालासमेत सुकेका छन्। खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ। जेठ अन्तिम सातदेखि रोपाइँ गर्ने किसान यति बेला आकाश हेर्दै बस्न बाध्य छन्। कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवासमेत सुकेर मर्न थालेका हुन्। असार सुरु हुँदासमेत पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ। गए...