Saturday, April 20Nepal News Portal
Shadow

जनशक्ति

सिटिईभिटिले नि:शुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने

सिटिईभिटिले नि:शुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने

जनशक्ति, प्रमुख समाचार
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटि) ले निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । सिटिईभिटिले तालिम विकास महाशाखाको आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बजेट अनुसार निःशुल्क सञ्चालन गरिने प्रि–डिप्लोमा तहको २४ महिने औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको हो । शैक्षिक सत्र २०७८/०७९ मा भर्नाका लागि परिषद् कार्यालयबाट औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम सञ्चालन अनुमति प्राप्त आंगिक, साझेदार तथा टि.इ.सि.एस सामुदायीक विद्यालयहरुमा प्रशिक्षार्थी छनोट गरि भर्ना गर्नपर्ने छ । औद्योगिक प्रशिक्षार्थी तालिम लिन इच्छुकले सम्बन्धित संस्थाहरुमा भदौ ३१ गतेदेखि असोज २० गतेभित्र फाराम बुझाउनुपर्ने छ । फाराम बुझाएको सम्बन्धित शिक्षण संस्थाहरुमा कार्तिक ७ गते बिहान ८ बजे अन्तर्वार्ता हुने सिटिईभिटिले जनाएको छ । आवेदन फारामका साथ पासवर्ट साइजको ३ प्रति रंगिन फोटो, ...