Friday, March 29Nepal News Portal
Shadow

खेलकुद

प्रिमियर कपको प्लेयर अफ दि टुर्नामेन्ट चुनिए सन्दीप

प्रिमियर कपको प्लेयर अफ दि टुर्नामेन्ट चुनिए सन्दीप

खेलकुद, समाचार
काठमाडौं । नेपालका बलर सन्दीप लामिछाने एसीसी प्रिमियरको कपको प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका छ्न् । सन्दीपले प्रतियोगितामा ब्याटिङतर्फ ५५ रन जोड्दा बलिङमा १३ विकेट लिएका थिए । यस्तै, युनाइटेड अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द उत्कृष्ट ब्याटर घोषित हुँदा ओमानका बिलाल खान उत्कृष्ट बलर चुनिएका छन् । अरविन्दले प्रतियोगिताम २ शतक र १ अर्धशतकसहित ४५४ रन बनाएका थिए । यस्तै, ओमानका बिलालले १७ विकेट लिएका थिए ।...
विश्वकपमा आज क्वार्टरफाइनलका दुई खेल हुँदै

विश्वकपमा आज क्वार्टरफाइनलका दुई खेल हुँदै

खेलकुद, समाचार
काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज -शुक्रबार_ क्वार्टरफाइनलका दुई खेल हुँदै छन् । अन्तिम आठको आज हुने पहिलो खेलमा ब्राजिलले साविक उपविजेता क्रोएसियाको सामना गर्दै छ । कतारको एजुकेसन सिटी रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ । विश्वकपमा ब्राजिलले अन्तिम–१६ को खेलमा दक्षिण कोरियाको चुनौती ४–१ ले पन्छाएको थियो । यता, क्रोएसियाले भने प्रिक्वार्टरफाइनलमा अर्को एसियन राष्ट्र जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको थियो । आजै हुने दोस्रो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालमा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ । अर्जेन्टिनाले अन्तिम–१६ को खेलमा अस्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो । यस्तै, नेदरल्यान्ड्सले भने अमेरिकालाई ३–१ ले पराजित गरेको थियो ।...
ला लिगाको चौथो राउन्ड भोलीदेखि सुरु, समय तालिका सार्वजनिक

ला लिगाको चौथो राउन्ड भोलीदेखि सुरु, समय तालिका सार्वजनिक

खेलकुद, प्रमुख समाचार
काठमाडौं । फिफा विश्वकप छनोट खेलका कारण एक सातासम राकिएको स्पेनिस लिग ला लिगाको चौथो राउन्डका खेलहरू शनिबार (भोली) देखि सुरु हुने भएको छ । नेपाली समय अनुसार शनिबार राति १२ः४५ बजे हुने खेलमा मालोर्का र एथलेटिक बिल्बाओ भिड्नेछन् । यसअघि राति १०ः१५ बजे सुरु हुने पहिलो खेलमा लिभान्ते र रायो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल लिभान्तेको घरेलु मैदानमा हुनेछ । बिल्बाओको घरेलु मैदानमा हुने खेलमा मालोर्का आफ्नो अपराजित यात्रालाई कायम राख्ने योजनामा रहेको छ । पहिलो राउन्डमा रियल बेटिससँग १–१ गोलको बराबरीमा रोकिएको मालोर्काले दोस्रो र तेस्रो राउन्डमा जित निकालेको थियो । मालोर्काले दोस्रो राउन्डमा डिर्पोटिभो अलाभेसलाई र तेस्रोमा स्पान्योललाई समान १–० गोलले हराएको थियो । जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको मालोर्काले तीन खेलबाट सात अंक बनाएको छ । मालर्कोकासँगै शीर्षस्थानमा रहेको रिय...
युरोकपमा सेमिफाइनल प्रवेशको लागि आज २ खेल हुँदै

युरोकपमा सेमिफाइनल प्रवेशको लागि आज २ खेल हुँदै

खेलकुद
काठमाडौं । युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनलका बाँकी रहेका २ खेलहरु हुँदै छन् । आज हुने खेलको बिजेताहरु सेमिफाइनल प्रवेश गर्ने छन् । पहिलो खेलमा नेपाली समय अनुसार ९स्४५ बजे चेक रिपब्लिक र डेनमार्क भिड्ने छन् भने दोस्रो खेलमा राति १२स्४५ मा युक्रेन र इंग्ल्यान्ड भिड्ने छन् ।
युरोकपमा आज तीन खेल हुने, क–कसको हुँदैछ भिडन्त ? (सूचीसहित)

युरोकपमा आज तीन खेल हुने, क–कसको हुँदैछ भिडन्त ? (सूचीसहित)

खेलकुद, समाचार
काठमाडौं । युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे हुनेछ । फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोलले पराजित भएको थियो । दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र टर्कीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । टर्की पनि पहिलो खेल जित्ने योजनामा छ । टर्की पहिलो खेलमा इटालीसँग ३–० ले हारेको थियो । आजको तेस्रो खेलमा इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । ...
भर्टनले गर्याे संघर्षपूर्ण जित

भर्टनले गर्याे संघर्षपूर्ण जित

खेलकुद, निर्माण
काठमाडौं, (ससं) । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले संघर्षपूर्ण जित निकालेको छ । सोमबार राति भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे । रिचार्लिसनले खेलको नवौं मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै एभर्टन ५ खेलमा ४३ अंकसहित सातौँ स्थानमा पुगेको छ भने पराजित साउथह्याम्पटन २६ खेलमा ३० अंकसहित १४औँ स्थानमा रहेको छ ।...
मण्डेकाजी उत्कृष्ट वर्ष खेलाडी घोषित

मण्डेकाजी उत्कृष्ट वर्ष खेलाडी घोषित

खेलकुद, निर्माण
काठमाडौं, (ससं) । करातेका मण्डेकाजी श्रेष्ठ वर्षको उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफपल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उनले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। १३ औँ दक्षिण एसियाली खेलकुद ९साग०मा मण्डेकाजीले दुई स्वर्ण पदक जितेका थिए। दोहोरो स्वर्ण पदक जित्ने तीन खेलाडीमध्ये मण्डेकाजी एक खेलाडी हुन्। मण्डेकाजीबाहेक तेक्वान्दोकी आयषा शाक्य र गल्फका सुवास तामाङले दोहोरो स्वर्ण पदक जितेका थिए। त्यसबाहेक पौडीकी गौरिका सिंहले चार स्वर्ण पदक जितेकी थिइन् । मण्डेकाजी यस वर्ष पिपल्स च्वाइस विधाको मनोनयनमा पनि परेका थिए। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भएको कार्यक्रममा मण्डेकाजीले फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपिचन्द कार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन्। त्...
राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेश १ लाई ऐतिहासिक उपाधि

राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेश १ लाई ऐतिहासिक उपाधि

खेलकुद, निर्माण
काठमाडौं, पुस १९ (ससं) । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ ।आइतबार भएको फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो । प्रदेश १ ले दिएको ०६ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् भने करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन् । यस्तै ओपनर ब्याटरले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा जितको नजिक पुगेर एपीएफ निराश हुन पुग्यो ।   बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २-२ विकेट लिए भने संगिता राईले १ विकेट लिइन् । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै...
आर्सनलको विजयी यात्रा जारी

आर्सनलको विजयी यात्रा जारी

खेलकुद, निर्माण
काठमाडौं, ४ असोज (सस) । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा जारी राखेको छ। लिग अन्तर्गत शनिबार राति भएको सिजनको दोस्रो खेलमा मिकेल आर्तेताको आर्सनलले वेष्ट ह्याम युनाइटेडमाथि २–१ को दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि २५ औँ  मिनेटमा एलेक्सान्डर लाकाजेटी तथा ८५ औँ मिनेटमा एडी एनखेटियाले गोल गरे । वेष्ट ह्यामका लागि ४५ औँ मिनेटमा मिकेल एन्टोनियोले एक गोल फर्काएका हुन् । लगातार दोस्रो जितपछि ६ अंकसहित आर्सनल दोस्रो स्थानमा छ । लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा लीड्स युनाइटेडले फुलह्यामलाई ४–३ ले पराजित गरेको छ ।...