Saturday, April 20Nepal News Portal
Shadow

निर्माण

प्रधानमन्त्रीको निवासअगाडि निर्माण व्यवसायीले गरे प्रदर्शन

प्रधानमन्त्रीको निवासअगाडि निर्माण व्यवसायीले गरे प्रदर्शन

निर्माण, प्रमुख समाचार
काठमाडौं । निर्माण व्यवसायीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि प्रदर्शन गरेका छन् । सोमबार (आज) निर्माण व्यवसायीले सेफ्टी हेलमेट र ज्याकेट लगाएर प्रदर्शन गरेका हुन् । बिहान १० देखि ११ बजेसम्म निर्माण व्यवसायीले प्रधानमन्त्रीको निवासअगाडि धर्ना दिएका थिए । निर्माणकार्यको भुक्तानी र म्याद थपलगायत नौबुँदे मागसहित केही दिनयता व्यवसायीले आन्दोलन गर्दै आएका छन् । आइतबार उनीहरूले सार्वजनिक खरिद अनुगमनको कार्यालयअगाडि प्रदर्शन गरेका थिए । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीका माग सम्बोधन नभएसम्म प्रधानमन्त्रीको निवासअगाडि धर्ना दिइने बताए । लामो समयदेखि निर्माण व्यवसायीलाई परेको समस्या सरकारले गम्भीर रूपमा नलिएकाले आफूहरू आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।...
निर्माण व्यवसायी महासंघले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिइने

निर्माण व्यवसायी महासंघले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिइने

निर्माण, प्रमुख समाचार
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार सबै प्रमुख राजनीतिक दलका नेताहरूलाई अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको छ । केन्द्रमा महासंघले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका पार्टीका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाएको हो । त्यस्तै महासंघले प्रधानमन्त्री कार्यालय सहित गृह र विकासे मन्त्रालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाइसकेको छ । महासंघ मातहतका सात प्रदेश महासंघहरूले मुख्य मन्त्रीहरूलाई, प्रदेश स्तरीय राजनीतिक दलका प्रतिनिधिहरूलाई र ७७ जिल्ला संघहरूले पनि जिल्ला स्थित जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहित ज्ञापन पत्र बुझाइसकेका छन् । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले...
आन्दोलनका थप कार्यक्रम घोषणा गर्‍यो निर्माण व्यवसायी महासंघले

आन्दोलनका थप कार्यक्रम घोषणा गर्‍यो निर्माण व्यवसायी महासंघले

निर्माण, प्रमुख समाचार
काठमार्डौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । महासंघले साउन ८ गते प्रधानमन्त्री तथा सरोकारवाला मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाउने, साउन ९ गते प्रदेश महासंघले मुख्यमन्त्री र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । साउन ७ गते भएको राष्ट्रिय सम्मेलनले साउन १० देखि १३ गतेसम्म विभिन्न राजनीतिक दलका प्रमुख र सम्बन्धित संघीय सरकारी निकाय, प्रदेश र राजनीतिक निकायमा आफ्ना मागहरुको सम्बन्धमा जानकारी गराउने निर्णय भएको आइतबारको पत्रकार सम्मेलनमा महासंघका महासचिव रोशन दाहालले बताएका हुन् । त्यस्तै, आफ्ना मागहरु पूरा नभए दोस्रो चरणमा साउन १४ गते महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालयमा एक घण्टा धर्ना दिने, १४ गते नै सातवटै प...
मेघौली विमानस्थलको स्तरोन्नति गरिदै

मेघौली विमानस्थलको स्तरोन्नति गरिदै

निर्माण, प्रमुख समाचार
चितवन । मेघौली विमानस्थलको स्तरोन्नति गरिने भएको छ। विमानस्थलको घाँसेमैदानको रूपमा रहेको धावनमार्गलाई ‘ग्राभेलिङ’ गर्ने र तारबारलाई व्यवस्थित बनाएर विमानस्थलको स्तरोन्नति गर्न थालिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का इन्जिनियर नलविक्रम थापाका अनुसार ६ महिनाभित्रमा ती काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । धावनमार्गमा ग्राभेल बिछ्याएर सम्याइने छ । यस्तै अहिले भइरहेको तारबारलाई व्यवस्थित बनाइने छ । हाल धावनमार्गमा घाँस भएको र खाल्डाखुल्डीसमेत पर्ने हुँदा जहाज उडान र अवतरणमा समस्या हुँदै आएको छ । विमानस्थलको सुरक्षाका लागि लगाइएको तारबार ठाउँ–ठाउँमा चुडिएको, पोल ढलेकाले मानिस र जनावर छिर्ने हुँदा असुरक्षासमेत हुँदै आएको छ । उनका अनुसार एक करोड ५० लाख रुपैयाा हाराहारीमा स्तरोन्नति गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले विगत केही वर्षयतादेखि सो विमानस्थल स्तरोन्नत...
सिजीले गर्यो निशुल्क एसी सर्भिस क्याम्प सुरु

सिजीले गर्यो निशुल्क एसी सर्भिस क्याम्प सुरु

उत्पादनमूलक, निर्माण, प्रमुख समाचार
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले एसी सर्भिस क्याम्प सुरु गरेको छ। फागुन १५ गतेदेखि कम्पनीले सो क्याम्प सुरू गरेको हो। यो क्याम्पमा ग्राहकले घरमा रहेको कुनै पनि ब्राण्डको एसी निशुल्क सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न सक्नेछन्। उक्त क्याम्पमा ग्राहकले जुनसुकै ब्राण्डको एसीसँग सिजीको नयाँ एसी साट्न पाउँनेछन्। एक्सचेन्ज गर्दा ग्राहकको पुरानो एसीको उचित मुल्यांकन गरि घरमै गएर निशुल्क जडान समेत गरिदिने कम्पनीले बताएको छ। साथै सिजीका नयाँ एसी किन्न चाहेमा २० %सम्म छुट पाउने छन्। ती एसीमा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिइने छ। एसीको स्पेयरपार्टमा ५० %सम्म छुट दिइने कम्पनीले बताएको छ।...
उज्यालो सहर बनाउने महानगरको दोस्रो चरणको काम सुरु हुँदै

उज्यालो सहर बनाउने महानगरको दोस्रो चरणको काम सुरु हुँदै

उत्पादनमूलक, निर्माण, प्रमुख समाचार
काठमाडौं। भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ। पहिलो चरणमा ७८.१ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएकामा दोस्रो चरणमा १ सय १८ किलोमिटर क्षेत्रमा थप बत्ती राख्न आज बोलपत्र आह्वान गरिएको छ। महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रबर्द्धन आयोजनाको सहकार्यमा महानगरमा उक्त काम सुरु गरिएको हो । पहिलो चरणमा महानगरपालिकाको १० % लागत साझेदारी थियो भने दोस्रोचरणमा ६० % महानगरपालिका र आयोजनाको ४० % साझेदारीमा काम गर्न लागिएको हो। महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार पहिलो चरणको काम यही वैशाखको पहिलो सातासम्ममा सकिने छ। दोस्रो चरणको काम निर्माण व्यवसायीसँग सम्झौता भएको एक वर्षमा सम्पन्न हुने छ। दोस्रो चरणमा विभिन्न ठाउँमा ८ वटा हाइमास्ट र ६० वटा मिनिमास्टसहितको बत्ती राखिँदै छ। पहिलो चरणमा सडक क्षेत...
थरीथरी डिजाइनका डाइनिङ टेबलको मूल्य २० हजारदेखि १२ लाखसम्म

थरीथरी डिजाइनका डाइनिङ टेबलको मूल्य २० हजारदेखि १२ लाखसम्म

उत्पादनमूलक, निर्माण, समाचार
काठमाडौं । अहिलेको समयमा डाइनिङ टेबल अनिवार्य जस्तै भइसकेको छ । खाना खानका लागि मात्र नभई भान्साको सजावटका लागि पनि यसको महत्व बढीरहेको छ । त्यसो त आफ्नो आवश्यकता र बजेटअनुसार सस्तोदेखि अति महंगो डाइनिङ टेबल राख्न सकिन्छ । बजारमा अनेकथरी डिजाइन र मूल्यका डाइनिङ टेबल उपलब्ध छन् । सस्तो मूल्यमा प्लाष्टिकका डाइनिङ टेबल पनि पाइन्छन्, जसको मूल्य ४-५ हजार रुपैयाँबाट सुरु हुन्छ । यी डाइनिङ टेबल छरितो भए पनि टिकाउ र सजावटका लागि काठकै रोज्ने गरिएको छ । काठको डाइनिङ टेबलमा पनि एकरुपता छैन । काठको गुणस्तरअनुसार २० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मका डाइनिङ टेबल बजारमा उपलब्ध छन्। सामान्यतया अहिले बजारमा तीनथरी डिजाइनका टेबल चल्तीमा छ । गोलाकार, वर्गाकार, आयातकारको तीनवटा आकारमा छन् ।...
सकियो तुलसीपुरको हात्तीखौवा चोकदेखि मज्गैंसम्मको सडक मर्मतको काम

सकियो तुलसीपुरको हात्तीखौवा चोकदेखि मज्गैंसम्मको सडक मर्मतको काम

निर्माण, समाचार
काठमाडौं । तुलसीपुरको हात्तीखौवा चोकदेखि मज्गैंसम्मको सडक मर्मतको काम भईसकेको छ। तुलसीपुर–घोराही चारलेन बनाउने नाममा खनेर लथालिंग अवस्थाको सडकमा यात्रा गर्दा सर्वसाधारणले निकै सास्ती खेप्नु परेको देखेपछि युवाहरूआफ्नै खर्चमा मर्मत गर्न कस्सिएका थिए। तुलसीपुर खण्डमा पर्ने ११ किलोमिटर सडकखण्ड मर्मत तथा खाल्डाखुल्डी पुर्ने अभियान पूरा भएपछि अभियन्ताहरूले मंगलबार पत्रकार सम्मेलन गरी जानकरी दिएका छन्। तुलसीपुर क्षेत्रका युवा व्यवसायी र निर्माण व्यवसायीले आ–आफ्ना तर्फबाट सहयोग गरेको तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियरले बताएका हुन्। सडक मर्मतको अभियानमा नियमित गरी कुल ७८ वटा सवारी साधनको प्रयोग भएको, ग्राभेल र माटोको परिणाम २१ सय घनमिटर बोकेको कार्यक्रममा जानकारी दिइएको थियो। कुल २५ लाख मूल्य बराबरको सडक मर्मतको काम भएको इञ्जिनियर योगीले विवरण सार्वजनिक गरेका हुन्। कार्यक्रममा क्लि...
अक्सिजन प्लान्टका कर्मचारीमा कोरोना संक्रमण हुदा उत्पादनमा समस्या

अक्सिजन प्लान्टका कर्मचारीमा कोरोना संक्रमण हुदा उत्पादनमा समस्या

उद्योग, निर्माण, प्रमुख समाचार
काठमाडौं । उद्योगका प्लान्टमा अक्सिजन भर्ने कर्मचारीलाई कोरोना संक्रमण हुँदा उत्पादनमा गम्भीर समस्या देखिने भएको छ । अक्सिजन उत्पादक संघले प्लान्टमा काम गर्ने कर्मचारीलाई खोप लगाइदिन सरकारसँग गरेको बारम्बार आग्रहलाई वेवास्ता गर्दा अहिले उत्पादनमा गम्भीर समस्या आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजन उद्योगमा काम गर्ने सम्पूर्ण कर्मचारी फ्रन्टलाइनर भएको जानकारी गराइसकेको छ । उनीहरुलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेर खोप लगाउन संघले गरेको आग्रहलाई सुनुवाई नगर्दा गम्भीर समस्या आएको हो । अहिले उद्योगमा काम गर्ने ४० प्रतिशत कर्मचारी कोरोनाको शिकार भइरहेका छन् । अक्सिजन जसले पायो उसले भर्न सक्दैन । अक्सिजन भर्न प्राविधिक जनशक्ति नै चाहिन्छ । अहिले त्यही जनशक्ति कोरोनाबाट थलिएर बसेको संघले जानकारी गराएको छ ।  ...
उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म जारी, यो अवधिमा कडाई गरिने

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म जारी, यो अवधिमा कडाई गरिने

आर्थिक गतिविधि, निर्माण, ब्यानर
उद्योग न्युज काठमाडौं, २१ वैशाख । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उक्त अवधिमा निषेधाज्ञा थप कडा हुने बताइएको छ । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको छ । यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।...