Thursday, April 25Nepal News Portal
Shadow

पर्यटन

गर्मी छल्नको लागि हेटौंडा नजिकै उपयुक्त गन्तब्य ‘पालुङ–आग्रा पदयात्रा’

गर्मी छल्नको लागि हेटौंडा नजिकै उपयुक्त गन्तब्य ‘पालुङ–आग्रा पदयात्रा’

पर्यटन, प्रमुख समाचार
काठमाडौं । केही हप्ता अगाडि हेटौंडामा गर्मी निकै बढ्यो । गर्मीका कारण हेटौंडाका बिद्यालयहरुलाई एक हप्ताको लागि सार्वजनिक बिदा नै दिईयो । गर्मी छल्न हेटौंडा र हेटौंडा आसपासमा ब्यक्तिहरु यताउता भौतारिएको देखिन्छ । कोही स्वीमिङ पुल तिर भने कोही भैंसै त्रिखण्डी मन्दिर आसपास खोला तिर । ‘पानीमा डुबुनजेल त ठिकैछ, पानीबाट निस्केपछि उस्तै , हेटौंडाका राजेश थापा बताउनुहुन्छ । गर्मीबाट एकदिन भएपनि छुटकारा लिन र पर्यटकीय क्षेत्रको आनन्द लिन नयाँ पदयात्राको गन्तब्य हुनसक्छ ‘पालुङ–आग्रा पदमार्ग’ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट बाईरोडको बाटो भैंसे, सिमभञ्ज्याङ, दामन हुँदै करिव ६५ किलोमिटरको दुरीमा थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट आइपुग्न सकिन्छ । करिव २ घण्टा ३० मिनेटमा हेटौंडको बुद्धचोकबाट सवारीसाधन मार्फत शिखरकोट पुगिन्छ । शिखरकोट ओर्लेपछि सुरु हुन्छ ‘पालुङ–आग्रा पदमार्ग’ । यस पद...
पर्यटनमन्त्रीले नागरिक उड्डयनका महानिर्देशकलाई फेरि सोधे स्पष्टीकरण

पर्यटनमन्त्रीले नागरिक उड्डयनका महानिर्देशकलाई फेरि सोधे स्पष्टीकरण

आर्थिक गतिविधि, पर्यटन, समाचार
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेका छन्। पर्यटन मन्त्री सुदन किरातीले सोधेको पत्रको जवाफ दिन अस्वीकार गरेका महानिर्देशक अधिकारीलाई मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोधेको हो। मन्त्रालयले बिहीबार (आज) दोस्रो पटकको जवाफ ३ दिनभित्र माग्दै पत्र पठाएको हो। मन्त्रालयको असार ११ गतेको पत्रबाट तपाईंबाट सम्पादित कार्यसँग सम्बन्धित ९ बुँदाका विषयमा सात दिनभित्र जवाफ सहितको विवरण पेश गर्न नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) निर्णयबाट लेखि पठाएको निर्धारित समय सीमाभित्र तपाईंबाट स्पष्ट जवाफसहितको विवरण पेश हुन नआएकाले के कति कारणले समयमा नै स्पष्ट जवाफ सहितको विवरण पेस नगर्नु भएको हो ? भन्दै पत्र पठाएको छ। साथै तोकिएको समयमा स्पष्टीकरण नपठाए मन्त्री परिषदको निर्णयअनुसार कानुनबमोजिम अघि ...
पर्यटन मन्त्रालयले सोध्यो क्यानका महानिर्देशकलाई स्पष्टिकरण

पर्यटन मन्त्रालयले सोध्यो क्यानका महानिर्देशकलाई स्पष्टिकरण

आर्थिक गतिविधि, पर्यटन, प्रमुख समाचार
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टिकरण सोधेको छ । सोमबारको मन्त्रीस्तरीय निर्णय अनुसार अधिकारीलाई स्पष्टिकरण सोधिएको हो । आ.व. २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएको र सो बमोजिम कार्य भइरहेको र त्यसको विपरित महानिर्देशकले अभिव्यक्ति दिएको भन्दै स्पष्टिकरण सोधिएको हो । उक्त बुँदा बमोजिम प्रक्रिया अघि बढिरहेको अवस्थामा सरकारको नीति विपरित विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, उक्त नीतिको प्रतिकुल सञ्चार माध्यमहरुमा अन्तर्वार्ता तथा अभिव्यक्त दिने जस्ता कार्यहरु गरी सरकारको नीतिको परिपालन नगर्ने र उल्टै त्यसलाई चुनौति दिने कार्यमा संलग्न रहेको पाइएको पाइएको पनि स्पष्...
धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फिर्ता

पर्यटन, प्रमुख समाचार
काठामडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमा नै अवतरण भएको छ। आइतबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौंमा नै अवतरण भएको हो। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज आइतबार बिहान ७ः५० बजे उडेको थियो। तर जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको उनले बताए। त्यसपछि ८ः २० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको हो। जहाजमा ७९ जना यात्रु थिए। उनीहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी भइरहेको छ।...
बागमती प्रदेशले गर्यो २०२४ लाई भ्रमण वर्ष घोषणा

बागमती प्रदेशले गर्यो २०२४ लाई भ्रमण वर्ष घोषणा

आर्थिक गतिविधि, पर्यटन, प्रमुख समाचार
काठमाडौं । बागमती प्रदेशले सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा (तामाङ) ले यस्तो घोषणा गरेका हुन् । उनले पर्यटकहरूको बसाइ अवधि लम्ब्याउन होमस्टेको प्रवद्र्धन तथा पर्यटकीय पूर्वाधार र सेवा सुविधा विस्तार गर्ने पनि बताए । “बागमती प्रदेशको धार्मिक, साँँस्कृतिक पर्यापर्यटन तथा गा्रमीण पर्यटनको प्रवद्र्धन एवं विकासका लागि सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रूपमा मनाउने व्यवस्था मिलाएको छु,” उनले भने । सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा ग्रट ट्रेल, नुवाकोट जिल्लाको विदुरमा जलविहारको लागी पूर्वाधार निर्माण कार्य आगामी आर्थिक वर्ष प्रारम्भ गरिने पनि लामाले बताए ।  ...
नेपालमा पहिलो अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी बैशाख ८ गतेदेखि हुदै

नेपालमा पहिलो अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शनी बैशाख ८ गतेदेखि हुदै

पर्यटन, शेयर बजार, समाचार
काठमाडौं । नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको हस्तकला प्रदर्शनी २०८० यहि बैशाख ८ गते देखि १० गतेसम्म सञ्चालन हुदै छ। हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले यो हस्तकलाको बृहत प्रदर्शनी गर्न लागेको हो । यो प्रदर्शनीको मुख्य उद्देश्य नेपाली उत्पादनलाई विश्व बजारमा पहिचान गराउने र पहुँच पुर्‍याउन रहेको आयोजक कपिल अधिकारीको भनाइ छ । नेपालका हस्तकला भन्नाले पश्मिना, स्टोन, माला, क्यूरियोका सामानहरु, गलैंचा, गार्मेन्टका सामानहरु, हेम्प, पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हेण्ड मेड पेपरहरू, खुकुरी, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तुहरु पर्दछन । यसैगरी, नेपालका जडिबुटीहरू, सजावटका सामानहरु, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ्ग, ट्राभल्स एण्ड टुर्स, खानपिनसमेतको पनि अन्तर्राष्ट...
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्ः अर्थतन्त्र सुधार गर्न सरकारले सकारात्मक हस्तक्षेप गर्छ

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्ः अर्थतन्त्र सुधार गर्न सरकारले सकारात्मक हस्तक्षेप गर्छ

पर्यटन, प्रमुख समाचार
काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताएका छन् । शुक्रबार (आज) काठमाडौंमा भएको २४औँ फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्ने बताएका छन् । “वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनुरुप सरकारले सकारात्मक रुपमा अर्थतन्त्रमा हस्तक्षेप गरीसुधार र विकास निर्माणलाई गुणात्मक बनाउन मेहनत आवश्यक छ,” उनले भने । मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औल्याए । उनले अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा सहमत रहेको बताए । “सरकारले प्राथमिकताको आधारमा ...
काठमाडौंबाट सुर्खेत लागेको बुद्ध एयरमा समस्या देखिएपछि बिचबाटोबाटै फर्कियो

काठमाडौंबाट सुर्खेत लागेको बुद्ध एयरमा समस्या देखिएपछि बिचबाटोबाटै फर्कियो

पर्यटन, समाचार
काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ। बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जानकारी दिएको छ। जहाज स-कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जानकारी दिएको छ। ६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको हो।...
हटाइयो २ वर्षे श्रम स्वीकृतिको प्रावधान

हटाइयो २ वर्षे श्रम स्वीकृतिको प्रावधान

पर्यटन, प्रमुख समाचार
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुईवर्षे प्रावधान हटाएको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट सो व्यवस्था हटाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अबदेखि गन्तव्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमतिररोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताको आधारमा सोही अवधि तोकी श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ । यसअघि, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिँदा रोजगारदाता र श्रमिकबीच भएको श्रम सम्झौता र गन्तव्य मुलुकबाट प्राप्त कार्य अनुमतिरसम्झौताको अवधिलाई भन्दा सबैलाई दुई वर्षको श्रम स्वीकृति दिइन्थ्यो । निश्चित अवधिका लागि मात्र श्रम स्वीकृति जारी हुँदा श्रमिकको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृतिका कारण बीचमा नै नेपाल फर्कनुपरेको, विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि ननघाई बस्नुपर्ने अवस्था देखिएको थिय...
तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु

तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु

पर्यटन, ब्यानर, समाचार
तनहुँ । तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ । ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुंगा बिछ्याउन थालिएको छ । बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुंगा छापेर आकर्षक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सडकमा सत्र बत्ती जडान गरेको थियो । उनले भने, “यस वर्ष पर्यटन शाखामार्फत रु २० लाख विनियोजन गरी अन्य स्थानमा बत्ती जडान गर्न लागेका छौँ ।” त्यसैगरी बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले क्यूआरकोडको व्यवस्था गरिएको छ । मुख्य बजारमा क्यूआरकोड राखिसकिएको छ भने अन्य १५ स्थानमा राख्ने तयारी भइरहेको छ । त्यसैगरी पर्यटकीय क्षेत्र...